Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्डः प्रधानमन्त्री ओली

\"kp-oli1\"काठमाडौंं  । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताएका छन्  । नेकपा ९एमाले०प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रदेशको विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै  भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताए । प्रदेश नं ४का एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाका पार्टी अध्यक्ष सहितको टोलीले आज प्रधानमन्त्रीलाई भेटी चीनसँग जोडिएको कोरला नाका सञ्चालन गर्न एवम् पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए  । ‘स्वार्थपूर्तिका लागि केही मानिसले देशलाई बन्धक बनाउन हुन्न, जायज माग सबैका पूरा हुन्छन्, अनुचित माग जोसुकैको पनि पूरा हुन सक्दैन, सभ्य रुपमा माग राख्न सकिन्छ, मागका नाममा गैरजिम्मेवार असभ्य व्यवहार प्रदर्शन गर्नेलाई सरकारले नियन्त्रण गर्छ, प्रधानमन्त्रीले भने । तराईमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर गृहकार्यमा लागेकाले केही दिनमा वातावरण सङ्लिने विश्वाससमेत उनले व्यक्त गरे । आपूर्ति व्यवस्थालाई बिगारेर फाइदा लिन पल्केकाहरुले वातावरण सप्रिन नदिने प्रयत्न गरेको सूचना आफूले पाएको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘संविधासभाबाट जारी भएको संविधानले नेपाली नागरिकले विवाह गरेकी भारतीय छोरीले अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाइएको भनी तराई क्षेत्रमा दुष्प्रचार गरिएको रहेछ, असोज ३ पछि आजसम्म ५९६ महिलाले अङ्गीकृत नागरिकता पाएका छन्,’ उनले भने । पर्यटकीय क्षेत्रले भरिएको चार नं प्रदेशको विकास निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले व्यक्त गरे । कोरला नाका शीघ्र सञ्चालन गर्न माग सो प्रदेशमा पर्ने उपल्लो मुस्ताङको छोन्हुप गाविसमा रहेको कोरला नाका नेचुङ भन्सार शीघ्र सञ्चालनमा ल्याउनका लागि चीनसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको थियो । सो नाका पोखरा, बेनी, जोमसोम, लोमन्थाङ कोरला सडक उत्तरको तिब्बत र दक्षिणको सुनौली जोड्ने सबैभन्दा छोटो दूरीको नाका हो । ज्ञापनपत्र पेस गर्दै एमालेका पोलिटब्युरो सदस्य एवम् धवलागिरि इञ्चार्ज गणेश तिमल्सिनाले म्याग्दीको सदरमुकाम बेनीबाट १७६ किमी दूरीमा रहेको कोरला नाका सञ्चालनमा ल्याउन सरकारले छिटो पहल गर्नुपर्ने माग गरे । ‘यो नाका ४ नं प्रदेशको विकासका लागि कोसेढुङ्गा साबित हुनेछ, समग्र राष्ट्रिय विकासमा पनि यो नाका खुलेपछि उल्लेखनीय योगदान मिल्नेछ, उनले भने । जोमसोमबाट कोरला नाकासम्म करिब १०० किमी सडक चार लेनको बनाउन र बेनीसम्मको ७६ किमी सडकको स्तरोन्नति गर्न सकेमा  नाका छिटो सञ्चालनमा ल्याउन सकिने ४ नं प्रदेशवासीको विश्वास छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विसं २०३१ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिलेसम्म निर्माण सुरु नभएकाले छिटो निर्माणको व्यवस्था मिलाउन पनि प्रधानमन्त्री ओलीसमक्ष सो अवसरमा माग गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy