Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

अख्तियार 'नाटक' देखाउँदै !

\"Karki\"काठमाडाैं । ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ, तर यस संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानुनले छुट्टै विशेष व्यवस्था भएको पदाधिकारीका हकमा यो लागु हुनेछैन ।’ पदको दुरुपयोग गरी सार्वजनिक पद धारण गर्ने सरकारी कमचारीमाथि अनुसन्धान गर्न संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरी मुद्दा दायर गर्नेसम्मको अधिकार दिइएको छ ।   तर, वास्तविक भ्रष्टाचारीलाई कठघरामा उभ्याउनुको सट्टा अख्तियार क्षेत्रकाधिकार नाघ्दै अघि बढ्न थालेको छ । कसैको राजनीतिक पूर्वाग्रह अनुसार आधारहीन विषयमा स्पष्टीकरण सोध्नेदेखि छानविनको दायरमा ल्याउन खोज्ने अख्तियार ठूला र विवादित विषयमा भने चुपचाप देखिंदै आएको छ ।   अखिल नेपाल फुटबल संघमा गणेश थापाले गरेको भ्रष्टाचार होस् वा त्रिपाल काण्ड, भ्रष्टाचार गरी अकुत कमाउने मन्त्री हुन् वा मन्त्रालयका सचिव हुन् उनीहरुमाथि जायज छानविनमा अख्तियारको धावा बोल्न सकेको छैन । केही भ्रष्टाचारका विषयमा अध्ययन थाले पनि उन्मुक्ति दिनकै लागि मुद्दालाई कमजोर बनाउने गरेरसमेत अनुसन्धान गरेको जस्तो देखाएको भन्दै अख्तियार आलोचित बन्दै आएको छ ।   वास्तविक पदको दुरुपयोग भन्दा भारतीय योजनामा नेताहरुको हुर्मत लिने गरी पछिल्लो समय केही पूर्व मन्त्री र सचिवहरुलाई उसले छानविनको दायरमा ल्याएर स्पष्टीकरण सोधेको छ । तर, के कारणले अनुसन्धान गर्न खोजेको हो भन्ने प्रष्ट भनेको छैन । पदको दुरुपयोग गरी भ्रष्टाचार नै गरी अकुत सम्पत्ति जोडेको भए अनुसन्धान गरी सिधैं मुद्दा चलाउन सक्ने अवस्था रहँदारहँदै आयोगले हचुवाको भरमा केही व्यक्तिमाथि अनुसन्धान थालेर मुद्दालाई नै कमजोर बनाउन पुगेको छ ।   केही दिन अघि २९ जनामाथि अनुसन्धान थाल्ने प्रयासस्वरुप आयोगले प्रचारमा ल्याएको विवरणबाट के बुझ्न सकिन्छ भने राजनीतिक प्रतिशोध साध्न र भ्रष्टाचार गरेकै भए पनि मुद्दा कमजोर बनाउन उसले यथेष्ट प्रमाणविनै अनुसन्धानको पाटो मिडियाबाजी गराएको छ । गत १३ मंसिरमा अख्तियारले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखलाई आयोगमै बोलाएर कालोबजारी नियन्त्रणका लागि कि कारबाही गर्न की कारबाही भोग्न भन्दै निर्देशन दियो । त्यस्तै, आफ्नो व्यक्तिगत सम्पत्ति र मानप्रतिष्ठामा आँच आउने गरी अख्तियारले हात हालेको भन्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षिते पनि आयोगविरुद्ध सर्वोच्चमा रिट नै दर्ता गराएका छन् । यस्ता प्रतिनिधि घटनाबाट पनि बुझ्न सकिन्छ की अख्तियारको क्षेत्राधिकार के हो र के गरिरहेको छ भनेर । सार्वजनिक पद धारणा गरी कसैले पदको दुरुपयोग गरेकै भए अख्तियार गतिला प्रमाण पुर्याएर किन अनुसन्धान गर्दै गतिलो मुद्दा लगाउन सक्दैन ? राजनीतिक प्रतिशोध साध्दै किन कुनै राजनीतिक दलको पनि गुटगत राजनीतिलाई हेर्दै अनुसन्धान गर्ने भन्दै मिडियाबाजी गरिरहेको छ ? यो विचारणीय प्रश्न बनेको छ ।   सविधानले दिएको अधिकार भन्दा बाहिर गएर संवैधानिक निकायले प्रशासकीय र अनावश्यक हस्तक्षेप किन गर्दैछ ? अनसन्धानका क्रममा पैसाको प्रलोभन देखाएर खरदार र सुब्बालाई पदको दुरुपयोग गरेको देखाउँने अख्तियार किन ठूला भ्रष्टाचारीलाई समाउन सकिरहेको छैन ? यो आयोगलाई जनताको प्रतिनिधि प्रश्न हो । आयोगका प्रमुख लोकमानसिंह कार्की किन यस्तो गरिरहेका छन् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy