Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सुगम संगीतका अजम्बरी गायक नारायणगोपाल गँजडी थिए

काठमाडौं । सुगम संगीतका अजम्बरी गायक नारायणगोपाल गुरुवाचार्यको शनिवार २५ औं स्मृति दिवस । पाँच सय भन्दा बढी गीत गाएका नारायणगोपालका सबै गीतहरु कालजयी छन् । सधैं सुनिरहँ लाग्ने गीत गाएका नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो भने वि.सं. २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा निधन भएको थियो । \"narayangopal\"सानैदेखि अम्मली भएका कारण नै उनको छोटो उमेरमै निधन भयो । कहिल्यै नमर्ने गीतहरु गायक छाडेका नारायणगोपाल आज पनि नेपाली संगीत पारखीहरुको मन मुटुमा रहने गरेका छन् । स्कुले जीवनदेखि नै चुरोटको अम्मली भएका उनी उच्च शिक्षा हासिल गर्ने क्रममा गँजडी भइसकेका थिए । उनी चुरोटको खिल्लीमै गाँजा भरेर खान्थे । उनी एक दिनमा ४० वटा चूरोट खाइसक्थे । पछि विरामी पर्न थालेपछि रक्सी छाडे पनि चुरोटको अम्मल छाड्न सकेनन् । उनी विरामी हुँदा पनि २५ वटासम्म चूरोट खाने गर्दथे । सानैदेखि गीत संगीतमा रुची राखेका हुनाले उनका बुवाले भारतको बडोदामा संगीत पढ्न पठाएका थिए । तर गजँडी भइसकेका कारणले उनले त्याहाँ गाँजा खान नपाएपछि बीचमै पढाइ छाडेर दार्जिलिङमा नगेन्द्र थापा कहाँ पुगेका थिए । दार्जिलिङ सुकियापोखरीकी प्रेमलासँगको प्रेमसम्बन्ध पनि दार्जिलिङ पुगेपछि अझ प्रगाढ बनेको थियो । उनै नगेन्द्र थापाले नै प्रेमालासँग भेट गराइदिएका थिए । प्रेमालाको अनुरोधमै “यो मौसम यो हरियाली” गीत गाएको उनलाई नजिकबाट चिन्नेहरु स्मरण गर्छन् । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममायाका नौ सन्तानमध्ये माइला छोरा नारायणगोपालले बीएसम्मको अध्ययन पूरा गरेका थिए । सानैदेखि भजनमण्डलीमा सरिक सानामा लजालु स्वाभावका नारायणगोपाल भजनमण्डलीहरुमा प्रशस्त जाने गर्दथे । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । त्यो बेला, साइँला उस्तादका छोरा रत्नमान, माणिकरत्न, प्रेमध्वज प्रधान, नरेन्द्र बाटाजु तथा उनीहरु भन्दा सानो उमेरमा योगेश वैद्य लक्ष्मण श्रेष्ठको घरमा भेला हुन्थे । गीतकार राममान तृषितले नवकला परिवार संस्थाका लागि भाडामा लिएको एउटा कोठालाई उनीहरुले क्लबजस्तो बनाए । त्यही कोठामा नारायणगोपाल बेञ्च तानेर त्यसलाई ठटाउँदै गुन्गुनाउने गर्दथे तर साथीहरुले अलि राम्रो स्वर निकालेर गीत गाउन अनुरोध गरे भने लजाउँथे । तर बेञ्चलाई तबला ठटाएजस्तै अरुलाई गाउनमा स्वर खाप्न भने खप्पिस थिए । उनीहरुले १० रुपियाँमा माइक भाडामा ल्याउँथे । माइकमा गीत गाउने गर्दथे । एसएलसी पासलगत्तै नारायणगोपालले राममानको शब्दसङ्गीतमा ‘पंक्षीको पंखमा धर्तीको याद दियो‘ गीत गाएर भ्वाइस टेष्ट पास गरेका थिए । यसबीचमा उनले आँखाको भाका आँखैले, मधुमास यो दिलको बाग नफुलिकन, म भोरका किरण हुँ, स्वर्गकी रानी मायाकी खानी, भो भो नसोध मलाई, कुञ्जमा गुञ्जियो जस्ता उत्कृष्ट गीतहरु गाए । उनले कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा गाएका थिए । तारादेवीसँग बोलचाल नभए पनि गीत गाए राष्ट्रिय नाँचघरको महाप्रवन्धकसमेत भएका नारायणगोपालको तारादेवीसँग गाएको ए कान्छा ठट्टैमा..बोलको गीत निकै उत्कृष्ट भयो । तर तारादेवीसँग भएको सामान्य विवादले बोली बाराबार भएका नारायणगोपालले उनीसँगै बोल्दै नबोली यो गीत गाएका थिए । नारायणगोपालको उपनाम ‘असनको साँढे’   लोकप्रियताको शिखर चुम्न थालेपछि नारायणगोपाल निकै घमण्डी भएको उनका संगीहरु सम्झन्छन् । पहलमान शरीर र पहलमानी सिकेका कारण पनि कसैलाई त उनी चुट्नसम्म अघि सर्थे । त्यसैले साथीहरुबीच उनी ‘असनको साँढे’ उपनामबाट पनि परिचित थिए । जीवनभर लगभग ५०० गीत गाएका नारायण गोपालको जीवनकालमा भने रत्न रेकर्डिङ संस्थानबाट ‘ब्लु नोट’ र म्युजिक नेपालबाट ‘गीति यात्रा भाग–१’ गरी जम्मा दुइ वटा गीति एल्बम मात्र बजारमा आएका थिए । दर्जनौं पुरस्कार स्वरसम्राट नारायणगोपालले सैंयौं गीतहरु मात्र गाएनन् । दर्जनौं पुरस्कार पनि पाए । उनले २०२३ साल रेडियो नेपालबाट सर्वोत्तम सङ्गीतकारको पुरस्कार पाए भने ०२४ साल सर्वोत्तम गायकको उपाधि पाए । २०२९ साल एल्बम ‘ब्लु नोट’ का लागि, रत्न रेकर्डिङ संस्थानबाट उनले रत्न रेकर्ड पुरस्कार प्राप्त गरे भने ०३३ सालमा गोरखा दक्षिण बाहु चौथो प्राप्त गरे । यस्तै,  २०४० सालमा इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री पुरस्कार, तथा २०४७ सालमा त्रिशक्ति पट्ट, तेस्रो प्राप्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies