Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

राजविराजमा निषेधाज्ञा हट्यो, भारदह रुपनी र राजमार्गमा कायमै

सप्तरी । सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि  सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाकारी दिए । उनका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै रहेको बताउँदै सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका लागि हटाइएको बताइएको छ । पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडकखण्डको ५०० मिटरमा पर्ने उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी मङ्सिर ५ र ६ गते सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका परिवारलाई मधेसी मोर्चाले क्रिया खर्चबापत रु २५ हजारका दरले सहयोग गर्ने बताइएको छ । राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर पूर्व—पश्चिम राजमार्गको रुपनीमा मृत्यु भएका जोमनी मधेपुरा–९ का नागेश्वर यादवको परिवारलाई क्रिया खर्चबापत रु २५ हजार प्रदान गरिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जनाकारी दिए  । यस्तै सोही क्रममा भारदहमा मृत्यु भएका डढा–१ का नरेन राम, राजविराज नगरपालिका– १ का दिलीप साह र आन्दोलकै क्रममा करेन्ट लागेर मृत्यु भएका शिवशङ्कर दासको परिवारलाई मधेसी मोर्चा सप्तरीले क्रिया खर्चबापत रु २५ हजारका दरले रकम प्रदान गर्ने निर्णय गरिएको जिल्ला संयोजक सुनिल झाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy