Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

कुपोषण हटाउन अर्घाखाँचीका महिला स्वास्थ्य स्वयं सेबिका सक्रिय

\"newsअर्घाखाँची । अर्घाखाँचीका महिला  स्वास्थ्य स्वयं सेबिका तथा सामाजिक परिचालकहरुले जिल्लाको कुपोषण घटाउन पहल गर्ने बताएका छन । उनीहरुले पहिले देखिनै स्वास्थ्य र अन्य क्षेत्रमा काम गर्दै आएकोमा अब कुपोषणको दर हटाउन सक्रियताका साथ लाग्ने बताएका छन । अर्घाखाँची जिल्लाको सम्पुर्ण गाविसमा सम्पन्न भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि समुदाय स्तरीय तालिममा बताएका थिए । जिल्लामा ८४६ जना महिला स्वास्थ्य स्वयंम सेविकाहरु र सवै सामाजिक परिचालकहरुले तालिम लिइसकेको जिल्ला सुआहारा कार्यालयका जिल्ला संयोजक दिवश ढकालको भनाई रहेको छ । जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भवती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि तालिमको सञ्चालन भएको  लुम्बिनी सामाजीक बिकास केन्द्रका कार्यकारी निर्देशक ईन्द्रमणि पौडेलले बताए  । सबै भन्दा संबेदन सिल मानिने गर्भबती महिला र सुत्केरी महिलाको अबस्था सुदृढ गर्न र स्वच्छ समाजको निर्माण गर्ने नेपाल सरकारको लक्ष्यमा साथ दिन आफुहरुले कुनै कसुर बाकी नराख्ने महिला स्वस्थ्य स्वंयमसेबिका तथा सामाजिक परिचालकको  भनाई रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सुआहारा कार्यक्रम अन्तर्गत  लुम्बिनी सामाजिक बिकास केन्द्रको सहजीकरणमा ५  दिन सम्म सञ्चालन भएको  तालिमका सहभागी  महिला स्वास्थ्य स्वयंमसेबिका तथा सामाजिक परिचालकहरुले आमा र बच्चाको स्वास्थ्य अबस्था सुदृढ गर्नका लागि आफुहरु अझ ससक्त रुपमा लागि पर्ने बताएका छन । तालिमका सहभागी महिला स्वास्थ्य स्वयंसेबिकाहरुले आफ्नो गाँउको आमा समुहमा गई गर्भबती तथा सुत्केरी महिलाहरुलाई आफुहरुले सिकेको ज्ञान दिनेछन । जसका कारण जिल्लाको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ  । नेपालको जनसांख्यीक सर्भेक्षण २०११ को तथ्यांक अनुसार शिसु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ४५ प्रतिसत  छ । शिसु जन्मेको एक दिन भित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिसत छ । शिसुलाई ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ७० प्रतिसत छ शिसुलाइ कहिले पनि स्तनपान नगराएको भने १ प्रतिसत छ । विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन । स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ । त्यसैगरी बच्चालाई २ वर्षसम्म लगातार स्तनपान गराएमा बच्चा फूर्तिलो हुने साथै ६ महिनापछि खुवाइने थप खानाले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending