Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

राज्यकोषबाट आधा करोड कांग्रेसको कार्यक्रमलाई !

काठमाडौं, नेपाली कांग्रेसले गणेशमान सिंहको नाममा वर्तमान सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालामार्फत पार्टीगत कार्यक्रमका निम्ति राज्यकोषको ५० लाख रुपैयाँ निकासा गरेर ठाडो भ्रष्टाचार गर्दै नेपाली जनताको मात्र होइन, स्वयम् गणेशमान सिंहकै समेत मानमर्दन गरेको छ । गणेशमान सिंहका नाममा सञ्चालन गरिएको कांग्रेसको आन्तरिक पार्टीगत कार्यक्रमका लागि मन्त्रिपरिषदमार्फत राज्यकोषको आधा करोड रुपैयाँ निकासा गराएर प्रधानमन्त्री एवम् सभापति कोइालाले राष्ट्र, जनता र स्वयम् सिंहको समेत मानमर्दन गरेका हुन् । उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा सञ्चालित र पार्टीभित्रकै देउवा पक्षले विरोध जनाउँदै सहभागिता जनाउन अस्वीकार गरेको ‘गणेशमान बलिदान यात्रा’ कार्यक्रमका लागि उनै पौडेलको दबावमा  प्रधानमन्त्री कोइरालाले राज्यकोषबाट ५० लाख उपलब्ध गराएका हुन् । ‘प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जन्म शताब्दीसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई ५० लाख आर्थिक सहायता निकासा गराउने’ मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ । अर्थ मन्त्रालयले शान्ति मन्त्रालयमार्फत ५० लाख रुपैयाँ आर्थिक सहायता रकम निकासा गर्ने समेत सोही निर्णयमा उल्लेख छ । बुधवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेस नेताहरुले चलाएको ‘सामाजिक लोकतन्त्र अध्ययन केन्द्र’ नामक संस्थाका नाममा उपलब्ध गराइएको सो रकम ‘बलिदान अभियान’ मा कांग्रेसका कार्यकर्ता परिचालन तथा तिनको खानपानमा खर्च गरिने भएको छ । संयुक्त सरकार बहाल रहेका बेला सत्ताधारी एक घटक कांग्रेसले संगठन र कार्यकर्ता परिचालन गर्ने कार्यक्रममा राज्यकोषबाट यत्रो रकम निकासा गराउँदा समेत सत्तासाझेदार एमालेका मन्त्रीहरुले रोक्न नसकेपछि एमालेभित्र मन्त्रीहरुको चर्को आलोचना सुरु भएको छ । एमालेका केही मन्त्रीले यसबारे असहमति जनाउन खोजे पनि कुनै सुनुवाइ नगरी प्रधानमन्त्रीले पारित गराएको एमाले मन्त्रीहरुले पार्टीमा बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending