Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सरकारबाट बक्सिस पाउने यी हुन् जनआन्दोलनका दोषी प्रहरी

काठमाडौं । दोस्रो जनआन्दोलनका दोषी सशस्त्र प्रहरीका एआईजी दुर्जकुमार राईले नयाँ संविधान जारी भएपछि बनेको सरकारले फेरि अर्को बक्सिस थपिदिएको छ । हुनत जनआन्दोलनका दोषी ठहर गरिएका राईजस्तै धेरैले सरकारबाट राम्रो बक्सिस पाइसकेका छन् । दोस्रो जनआन्दोलनका बेला राई प्रहरीका डीएसपी थिए । तिनै तत्कालिन डीएसपी राईले दोस्रो जनआन्दोलनको महासागर उर्लिदै गर्दा आन्दोलनलाई दबाउन भन्दै ताकि ताकि आन्दोलनकारीलाई गोली हानेका थिए । \"durjakumar-janकलंकीको जनप्रदर्शनमा राईले नै गोली हाने दोस्रो जनआन्दोलनमा २०६३ वैशाख ३ गते कलंकीमा अघि बढ्दै गरेको आन्दोलनकारीहरुलाई राईले ताकि ताकि गोली हानेका थिए । उनले गोली हान्दै गरेको तस्विर त्यतिबेला सार्वजनिक भएको थियो । जनआन्दोलनपछि गठन भएको रायमाझी आयोगले पनि राईलाई दोषी ठहर गरेको थियो । तर रायमाझी आयोगको प्रतिवेदन कार्यान्वनय गरिएन बरु जनआन्दोलनका दोषी ठहर गरिएकाहरुलाई गणतान्त्रिक सरकारहरुले धमाधम पदोन्नति गरी पुरस्कृत गर्दै आएको छ । यसरी जनपद प्रहरीबाट सशस्त्रमा आए भोजपुरको नागी–४ मा जन्मिएका राई २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । जनपद प्रहरीको इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका राई २०५८ सालमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा पठाइएका हुन् । जिल्ला प्रहरी कार्यालयमा प्रमुख बनेका राई सशस्त्र प्रहरी गणका प्रमुख भई काम गरेका थिए । उपत्यकाका विभिन्न प्रहरी इकाईमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका उनलाई सरकारले २०६९ भदौ २८ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेका राईलाई गणतान्त्रिक सरकारले नै पदोन्नति गरेपछि सवत्र्र आलोचना पनि भएको थियो । तर आलोचनाकै बाबजुद उनलाई २०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा मनोनयन गर्ने निर्णय गरिदियो । जनआन्दोलनका दोषी ठहर गरी सर्वाधिक आलोचित बनेका राईलाई शुक्रबार सरकारले थप पुरस्कृत गरेको छ । \"Durja-Kumar-Rai\"सशस्त्र प्रहरीका एअार्इजी जीवन थापा र कृष्णकुमार तामाङलार्इ माथ गर्दै रार्इ कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । शुक्रबारको मन्त्रिपरिषद बैठकले कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हाे । कायम मुकायमको जिम्मेवारी पाएका राईलाई महानिरीक्षक बन्ने बाटो खुलेको छ । अब उनी आगामी चैतमा महानिरीक्षक बन्नेछन् । जनआन्दोलन दबाउन खेलेको भूमिकाको प्रहरीमा कदर दोस्रो जनआन्दोलनमा प्रत्यक्ष देखिनेगरी भूमिका खेलेका राईलाई जनआन्दोलनपछि गठन भएको रायमाझी आयोगले दोषी ठहर गरे पनि प्रहरीमा उनको भूमिकाको भने उच्च सम्मान गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा खेलेको उनको भूमिका र कार्यसम्पादनको कदर गर्दै गोरखा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक र दुर्गम सेवा पदक लगायत पाएका छन् । स्वदेशमा मात्र नभई उनले विदेशमासमेत उनले सेवा गर्ने अवसर पाएका छन् । राईले कम्बोडिया, हाइटीसँगै संयुक्त राष्ट्र संघ अन्तगत डार्फरमा समेत काम गर्ने अवसरसमेत पाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE