Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

सीमावर्ती गाउँका युवालाई ‘नाकाबन्दी’ बरदान सावित

\"sonauli_border_petrol_1\"भैरहवा । नेपालको नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले गरेको अघोािषत नाकाबन्दीले नेपालमा गम्भीर संकट पैदा भए पनि सीमावर्ती गाउँका मानिसलाई भने नाकाबन्दी बरदान सावित भएको छ । उनीहरुका लागि नाकाबन्दी कमाइ गर्ने राम्रो मौका बनेको छ । कालाबजारीको धन्दामा ‘पल्सर’ बाइक एक नम्बर   उच्च गतिको लागि सबैले रुचाइएको बजाजको ‘पल्सर’ मोटसाइकलको नाम नै कालो धन्दा बनेको छ । नेपालको नाकाबन्दीको अवसरमा सुनौलीस्थित बेलहिया नाकासँग जोडिएको भारतीय गाउँमा पल्सर मोटरसाइकल कालोबजारीका लागि सबैभन्दा राम्रो साधन बन्न पुगेको छ । किनभने यो मोटरसाइकलको ट्याङकीमा १५ लिटरसम्मको पेट्रोल भर्न सकिन्छ । \"nepal_india_border_petrole_crisis_2\"बेरोजगार युवा युवतीले मोटरसाइकल हरेक दिन तीन सय रुपैयाँमा भाडामा लिन्छन् र भारतको पेट्रोलपम्पबाट ७० रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल किनेर टंकी भर्छन्, नेपाल ल्याएर एक सय २५ रुपैयाँदेखि १३० रुपैया लिटरको दरले विक्री गर्छन् । जसले दिनभर यो धन्दा गर्न सक्यो उसको साँझ निकै रंगिन हुने गर्दछ । पल्सरबाहेकका अन्य मोटरसाइकलको ट्याङ्की सानो हुने भएकोले अन्य बाइकबाट कम मुनाफा हुन्छ । उच्च गतिमा मोटरसाइकलबाट तेल धन्दा गर्ने युवाले मुखमा मास्क लगाउने गर्छन् । तर उनले कच्ची बाटोबाट उड्ने धुलो तथा प्रदुषणबाट बच्न नभइ प्रहरी तथा पेट्रोलपम्पवालाहरुले नचिनुन् भन्नका लागि उनीहरु मुखमा मास्क लगाउने गर्छन् । नाकाबन्दीका कारण ट्राभल एजेन्सीहरु झिँगा मारेर बसिरहेका छन् तर ट्याक्सीमा डिजल भरेर ड्राइभरहरुले भने कमाइ गरिरहेका छन् । ठूठीबारी नाकामा पनि उस्तै सुनौलीबाट २५ किलोमिटर टाढाको एक सानो चेकपोष्टसँग जोडिएको गाउँ ठूठीबारीका एक बेरोजगार यवकले १५ हजारमा सेकेण्ड ह्याण्ड मोटरसाइकल खरिद गरेका थिए । उनले लगानी गरेको पैसा उठाएर अहिले मनग्गे आम्दानी गरिरहेका छन् । उनका लागि यो घटना अपवाद हो । यसलाई कालाबजारी नभई, आपसमा भएको झगडाका कारण भएको ठान्छन् । \"nepal_india_border_petrole_crisis_4\"बाइक नहुनेको साइकलमै धन्दा मोटरसाइकल नहुनेहरुले पनि साइकलबाट तेल धन्दा चलाइरहेका छन् । साइकलमै जरकिनमा तेल भरेर सीमा कटाइरहेका छन् । गरिब परिवारले पनि तेल विक्री गरेर मनग्गे पैसा कमाइहेका छन् । गएको एक महिनाअघिसम्म सीमा नजिकको एक स्कुलको गेटमा एउटा ठेला हुन्थ्यो । ती ठेलावाला ब्यापारीले ठेलाबाट दिनमा १० रुपैया हुँदैनथ्यो, अहिले दैनिक हजार पन्ध्र सय रुपैया कमाइ भइरहेको छ । भारतमै ब्ल्याकमा ग्यास सिलिण्डर बेचिन्छ तेलको मात्रै होइन, नेपालमा ग्यासको हाहाका पनि उस्तै छ । त्यसैले कतिपयले ग्यासको धन्दा पनि गरिरहेका छन् । उनीहरुले ब्ल्याकमा ७५० रुपैयाँ तिरेर किन्छन् । बेल्हिया सीमा कटाएपछि एक सिलिण्डरको १५ सय रुपैयाँमा विक्री हुन्छ । त्यही सिलिण्डर भैरहवादेखि काठमाडौंसम्म ल्याइपुर्याउँदा २ सय ५० देखि ३ हजार रुपैयाँसम्म विक्री हुन्छ । \"nepal_border_indian_oil_petrole_3\"कालाबजारीको धन्दाका कारण सुनौलीका ब्यापारीहरु समेत मर्कामा परेका छन् । कालाबजारीको धन्दाका कारण पसलमा काम गर्ने कामदारहरु पनि भाग्न थालेका छन् । उनीहरु नाकाबन्दी लामो समयसम्म भइरहे राम्रो कमाइ गर्न सकिन्थ्यो । यहाँ एउटा उखान नै बनेको छ– ‘नपढाउनु पर्यो, न लेखाउनु पर्यो, बोर्डरमा बसाले भैगयो ।’ (बीबीसी हिन्दीबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy