सेना परिचालन गर्नु सशस्त्र विधिबाट समस्याको समाधान खोज्नु जस्तो मुर्खता अरु केही होइन । यो मुर्खताको कदम निम्त्याउनेहरु महामुर्ख हुन् । मधेसी जनतालाई मारेर समस्याको समधानको समाधान खोज्नेहरु देशभक्त हुन सक्दैनन् ।अर्को यो देशको पृथ्वी नारायण शाहकै भौगोलिक नै एकीकरण किन नहोस् त्यो एकीकरणमा पनि मधेसी जनताको अग्रिम भूमिका छ । मधेस नै नटेकी कन के पृथ्वी नारायण शाह पुर्वतिर गयो ? के मधेसी जनताले साथ नदिएको भए पृथ्वीनरायण शाहको राज्य एकिकरण अभियान पुरा हुन्थ्यो ? यहि हुन्थ्यो भने तीन महिना देखी सुरक्षाकर्मीबाहेक राज्यको उपस्थिति शुन्य छ । विद्यालयहरु बन्द छ , सरकारी कार्यालयहरु बन्द छन् ,संघसस्थाका गतिविधि हरु सुन्य छन् अर्थात सुरक्षाकर्मी बाहेक राज्यको उपस्थिति त शुन्य छ । त्यतिवेला पनि मधेसी जनता र थारुहरुले साथ दिएकै थिए । पृथ्वीनारायण शाहका सेनाका लागि खाद्यान्नदेखि आर्थिक सहयोगसम्म मधेसी जनताले सहयोग गरेको इतिहास छ । तर ति इतिहास लेखिएको छैन यो मधेसी जनतामाथिको विभेद हो । पृथ्वीनारायण शाह पछि नेपालमा जतीपनि शासकहरु आए नेपालमा शासन टिकाउनेहरु पनि र शासन सत्ता भत्काउनेहरु पनि यदि राम्रोसँग हेर्ने हो भने सवैभन्दा बढी मधेसी जनताले साथ दिएको छ । सैन्य दृष्टिकोणबाट पनि मधेसले गरेको योगदान हेर्दा जहाँ मधेसीहरु थिएनन, त्यहाँ पृथ्वीनारायण शाहले चाँडो जिते, जहाँ मधेसीहरु धेरै थिए त्यस ठाँउमा पृथ्विनरायण शाहलाई जित्न निकै गाह्रो परेको थियो । हाम्रा बाजेहरु बुवाहरु भन्नुहुन्थ्यो डा राममनोहर लोहिया, जयप्रकाश नारायणहरु, धनीकलाल मण्डलहरु, विनायक यादवहरु हाम्रो गाँउमा बसेको, हाम्रो घरमा बसेको खाएको, हाम्रा पुर्खाहरुले संरक्षण दिएको कुरा म गर्वका साथ भन्दछु । साढे आग इन्चि जग्गाको लागि अंग्रेजसँग गरेको संघर्ष, अग्रेजहरुको विरुद्धमा गरेको संघर्ष , नेपाल देशलाई एकिकरण गर्नमा मधेसले गरेको भुमिका, राणा शासन विरुद्धमा नेपालको आन्तरिक स्वतन्त्रताका लागि गरेको योगदान र भुमिकाको यस्तो गौरवशाली इतिहास बोकेको मधेसी जनतामाथि अविश्वास गर्ने, मधेसलाई अधिकार दिँदा देश टुक्रन्छ भन्नेहरु राष्ट्रघाती हुन् । मधेसलाई अधिकार दिन कन्जुस्याइ किन ? कानुनमा मात्रै लेखेर हुन्छ ? अहिले मन्त्रालयको सचिवहरु हेर्नुस त कतिजना मधेसी छन ? राजदुतहरु हेर्नुस कतिजना मधेसी छन ? न्ययालयमा कति जना मधेसी छन ? सेनामा मधेसीहरुको पोजिसन के छ ? सशस्त्र र राष्ट्रिय अनुसन्धान निकायमा हेरौ मधेसीहरुको अवस्था कस्तो छ ? मधेसीहरु जेटिए हुन सक्ने, इन्जिनियर हुन सक्ने, प्रोफेसर हुन सक्ने, मास्टर हुन सक्ने तर प्रशासक हुन नसक्ने ? सिडियो कति जना मधेसी छन् ? एसपी र डीएसपी कति जना मधेसी छन ? यो विभेद होइन ? सवै भन्दा पहिला दृष्टिकोणमा क्लियर नभैकन यी सवै कुरालाई बुझ्न सकिदैन । भाषणमा र कुरामा उग्रराष्ट्रवादको कुरा गर्ने तर राष्ट्रलाइ नै कमजोर पार्ने महेन्द्र पथियहरुलाई यो पृष्ठभुमिको अध्ययन गर्न र गहिराइमा जान म हार्दिक आग्रह र अपिल गर्न चाहन्छु । यहाँ कम्युनिष्टहरु अलि मजबुत हुँदा त्यसलाई देखिनसक्ने देश भित्र र देश बाहिरका शक्तिहरु जसले यहाँका देश भक्तहरु, बामपंथीहरु र अग्रगामीहरुले सबथोक लग्यो भनेर भनिरहेका छन्। यहाँ जसरी देशभक्तहरु र बामपंथीहरु एकढिक्का भएर अगाडी बढिरहेका छन् त्यो सँग तर्सिएकाहरु वा यसलाई आफ्नो समस्याको रुपमा देख्ने अतिवादीहरु ति राष्ट्रियताका नाममा देखिएका अतिवादीहरु हुन । ति सम्भ्रान्त वर्गहरु हुन् । नेपाललाई हिन्दुराष्ट्र बनाइदिने हो भने अहिलेको नाकाबन्दी अन्त्य हुन्छ भन्ने कुरामा भारतीयहरुको चासो देखिएको छ भनिन्छ, तपाईँलाई त्यस्तो लाग्दैन ? कस्का के इन्ट्रेस्ट छन्, त्यो आफ्नो ठाँउमा होला तर हामीले हाम्रो देशको राष्ट्रिय समस्यालाई हल गर्नका लागि हामीले हाम्रै जनतामाथि विश्वास गर्नु र उनीहरुलाई अधिकार दिनु नै अहिलेको समस्याको समाधान हो । त्यसरी हामीले हाम्रा देशका जनतालाई अधिकार दिद कसैले वाधा र अड्चनहरु राख्छन् भने सिंगो देश एक ढिक्का भएर प्रतिकारमा उत्रन्छ । त्यसपछि लाग्छ ती प्रवृतिहरु सवैतिर नांगिन्छन् । तर त्यो प्रवृतिलाई नंग्याउने कि आफै नांगिने हामी त्यो ठाँउमा पनि त छौ । भारतीय नाकाबन्दीलाई तपाइले कुन रुपमा हेर्दै हुनुहुन्छ ? यसलाई म दुई वटा कोणवाट हेर्दछु । एउटा कोण भारतीय प्रधानमन्त्री मोदी आउनुभयो । वहाँले मधेसको एक शव्द पनि उच्चारण गर्नु भएन । उत्पीडित जाती समुदायको बारेमा एक शव्द पनि उच्चारण गर्नु भएन । त्यतिवेला सडकदेखि सदनसम्म, चोकको चिया पसलदेखि पत्रिकासम्म हाइहाइ गरे । तर तिनै मोदीले मधेसीको अधिकार लगायत अन्यहरुको पनि अधिकारको कुरा गर्दा हस्तक्षेपको रुपमा देखे । यहाँ दुइ वटा कुरा हुँदैछन् एउटा के भने भारतले उत्पिडित जनताको पक्षमा पनी केही बोलेको छ भन्ने कुरा गर्ने हरु पनि छन् , अर्को हामीमाथी हस्तक्षेप गर्यो भन्ने हरु पनि छन् । म व्यक्तिगत रुपमा कसरी बुझ्छु भने नेपालमा भएरहेका तमाम राजनैतिक घटनक्रमहरु जाति पनि छन ति सवै हाम्रा आन्तरिक घटनक्रमहरु हुन । स्वभाविक रुपमा नेपालमा हुने राजनैतिक आन्दोलनहरु मा हामीले भारतीय जनता र भारतीय भुमिलाई अलि बढी प्रयोग गरेका छौ, सापेक्षिक रुपमा अन्य देशहरु भन्दा खुला सिमाना भएको कारणले पनि । भारतसँग साँस्कृतिक सम्वन्धहरु , भाषिक सम्बन्धहरु र खुला सिमानाहरु पनि विशिष्ट प्रकारको छ । मधेसी जनताको पक्षमा बोलिदिएको भनेर होइन । मधेसका गरीवहरु सुकुम्बासीहरु जतिबेला राजा महेन्द्रले पहाडबाट लगेर त्यहाँ बसाए, जंगलहरु सिध्याए नदी नालाहरुको असमान सन्धी सम्झौताहरु गरी हुलाकी राजमार्गहरुको विकल्पहरु खोले पहिल्याए । त्यतिबेला हाम्रा पक्षमा बोलिदिने कोही भएनन् । मधेसीहरु बोल्यौं मधेसलाई माया गर्ने पहाडियाहरु बोले, तर शासकहरु बोलेनन् । तिनीहरुले मधेसी जनतालाई माया गर्ने होइन गरेका छैन हिजो पनि गरेन आज पनि गरेको छैन । म अपिल के गर्न चाहान्छु भने देशका नेताहरु, नागरिक समाजहरुलाई उपेन्द्र यादव, महन्थ ठाकुरसँग वार्ता गरेर समस्याको समाधान गर्नु भएन भने तपाई कोसँग वार्ता गर्नु हुन्छ, टर्च बालेर खोज्नु पर्ने अवस्था आउँन सक्छ । गम्भीर हुनुस् । एकदिन वार्ता गर्ने मान्छे नभेटाउन सक्नुहुन्छ । किनकी त्यहाँ धेरै गुट र उपगुटमा नेताहरु विभाजित छन् । दमन गरेरै सिध्याइन्छ भनेर सोच्नु भएको छ भने त्यो गलत हो । मधेसको आन्दोलन रोक्न राजमार्गमा सेना परिचालन गरियो, दंगाग्रस्त क्षेत्र घोषणा गरियो, यसले पनि थप आन्दोलन भड्किएको हो कि ? मधेसलाई समस्या नदेखौं । समस्या राज्य सत्ताको मुख्य अंगमा छ । समग्र मधेसलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा उच्च वर्ग र उच्च वर्णमा रहेको समस्या नै मुल समस्या हो । मूल समस्या तपाई मधेसी, थारु, महिला जनजातिमा नखोज्नुस् । त्यसले जुन सुकै शासन व्यवस्था आएपनि आफ्नो वर्गको वचस्र्वलाई कायम राख्न षडयन्त्रहरु गर्दैछन् । त्यो अन्त देश भक्त पनि होइन । देशलाई अप्ठेरो पर्दा बिदेश भाग्नेहरुको समस्या मुख्य समस्या हो । हाम्रो देशमा विभिन्न आन्दोलनहरु भए । आन्दोलनका क्रममा ग्रामिण बस्तीका कतिपय मानिसहरु विस्थापित पनि भए । कारण जे जे होस् तपाई कारण खाज्नुस् गाउँबाट विस्थापित हुनेहरु मधेसकै बजारहरुमा सदरमुकामहरुमा आएर सुरक्षित भए । जब त्यहाँका सदरमुकामहरुमा उनले आफूलाई असुरक्षित ठान्यो । तव मानिसहरु राजविराज गए, जनकपुर गए, काठमाडौं गएर जग्गा किनेर बसे, तर दरभंगामा गएनन् । निर्मलीमा गएनन् । पटनामा जग्गा जोडेनन् । दिल्लीमा गएनन् । तर सरकारी सेवा र डीभी, पीआर कुन रोज्ने भन्दा डीभी र पीआर रोज्नेहरु कहाँ भेटिए ? कस्कामा बढि भेटिए ? कुन जात र समुदायका मान्छे पश्चिमा देशका नागरिक भएका छन् । देश भक्ति कुन समुदायमा देखियो ? सेना परिचालन गर्नु सशस्त्र विधिबाट समस्याको समाधान खोज्नु जस्तो मुर्खता अरु केही होइन । यो मुर्खताको कदम निम्त्याउनेहरु महामुर्ख हुन् । मधेसी जनतालाई मारेर समस्याको समधानको समाधान खोज्नेहरु देशभक्त हुन सक्दैनन् । सेनाको बुटमुनीबाट जनअधिकारलाई कुल्चिन पाईदैन । सेना हिजो पनि परिचालन भएको थियो । के जनयुद्धलाई रोक्न सक्यो ? राणाहरुपनि परिचालन गरेका थिए । राजाले पनि गरेका थिए । जनतालाई अधिकार दिनुस् त्यसपछि यदी कसैले विग्रह र विखण्डनका कुरा गर्छन् भने पछि त्यसको लागि हो सेना परिचालन । हाम्रा सुरक्षाकर्मी त्यसका विरुद्ध परिलक्षित हुनै पर्छ जसले राष्ट्रिय अखण्डताको विरुद्ध बोल्छ । सेना सरकार भने जनताको अधिकारको रक्षा गर्नका लागि हो । जनताको अधिकार अपहरण गर्नकालागि होइन । सेना परिचालन के को लागि गर्ने ? अधिकार खोज्नका लागि की अधिकारको रक्षा गर्नका लागि ? यो अन्तरविरोधलाई हल गर्नु पर्ने वेलामा हामीले बन्दुकको भाषा बोल्नु हुँदैन ।
प्रतिकृया लेख्नुहोस्: