Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

डेढ सय परिवारको बास सात वर्षदेखि जङ्गलमै

\"junglemaभीमदत्तनगर । कञ्चनपुरको दोदा नदीले विस्थापित गरेका शङ्करपुर गाविसका १५० बढी परिवारको पुनःस्थापना हुन नसक्दा सात वर्षदेखि जङ्गलमै आश्रय लिइरहेका छन् । दोदा नदीमा २०६५ सालमा आएको बाढीले घरखेत बगाएपछि शङ्करपुरका १६३ परिवार जङ्गलमा आश्रय लिन बाध्य भएका हुन् । स्थानीयका अनुसार दोदा नदीले ०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो । विस्थापितको हालसम्म पनि पुनःस्थापना नहुँदा जङ्गलमै जीवन व्यतित गर्नुपरेको बाढीपीडित कृष्णलाल डगौराले दुखेसो पोखे । ‘नदी नियन्त्रणका लागि सरकार लगानी गर्दैछ । ’ उनले भने – ‘हाम्रो सात वर्षदेखि कुनै वास्ता छैन ।’ स्थानीय ठाउँमा बस्ती नै नरहे तटबन्ध बनाएर जग्गा मात्रै जोगाउनुको कुनै अर्थ नरहेको उनको भनाइ छ । जङ्गलमै बस्नु परेकाले उनीहरुको दैनिक जीवनका साथै सामाजिक, सांस्कृतिक जीवनमा समेत प्रभाव परेको छ । समयमै सरकारले दोदा नदी नियन्त्रणमा ध्यान नदिँदा आफूहरुको घरखेत बगेको उनीहरुको भनाइ छ । दोदा नदीले धार परिवर्तन गर्दा कृषकको २५० बिगाहा खेत नदीले बगाइसकेको छ । त्यसैगरी गाउँमा अरुको खेतमा काम गरेर परिवार पाल्दै आएका विश्राम रानाले आफूसित भएको १६ कट्ठा खेत नै बगाएपछि सुकुम्बासी भएको बताए । जनताको तटबन्ध कार्यालयले दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ । करिब १४ करोडको लागतमा तटबन्ध बनाए पनि वर्षातमा नदी कटान नरोकिएको समेत स्थानीयवासीको भनाइ छ । दोदाले कञ्चनपुरका–८ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनवस्ती तथा परासन क्षेत्रमा समेत आंशिक क्षति पु¥याउँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE