Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दु्रतमार्गबाट औषधि ल्याउने तयारी

\"Medicine\"काठमाडौं । सय दिनभन्दा लामो तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दु्रतमार्गबाट औषधि ल्याउने तयारी सुरु गरेको छ । बिहीबार विभिन्न स्वास्थ्य संस्थाका निर्देशक, प्रशासक तथा मन्त्रालयका पदाधिकारीको बैठकले स्वास्थ्य संस्थामा औषधि अभावले समस्या बढ्दै गएपछि दु्रतमार्गबाट औषधि ल्याउने निर्णय गरिएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले भने –‘हामीले सबै ठूला सरकारी स्वास्थ्य संस्थाका निर्देशकलाई राखेर छलफल गरिरहेका छौँ । अस्पतालमा औषधि केही समयलाई मात्र छ भन्ने कुरा आएपछि दु्रतमार्गबाट औषधि ल्याउने निर्णय गरिएको छ ।’ उनले दु्रतमार्गबाट औषधि ल्याउने निर्णय भइसकेको छ, अब चाँडै औषधिको सहजता हुने बताए । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गटन, युनिसेफलगायत दातृ निकाय र थाइल्यान्ड, ओमनलगायतबाट औषधि ल्याउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । खासगरी औषधि अभावको मुख्य असर गर्भवती महिलाको उपचारमा देखिएको छ । गर्भवती महिलाको उपचारमा प्रयोग हुने स्लाइन, सुईलगायतका औषधिसहित ब्लड प्याडको पनि चरम अभाव हुन थालेकाले चाँडै नै त्यसको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य सुरु गरिसकेको जनाइएको छ । औषधि अभावको बारेमा मन्त्रालयको स्वास्थ्य सहयोग कक्षमा खबर गरी औषधिको उपलब्धताबारे जानकारी लिन श्रेष्ठले आग्रह गरे । मन्त्रालयले १६६००१३३४४४ नम्बरको पैसा नलाग्ने टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । हालसम्म देशका विभिन्न जिल्लाबाट ५५ फोन आएको स्वास्थ्य सहयोग कक्षका कर्मचारी राजकुमार श्रेष्ठले बताए । धेरै फोन इन्धन अभावको गुनासाका बारेमा आएको छ भने विभिन्न दीर्घरोगको औषधिको माग गरेर पनि फोन आएको छ । लामो समयसम्म भएको नाकाबन्दीका कारण औषधि अभाव भएपछि राजधानीलगायत देशभरमा औषधि अभाव बढ्दै गएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE