Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पश्चिम सेती जलविद्युत् परियोजना बन्ने निश्चित

दिपायल (डोटी), लामो समयदेखि विवादमा रहेको पश्चिम सेती जलविद्युत् परियोजना बन्ने पक्का भएको लगानी बोर्ड नेपालले जानकारी दिएको छ । लगानी बोर्डका बाह्य मामिला प्रमुख घनश्याम ओझाले परियोजना बन्ने निश्चित भएको बताएका हुन् । पश्चिम सेती परियोजना निर्माण गर्ने अनुमति पाएको चिनियाँ कम्पनी थ्रि–गर्जेजले परियोजना निर्माणका लागि कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाइसकेको उनले बताए । “अब परियोजना बन्ने निश्चित भएको छ” ओझाले भने, “चिनियाँ प्राविधिकहरुको टोलीले मङ्सिरमा परियोजना क्षेत्रको अध्ययन गरिसकेपछि निर्माण गर्न अग्रसर भएको हो ।” यसअघि सन् १९९४ मा अस्ट्रेलियन कम्पनी स्मेकले ७५० मेगावाट क्षमताको परियोजना निर्माण गर्न नेपाल सरकारबाट अनुमति पाएको थियो । तर स्मेक कम्पनीले लगानी जुटाउन नसकेपछि निर्माण हुन सकेन । सरकारले स्मेकको अनुमति रद्द गरी चिनियाँ कम्पनी थ्रि–गर्जेजलाई अनुमति दिएको छ । जमिनको सतहबाट १९५ मिटर उचाइको बाँध निर्माण गरी डोटी, बझाङ, डडेल्धुरा र बैतडीको करिब २५ किलोमिटर क्षेत्रमा जलाशययुक्त बाँध निर्माण गर्ने र नदीको हालको बहाव मार्ग परिवर्तन गरी करिब ६.७ किलोमिटर लामो भूमिगत सुरुङमार्फत पानी निकासा गरी विद्युत् उत्पादन गर्ने गरी स्मेकले अध्ययन गरेको थियो । परियोजना निर्माण भएपछि करिब १० हजार जनसङ्ख्या विस्थापित हुने अनुमान गरिएको छ । लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना बन्ने कुरा आएपछि स्थानीयवासीमा फेरि पश्चिम सेतीप्रति आशा पलाएको छ । पश्चिम सेती परियोजना स्थानीय जनता र राष्ट्रको हितमा बन्नुपर्ने स्थानियको माग रहेको छ । परियोजनाको ढुवान क्षेत्र लामीखाल गाविसका स्थानीय पूर्व सभासद् हर्कबहादुर सिंहले राष्ट्रिय महत्वको योजना भएकाले पश्चिम सेती निर्माण हुनुपर्ने बताए । चिनियाँ कम्पनी थ्रि–गर्जेज परियोजना निर्माणका लागि सक्रिय रहेको भए पनि नेपाल सरकारले चासो नदेखाएको सभासद् सिंहले आरोप लगाए । “राष्ट्रिय प्रसारण लाइन बनाउने विषयमा सरकार तयार हुनुपर्छ” सिंहले भने, “सरकारले उक्त परियोजनालाई महत्व दिनुपर्ने हुन्छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending