Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कता हराए प्रधानमन्त्री केपी ओली !

\"kp-oli1\"काठमाडौं । चारमहिनादेखि तराई मधेस अशान्त रहे पनि झण्डै साढे दुई महिनादेखि प्रधानमन्त्री भएका केपी ओली समस्या समाधानको लागि अग्रसर देखिएका छैनन् ।   मधेसी मोर्चाले सीमाकंन हेरफेरलाई बटमलाइन बनाइरहेका बेला एओवादी अध्यक्ष प्रचण्डले सुनसरीका केही भागलाई २ नम्बर प्रदेशमा राख्ने, पश्चिमा पनि कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर तराईमो मात्र प्रदेश बनाउने र विवादित जिल्ला झापा, मोरङ, कञ्चनपुर र कैलाली र सुनसरीका केही भागको विषयमा आयोगलाई जिम्मा दिने विकल्प अघि सार्दै आएका छन् ।   प्रमुख प्रतिपक्षी कांग्रेसले पनि सीमाकंनमा हेरफेर गर्न तयार रहेको बताउूँदै आएको छ । तर, प्रमुख दुई दलले मधेसीको सीमाकंन हेरफेरको प्रस्ताव जायज भए परिमार्जनसहित अघि बढ्न तयार रहेको सन्देश र अग्रसरता लिइरहेका बेला प्रधानमन्त्री केपी ओली र उनको पार्टी एमालेको भने गम्भीर प्रभावकारी अग्रसरता देखिएको छैन ।   प्रधानमन्त्री चुनिने दिन ओलीले संसदमा भनेका थिए । ‘सबैका जायज मागलाई पूरा गरिन्छ । सकैले चित्त दुखाउन नपर्ने गरी राजनीतिक समझदारी गरिन्छ ।’ र, ‘म काम गर्ने मान्छे हु’ भनेका थिए । तर, प्रधानमन्त्रीमा उनी चुनिएपछि मधेसको समस्या समाधानको पहल २० को १९ पनि भएको छैन ।   संविधान संसोधन गर्ने प्रस्ताव अघि बढे पनि मधेसी मोर्चाले त्यसका समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको मात्र विषयले मधेसमा देखिएको अपेक्षा पूरा नहुनेभन्दै सीमाकंन हेरफेरलाई बटमलाइन बनाएका छन् । संसोधन मात्रै भन्दा पनि सीमांकन टुंग्याएर संविधान संसोधन गर्नुपर्ने मोर्चाको प्रस्ताव छ । तर, अन्य दुई दलले प्रस्ताव गरिसक्दा पनि ओली सरकार र उनको पार्टी अगाडि बढ्ने न पछाडी हट्ने दोधारमा देखिएको छ ।   जाजय मुद्दा र माग भए यो कारणले जायज छ भन्न पनि ओली सकिरहेका छैनन् । असन्तुष्टका माग सम्बोधनका लागि पनि विकल्प ल्याइरहेका छैनन् । यस्तोमा अझै कति दिन देश बन्दी बनिरहने ? सरकारमा ओली छन्, हिजो उनले काम गर्न प्रधानमन्त्री बन्छु भनेका थिए तर, खोई उनको प्रतिवद्धता अनि अग्रसरता ?   प्रधानमन्त्री नहुँदासम्म भाषणबाजीमा माहिर उनी उखान, टुक्का हानेर राजनीतिक घोचपेचमा निक्कै सक्रिय हुन्थे तर, प्रधानमन्त्री भए पनि उनले टुक्का हाल्न छोडेका छन् । तर, समाधानका लागि पनि अग्रसर छैनन् । किनकी गर्नुपर्ने र दायित्वले बाँधिएको स्थानमा उनी छन् । उनले अग्रसरता र पहल नगर्ने हो भने किन भन्न सक्दैनन ? मैले गर्न सकिन अरुको प्रस्ताव के छ भनेर ?   भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दी राजनीतिक असन्तोषलाई कारण बनाउदै गरिएको छ । यस्तोमा प्रधानमन्त्री जस्तो राज्यका सबै संयन्त्रको डाडु र पन्यूँ लिएर बसेको व्यक्ति यसरी अभिभाराबाट हराउनुले जनताप्रतिको उत्तरदायित्व पूरा हुन्छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE