Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

साउदी अरेबियाले बनायो आतङ्कवाद विरोधी सैनिक गठबन्धन

\"anti रियाद। साउदी अरेबियाले आतङ्कवादका विरुद्धमा लड्ने प्रयोजनका लागि विभिन्न राष्ट्र सम्मिलित एक सैनिक गठबन्धनको स्थापना गरिएको घोषणा गरेको समाचार छ । साउदी अरेबियाको नेतृत्वमा निर्मित सो गठबन्धनमा अरेबियाली करिब ३४ वटा देशको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारअनुसार सो गठबन्धनमा अरबका सबैजसो देशहरुहको सहभागिता छ । तर यसमा इरानलाई भने समावेश नगरिएको साउदी अरेबियाको सरकारी समाचार समिति, एसपिए समाचार समितिले जनाएको छ । आतङ्कवादका विरुद्धमा आक्रमण तथा कारबाहीका लागि स्थापित सो गठबन्धनका मुख्य कार्यालय साउदी अरेबियामा रहने बताएको छ । साउदी अरेबियाको रियादमा रहने सो गठबन्धनले आतङ्कवाद बिरुद्धको सैनिक कारबाहीलाई समन्वय गर्नेछ । उक्त गठबन्धनले सैनिक सहयोग र समन्वयको काम गर्ने जानकारी दिइएको छ । उक्त गठबन्धनले अरेबियाली देशहरुमा आतङ्कवादका कारण पछिल्लो समयमा उत्पन्न समस्याको समाधानका उपायहरुको खोजी गरी त्यसको समाधानमा काम गर्ने बताइएको छ । साथै यसले आतङ्कवादका विरुद्धमा संसारमा नै पछिल्लो समयमा सुरु भएको संघर्षमा सघाउने पनि अर्को एक समाचारमा उल्लेख गरिएको छ । साउदी अरेबियाका नायब युवराजाधिराज एवम् रक्षामन्त्री मोहमद बिन सलमान अल साउदले विश्वमा आतङ्कवादका विरुद्धमा जारी रहेको लडाईंमा यस गठबन्धन पनि एक सशक्त साझेदारका रुपमा रहेर कामगर्ने जानकारी दिएका छन् । यस गठबन्धनमा ३४ वटा अरेबियाली मुलुक रहेका छन् भने विश्वका अरुपनि इन्डोनेसियालगायतका १० भन्दा बढी मुस्लिम देशले यस गठबन्धनका लागि सहयोग गर्ने बाचा गरेका पनि उनले जानकारी दिए । यस्तो खालको गठबन्धनको माग संयुक्त राज्य अमेरिकाले गरेको हो । संयुक्त राज्य अमेरिकाले विश्वमा आतङ्कवादले नागरिकका बाच्न पाउने नैसर्गिक अधिकारहरुप्रति पनि धावा बोलिरहेकोले यस्तो समयमा इस्लामिक अतिवादीहरुका विरुद्धमा लडन् संसारका हरेक क्षेत्र र राष्ट्रमा गठबन्धनको आवश्यकता रहेको आह्वान गरेको थियो । यस गठबन्धनमा रहेर ती देशहरुले पछिल्लो समयमा आइएसले मच्चाएको आतङ्कका विरुद्धछमा प्रतिवाद गर्नुपर्नेछ । यस गठनबन्धन आइएसका विरुद्धमा लड्नका लागि निर्माण भएको होइन त भन्ने प्रश्नको जवाफमा सलमानले भने – यसले जस्तोसुकै पनि आतङ्कवादका विरुद्धमा लड्ने छ र एक भएर आतङ्कवादको प्रतिवाद गर्नेछ । यसअघि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन निर्माण भएको छ र त्यसले आइएसका विरुद्धमा लडिरहेको पनि छ । त्यस सैनिक गठबन्धनमा फ्रान्स, बेलायत र जर्मनी पनि रहेका छन् । ती राष्ट्रका सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा भन्दै सिरियामा हवाई आक्रमण गरिरहेका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies