Khabar Dabali २७ मंसिर २०८१ बिहीबार | 12th December, 2024 Thu
Investment bank

भक्तपुर हात्तीपाइलेको उच्च जोखिममा

भक्तपुर, सरकारले हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु गरेको छ वर्ष बिते पनि प्रभावकारी नहुँदा भक्तपुर हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दिनेशकुमार चापागार्इंले भक्तपुर नगरक्षेत्र हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जानकारी दिए । भक्तपुर नगरपालिकाका बासिन्दाले २० प्रतिशतले मात्र यसको औषधि खाएको र अरुले औषधि खान नमानेपछि यो क्षेत्र उच्च जोखिममा रहेको बताइएको छ । कार्यालयले यस वर्षमा भक्तपुरमा दुई लाख ९१ हजार २०८ जनालाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य राखेको छ । भक्तपुरमा औषधि खुवाउने अभियान यही फागुन ३० गते सुरु भई चैत २ गतेसम्म घरघरमा गएर खुवाउने कार्यक्रम छ । यसका लागि कार्यालयले १८२ स्वास्थ्यकर्मी र एक हजार ७१७ स्वयम्सेवक परिचालन गर्ने भएको जनस्वास्थ्य अधिकृत प्रेमबहादुर थापाले जानकारी दिए । औषधि खुवाउँदा कुनै समस्या आएमा भक्तपुर अस्पतालमा निःशुल्क औषधि उपचार गर्ने व्यवस्था गरिएको जनाइएको छ । डा विशाल श्रेष्ठले हात्तीपाइलेको औषधि खान डर मान्नु नपर्ने बताउँदै निर्धक्क भएर औषधि खान आग्रह गरे । उनका अनुसार भक्तपुरमा अहिलेसम्म ५० प्रतिशत नागरिकले औषधि खाएका छन् । भक्तपुरमा २१५ जनामा हात्तीपाइलेका बिरामी भेटिएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy