Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

निरास नहुन उद्योगी व्यवसायीलाई सरकारको आग्रह

\"Bishnuकाठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाकाबन्दीका कारण निरास नहुन उद्योगी व्यवसायीलाई आह्वान गरेका छन् ।

“अकल्पनीय क्षति भइसक्यो, अब केही दिन धैर्य गरौँ, निरास नहोऔँ” रुपन्देही समाजले उनकै सम्मानमा आज यहाँ गरेको कार्यक्रममा अर्थमन्त्रीले लामो समयदेखिको नाकाबन्दी खुल्ने तयारी भइरहेकाले अब निरास हुनु नपर्नेमा जोड दिए ।

उनले तराईमा भइरहेको आन्दोलनलाई वार्ता र सहमतिकै माध्यमबाट टुङ्ग्याउने प्रयास अन्तिम चरणमा पुगेको पनि बताए । प्रमुख तीन दलकाबीचमा साझा धारणा बनिसकेको र मधेसी मोर्चाका नेतासँग विभिन्न चरणमा छलफल भइरहेकाले चाँडै आन्दोलनको अन्त्य हुने अर्थमन्त्रीले विश्वास व्यक्त गरे ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारको समीक्षा गर्ने बेला नभए पनि प्रारम्भिक सङ्केत भने सन्तोषजनक नभएको टिप्पणी गरे । कार्यक्रममा सांसद भरतकुमार शाह, अब्दुल रज्जाक, आदित्यनारायण कसौधन, अधिकारकर्मी दिनेश त्रिपाठीलगायतले राजनीतिक आस्था फरक भए पनि रुपन्देही र लुम्बिनी क्षेत्रको विकासका लागि आफूहरु सबै सधैँ एकै ठाउँमा उभिने अठोट व्यक्त गरे ।

लुम्बिनी विकासको माग कार्यक्रममा अर्थमन्त्रीलाई समाजले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि बाह्रबुँदे ज्ञापनपत्र पनि बुझाएको छ । समाजका अध्यक्ष कुशप्रसाद मल्लीले बुझाएको ज्ञापनपत्रमा बुटवलदेखि पाल्पासम्म, भैरहवादेखि लुम्बिनी हँुदै तिलौराकोटसम्म र बेलहियादेखि बुटवलसम्मको सडकखण्डको विस्तार गर्न माग गरिएको छ ।

त्यसैगरी रुपन्देहीमा स्थापित विशेष आर्थिक क्षेत्रलाई तत्काल कार्यान्वयन गर्न, गौतमबुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई दु्रतता दिन, लुम्बिनी, देवदह र तिलौराकोटलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, मर्चवारलगायत पिछडिएका क्षेत्रको विकासका लागि बृहत् योजना बनाई तत्काल लागू गर्न पनि समाजले माग गरेको छ ।

कार्यक्रममा अपाङ्गता भएकाको अधिकारका क्षेत्रमा रुपन्देहीबाट अभियान सुरु गरी राष्ट्रियस्तरमा पुग्नुभएको भन्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष नीलकण्ठ पौडेललाई पनि सम्मान गरिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE