Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

क्यालिफोर्नियाको आक्रमण आतङ्कवादी कार्य – राष्ट्रपति ओबामा

\"barackवासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत हप्ता अमेरिकाको क्यालिफोर्नियामा भएको बन्दुक हमला आतङ्कवादी कार्य भएको बताएका छन् । यो निर्दोश नागरिकको ज्यान लिनका लागि रचिएको एक आतङ्कवादी कार्य नै हो– उनले एक नियमित सम्बोधनका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । आफ्नो राष्ट्रपतीय कार्यकालको सातौँ वर्षमा गरेको सम्बोधनका क्रममा उनले सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले सो हत्याकाण्डमा सम्लग्नहरु पनि मारिएका छन् तर उनीहरुले अतिवादलाई इस्लामिक धर्मसँग जोडेर त्यसको बिकृतिपूर्ण व्याख्या गरेको बताएका छन् । गत बुधबार भएको सो हमलामा परी १४ जनाको ज्यान गएको थियो । साथै सो हमलामा परी अरु कैयौँ व्यक्ति पनि घाइते भएका छन् । दक्षिणी क्यालिफोर्नियाको एक सामाजिक सेवा केन्द्रमा भएको सो हमलाका दुवै जना मारिएका छन् । सो हत्याकाण्ड एक नियोजित घटनाका रुपमा रचिएको स्थानीय प्रहरीको भनाई छ । सो हत्याकाण्डमा २८ वर्षीय अमेरिकी नागरिक सइद फारुक र उनकी श्रीमती २७ वर्षीया तस्फिन मलिकको सम्लग्नता रहेको बताइएको थियो । पछि उनीहरु पनि मारिएका हुन् । अनुसन्धानबाट ती दुवैको निवासमा कैयौँ शक्तिशाली हतियारका साथै बन्दुक तथा बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थहरु पनि भेटिएका थिए । प्रहरीले अनुसन्धानबाट उक्त आक्रमणमा सो परिवारको सम्लग्नतामात्र नभएर नियोजित रुपमा भएको तयारी पनि खुलेको जनाएको हो । सो हत्याकाण्डपछि राष्ट्रपति ओबामाले पहिलो पटक सम्बोधन गरेका हुन ।उनले त्यस घटनामा आतङ्कवादीहरुको सम्लग्नताको कुरा उठाइएकोप्रति गम्भीर रुपमा चासो व्यक्त गरेका थिए । तर त्यसमा इस्लामिक स्टेटको सम्लग्नता नरहेको प्रतिवेदन अमेरिकी गुप्तचर निकायले हालै सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा उक्त हमला नितान्त पारिवारिक रहेको भनी टिप्पणी गरिएको छ । यदी सो हमला आतङ्कवादीले नै गरेको हो भने सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको अल कायदाको हमलापछिको पहिलो यस्तो आतङ्ककारी हमला हुनसक्ने बताइएको थियो । ह्वाइटहाउसका अधिकारीहरुले राष्ट्रपति ओबामाले युरोपमा एक किसीमको त्रास नै मच्चिइरहेकाले पछिल्लो आतङ्कवादी हमलाको विषयमा अमेरिकी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बारेमा सम्बोधन गरेको बताएका छन् । गत नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलापछि अमेरिकामा पनि आतङ्कवादी हमला हुनसक्ने विविध हल्ला चलेका छन् । तर त्यहाँको गुप्तचर निकायले यस्तो सम्भावना नरहेको बताउँदै आएको छ । पेरिस हमलापछिको असुरक्षाको अवस्थामा अमेरिकाले कसरी तयारी गरिरहेको छ भन्ने बारेको जानकारी पनि अधिकारीहरुले समय समयमा गराइरहेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending