Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

क्यासिनो सञ्चालनका लागि स्पष्ट निति बनाउन माग

काठमाडौं  । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हालै सञ्चालित क्यासिनो विल्लेनयर्स क्लबमा होटल साङ्ग्रिलामा सञ्चालित क्यासिनोमा विगतदेखि कार्यरत मजदुरलाई बहाल गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संसद् मातहतको उक्त समितिको आजको बैठकले नेपालको प्रचलित कानुन, श्रम ऐन तथा समितिको अध्ययन प्रतिवेदनका आधारमा मजदुरलाई क्षतिपूर्तिसहित बहाली गर्न गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको आजको वैठकमा मुलुकका समग्र क्यासिनोको अवस्था, त्यसबाट हुँदै आएको रोजगारी सिर्जना र सरकारले प्राप्त गर्ने राजस्वको पक्षमा समेत व्यापक छलफल भएको थियो । देशमा ठूला ११ वटा क्यासिनो सञ्चालनमा रहेकामा तीमध्ये अधिकांश काठमाडौँमा नै रहेका छन् । साना क्यासिनो सञ्चालनका लागि चारवटाले इजाजतपत्र लिएकामा ती क्यासिनोको नाममा मुलुकका ठूला सहरमा सयौँको सङ्ख्यामा क्यासिनो सञ्चालन हुँदै आएको जानकारी दिइयो । मुलुकका सबै क्यासिनोमा गरी करिब १० हजार मजदुरले रोजगारी प्राप्त गरेकामा क्यासिनो सञ्चालक र मजदुर युनियनबीचको विवादले धेरै क्यासिनो बन्द हुन पुगेका छन् । सबै क्यासिनो व्यवस्थित ढङ्गले सञ्चालन भएको खण्डमा  दर्ता, सेवा, नवीकरण गरी झन्डै एक अर्ब राजस्व उठ्ने अनुमान गरिएको छ । भूकम्पले समेत कतिपय क्यासिनोलाई बन्द गर्न बाध्य तुल्याएको थियो । क्यासिनो सञ्चालकले समयमै राज्यलाई तिर्नुपर्ने राजस्व र कर नबुझाएको कारणले समेत क्यासिनो बन्द गराउन बाध्य हुनु परेको विषयामा पनि बैठकमा छलफल भएको थियो । क्यासिनो सञ्चालन गर्ने राज्यको स्पष्ट नीति नहुँदा कतिपय अवस्थामा तजबिजी आधारमा सञ्चालन गर्ने अनुमति दिने काम बेठीक साबित भएको बताउँदै बैठकमा सदस्यहरुले राजनीतिक दलका नेताहरु नै व्यवसायी हुन चाहने प्रवृत्तिले झन् जटिलता आएको भनी आक्रोश व्यक्त गरे । मन्त्रालयका तर्फबाट बैठकमा क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा समितिले दिने निर्णयलाई सम्मान गर्ने जनाउँदै क्यासिनो मजदुरको समस्यालाई निराकरण गर्न ध्यान दिइने प्रतिबद्धता व्यक्त गरियो । बैठकले समितिका सदस्य पुष्कर आचार्यको संयोजकत्वमा गठित न्यून लागत कार्यान्वयन अध्ययन तथा अनुगमन उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE