Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

अस्पतालमा तोडफोड गर्ने तीन युवक पक्राउ

\"arrest\"पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा हुलहुज्जत तथा तोडफोड गर्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष डा राजमदेव तिवारीको कार्यकक्षमा आज बिहान प्रवेश गरी तोडफोड गर्ने निशान्त मिश्रा, ईश्वर यादव र अनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । बृहत् मधेसी युवा गठबन्धन वीरगन्जका १०÷१२ जनाको सङ्ख्यामा रहेका युवकको समूहले कर्मचारी नियुक्तिको विरोध गर्दै विकास समितिका अध्यक्ष तिवारीमाथि हातपात र कार्यालय सामान तोडफोड गरेको आरोपमा तीनै जना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिहान १० बजेको समयमा एनआइसियु सञ्चालनका लागि नेपाल सरकारले स्वीकृत गरेको दरबन्दीबारे छलफल भइरहेका बेला अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पटेलका छोरा रोशन पटेलको नेतृत्वमा आएको समूहले कार्यालयमा तोडफोड गरेको अध्यक्ष तिवारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले अस्पतालमा बच्चाहरुको सघन कक्ष सञ्चालन गर्न १५ जना कर्मचारीको दरबन्दी कायम गरेअनुसार सार्वजनिक सूचना प्रकाशित गरी दरबन्दी मिलान प्रक्रिया अगाडि बढाएइपछि त्यसको विरोध हुँदैआएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपक्षेत्रीय अस्पतालमा बच्चाहरुका लागि सघन कक्ष सञ्चालन गर्न पाँचजना चिकित्सक, आठजना स्टाफ नर्स र दुईजना स्विपरको  दरबन्दी मन्त्रालयले स्वीकृत गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending