Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कालीकोटमा भोकमरी समस्या बढ्यो

\"kalikot\"कालीकोट। यस वर्ष पनि खडेरीले हिउँदे बाली उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित भएका छन् । गएको बर्खे बाली खडेरीले सुकेपछि भोकमरीको समस्यामा परेका कालीकोटका अधिकांश गाउँका कृषक हिउँदे बालीमा समेत असर परेपछि चिन्तित भएका हुन् । गाउँमा खाद्यान्न किन्न आर्थिक सामथ्र्य छैन कसरी घरपरिवार पाल्ने भन्दै स्थानीयवासी चर्को ब्याजदरमा ऋण निकाल्दै कालापहाड ९भारत० जान थालेका छन् । थिर्पु गाविसका अनरुप सुनारले दुःख पोख्दै भने लगाएको अन्न सुकेर नष्ट भयो खानालाई ऋण निकालेर स्थानीय लालीघाट बजारबाट चामल ल्याएर खानुपर्ने बाध्यता रहेको बताए । जिल्लाका अधिकांश गाउँका कृषक सिँचाइको अभाव झेल्दै आएका छन् । बर्खे तथा हिउँदे बालीका लागि आकाशे पानीको भरमा बाली लगाउनु पर्ने बाध्यता भएपछि दुवै मौसमको बाली उत्पादनमा कमी आएको हो । जिल्लाका सिँचाइ हुने रास्कोट क्षेत्रको फुकोट, स्युना, सिपखाना, ओदानकु, चिल्खाया थिर्पुलगायतका गाविसमा  सिँचाइबाट गहुँबाली लगाइएको छ भने जिल्लाका राम्नाकोट, थिर्पु, नानीकोट, धौलागोह, खिन, बदालकोटलगायतका गाविसमा लगाएको बर्खे बाली खडेरीले सुकेर नष्ट भएपछि भोकमरीको समस्या भएको छ । त्यहीमाथि हिउँदे बाली लगाएर उम्रिन लाग्दा खडेरी परेपछि कृषक विभिन्न निकायमा धाउन थालेका छन् । जिल्लास्थित खाद्य संस्थान, सङ्घसंस्थालगायतका निकायमा सहयोगका लागि अनुरोध गरेका छन् । जिल्लाका पाँचवटा गाविसलाई भने सुक्खा क्षेत्र घोषणा गर्दै विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि जिल्लाका अन्य गाविसमा कामका लागि खाद्यान्न कार्यक्रम सुरु गर्नुपर्ने माग जिल्लावासीले गरेका छन् । जिल्लाका  नानीकोट, बदालकोट, रकु, मान्मलगायतका गाविसका कृषकले बर्खेबाली सुकेको अवस्थामा जिप्रका कालीकोटमा  धर्ना दिएका थिए । जिल्ला कृषि विकास कार्यालय, कालीकोटको मातहतमा खडेरीको अनुगमनका लागि स्थलगत अध्ययन टोली पठाइएको थियो । सो टोलीले गरेको अध्ययनअनुसार जिल्लामा बखे बालीमा ५४ प्रतिशत बढी उत्पादनमा कमी आएको प्रतिवेदन प्रस्तुत गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE