Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सम्बन्ध विच्छेदका घटना बढ्दै

\"devorce\"धनगढी । कैलाली जिल्लामा श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद हुने घटना बढ्दै जान थालेका छन् । अधिकारप्रति देखिएको सचेतना, सामाजिक परम्परागत संस्कारमा आउन थालेको आधुनिकतासँगै देखिन थालेको फेरबदल, विवाहपछि अर्कैसँग सम्बन्ध बढाउनेलगायतका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै जान थालेको बताइएको छ । सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा अदालतमा यससम्बन्धी मुद्दा दर्ता हुने क्रम पनि बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश भट्टले बताए । कैलाली जिल्ला अदालतमा यस वर्ष गएको साउनदेखि हालसम्म पाँच महिनाको अवधिमा मात्रै सम्बन्ध विच्छेदका ३९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष विसं २०७१ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा योभन्दा कम मुद्दा दर्ता भएका थिए । ‘अदालतमा परेका मुद्दामध्ये अधिकांश तीन÷चार वर्षअघि मात्रै विवाह भएका नयाँ जोडीहरु रहने गरेका छन्’, अदालतका स्रेस्तेदार  भट्टले भने –‘यसमा पनि प्रेम विवाह गर्नेहरु बढी रहेका छन् ।’ चालु वर्षमा दर्ता भएका मुद्दामध्ये नौ मुद्दाको अदालतले फैसला गरिसकेको छ । बाँकी मुद्दाहरु कारबाहीको प्रक्रियामा रहेका छन् । अंश दिलाई सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी व्यवस्था रहेको भए पनि  अंश नलिइकन सम्बन्ध विच्छेद गराउन चाहनेहरु बढी रहेको बताइएको छ । अंश नलिई सम्बन्ध विच्छेद गराउन चाहनेको मुद्दाको फैसला तुलनात्मक रुपमा छिटो हुने गरेको छ । तर  अंशसहितको सम्बन्ध विच्छेद गर्न चाहनेहरुको फैसलामा केही ढिलाइ हुने गरेको छ । अंश लाग्ने सम्पत्तिको दुवै पक्षको फाँटवारी पेस गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस्ता मुद्दाको फैसला केही ढिलो हुने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending