Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

मधेस आन्दोलनमा ४८ भन्दा बढीको मृत्यु, एक हजारभन्दा बढी घाइतेः प्रतिवेदन

\"dalit-aandolan\"काठमाडौं । नेपाल मानवअधिकार सङ्गठनले मधेस आन्दोलन जटिल अवस्थामा पुग्नुको पछाडि सरकार लगायत विभिन्न व्यक्तिका अभिव्यक्ति पनि दोषी रहेको जनाएको छ । मङ्सिर ६ देखि ९ गतेसम्म मधेस आन्दोलन चलिरहेका मध्य तराईका आठ जिल्लाको स्थलगत भ्रमण गरी तयार गरी आज रिपोर्टर्स क्लबमा सार्वजनिक गरेको स्थलगत प्रतिवेदनमा मधेस केन्द्रित १३ राजनीतिक दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गएको साउन ३१ देखि विभिन्न माग राखी सुरु गरेको आन्दोलनका कारण हालसम्म ४८ भन्दा बढी मानिसको मृत्यु भएको, एक हजारभन्दा बढी घाइते भएको तथा मधेसका ९० प्रतिशत सडक यातायात बन्द अवस्थामा रहेको जनाइएको छ । मूल सडकबाट ५० मिटर भित्र रहेको आफ्नै घरको दोस्रो तल्लामा बसिरहेका सप्तरीका दिलीप शाह गोली लागी निधन भएको, सुरक्षाकर्मीले आन्दोलनकारीलाई मोदीका छोरा भनी गाली गर्ने गरेको, आन्दोलनकारीको आक्रमणबाट घाइते भएका प्रहरी जवान भीमलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पतालभित्र पु¥याइएकोमा आन्दोलनकारी अस्पतालभित्र प्रवेश गरी उनलाई थप आक्रमण गरिएको स्थलगत रिपोर्टिङमा पाइएको उल्लेख गरिएको छ । त्यस्तै, नारायणी अञ्चल अस्पतालभित्र प्रहरीले मूलसडकबाट गोली प्रहार गर्दा चार सर्वसाधारण घाइते भएको, अस्पतालका केही कर्मचारीसमेत घाइते भएको, सो अस्पतालभित्र प्रवेश गरी प्रहरीले अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीमाथि लाठी प्रहार गरेको, चिकित्सक र अस्पतालका कर्मचारीको आवासमा प्रवेश गरी झ्यालढोका तोडफोड गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले आन्दोलनमा थारू र मधेसी समुदायको व्यापक सहभागिता रहेको जानकारी दिँदै काठमाडौँबाट प्रकाशित हुने सबैजसो ठूला पत्रपत्रिका, टेलिभिजन तथा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सारा मधेसी जनतामा आक्रोश रहेको बताए । महासचिव महामुनिश्वर आचार्यले मधेसीले आफूहरु काठमाडौँबाट हेपिएको, दबाइएको र दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरिएको ठान्ने गरिएको बताउँदै मधेस आन्दोलन जनताको तल्लो तहसम्म पुगेकाले हालको नेतृत्वको हातबाट बाहिर जाने खतरा भएकाले समयमै नियन्त्रणमा लिन सरकारलाई आग्रह गरे। सङ्गठनका सदस्य गोविन्द ढकालले समस्या समाधानका लागि प्रमुख प्रतिपक्षको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने औँल्याउँदै आन्दोलनलाई सम्मानजनक अवतरण गराउन सरकार, प्रतिपक्ष तथा ठूला राजनीतिक दल गम्भीर भई तयारीसाथ प्रस्तुत हुन आग्रह गरे। तीन सदस्यीय टोलीले आन्दोलनरत दलका नेता, पत्रकार, मानवअधिकारवादी नेता, सर्वसाधारण, घाइते, सुरक्षाकर्मी, नागरिक समाज र सहिद परिवारलाई भेटी सो प्रतिवेदन तयार पारिएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy