Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

नाकाबन्दीका कारण दैनिक दुई अर्ब नोक्सान ः उद्योगमन्त्री पाण्डे

\"Capture\"काठमाडौंं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण उद्योगधन्दाको उत्पादन र वितरण प्रभावित हुँदा दैनिक दुई अर्ब नोक्सान भएको बताएका छन् । बोष्टर मिडियाको दोश्रो वार्षिकोत्सवको अबसरमा  आयोजित अघोषित नाकाबन्दीले उद्योगको अवस्था बिषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इन्धन अभावका कारण उद्योगधन्दा धराशायी भएको बताए । ‘लामो समयदेखि इन्धन आपूर्ति हुन नसक्दा मुलुकका उत्पादन तथा सेवामूलक उद्योगहरु नराम्रोसँग प्रभावित भएका छन् ।’ मन्त्री पाण्डेले भने, ‘आर्थिक नोक्सानमात्र नभएर उपभोक्ताले सहज उपभोग गर्न नपाउँदा व्यवहारिक चुनौतीहरु पनि उक्तिकै खट्किएको छ ।’ यद्यपी, नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउनका लागि  सरकार प्रयासरत् रहेको उनको भनाइ थियो  । भारत तथा आन्दोलनरत् पक्षसँग वातारवण सहज बनाउनका लागि सरकारले  निरन्तर कुटनीतिक पहल र छलफल गरिरहेको  मन्त्री पाण्डेले दावी गरे । कार्यक्रममा बोल्दै सांसद् गिता रानाले सरकारको गलत नीति र कार्यक्रमका कारण जनताले दुः ख पाएको टिप्पणी गरिन  । रानाले  भूकम्पले थला परेको वेला मधेश केन्द्रीत दलको आन्दोलनले उद्योगधन्दा थप धराशायी बन्दै गएकामा चिन्ता ब्यक्त गरेकि थिइन  । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले अघोषित नाकाबन्दीले प्रेस जगत मारमा परेको बताए  ।  कार्कीले यो समस्या छिट्टै सरकारले हल गर्नु पर्ने र संचार उद्योग संगै आम जनतालाई समेत अप्ठेरो अवस्था भएकोले कुटनीतिक प्रयासबाटनै  हल गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए । मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले हाल ७० प्रतिशत उद्योग बन्द रहेको दावी गर्दै कमिसनका कारण इन्धन आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि सम्झौता हुन नसकेको आरोप लगाए  । थापाले आन्दोलनरत् पक्ष र भारतसँग संक्रमण अन्त्यका लागि ठोस पहल नगरेको भन्दै जनताको आधारभुत आवश्यकताको परिपूर्तिका लागि सरकार चुकेको आरोप लगाए । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल) का अध्यक्ष दीपक महतले नाकाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । महतले कार्यक्रममा बोल्दै नाकाबन्दीले गर्दा सयौंलाई रोजगारी दिँदै राज्यलाईसमेत राजश्व तिर्दै आएका पर्यटन व्यवसायी हतोत्साहि हुँदा सयौंले रोजगारी गुमाउने र लगानी गुमाउने अवस्थामा पुग्न लागेको  गुनासो समेत गरेका थिए । ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले आवश्यक स्वास्थ्य सामग्रीको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको बताए ।  ग्रीनसिटी हस्पिटलमा गरीब दुखी र असहाय दश जना बिरामीको निशुल्क ओपेन हर्ट सर्जरी हालै सम्पन्न गरेका टन्डनले हामीले मुनाफा मात्र हेर्ने गरेका छैनौ हामीले दुखि गरिब र पिछडिएका बर्गको लागि निशुल्क स्वास्थ्य सेवा समेत दिदै आएको बताए । बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले अघोषित नाकाबन्दीले तराईको अवस्था संगै समग्र देशको यो कठिनाइ घडीमा हामि संचार मध्यमले सहि सूचना सम्प्रेषण गरेर अगाडी बढ्नु पर्ने बताए ।  ढुंगानाले सरकारी तवरबाट छिटो भन्दा छिटो यो समस्या हल गर्न सरकारलाई आग्रह समेत गरेका थिए । बोष्टर मिडियाको दोश्रो वार्षिकोत्सव अबसरमा उद्योगमन्त्री सोम प्रसाद पाण्डे ,सांसद गीता राना ,बोर्ण बहादुर कार्की ,तुलसी थापा ,लोक बहादुर टन्डन, दिपक महत लगाएतले बोष्टर मिडियाको सफलताको कामना समेत गरेका थिए । बोष्टर मिडियाको वार्षिकोत्सवको अबसरमा बोष्टर मिडिया अवार्ड २०१५   मानवअधिकार काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापालाई प्रदान गरिएको थियो भने विभिन्न क्षेत्रसंग आबद्ध संघसस्था र ब्यक्तिहरु ब्राइट नेपालका पुनम देब ,ग्रिन सिटि हस्पिटलका लोक बहादुर टन्डन ,गायिका सोभा त्रिपाठी ,शान्त शर्मा ,थानेश्वर देबकोटा ,भाईकृष्ण खड्का लगाएतलाई समेत सम्मान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy