Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यमनमा शान्तिवार्ताकै बीच हिंसा भड्कियो सेना र विद्रोहीगरी ६८ को मृत्यु

\"yemen\"आदेन । यमनमा हालैमात्र सुरु भएको युद्धविराम र त्यसपछिका सरकार र विद्रोहीबीचको वार्ताका कारण शान्तिको आशा पलाएको बताइरहेका बेला शनिबार अकस्मात हिंसा भड्किएको समाचार छ । शनिबार राति भएका सरकारी सेना र हुथी विद्रोहीबीचको झड्पमा परी कम्तीमा पनि ६८ जनाको ज्यान गएको छ । सरकारी र हुथी विद्रोहीका प्रतिनिधिबीच स्वीट्जरल्याण्डमा जारी वार्ता हिंसाका कारण अवरुद्ध हुने त्रास नागरिकमा बढेको छ । सो हिंसामा परी २८ जना सैनिक मारिएका छन् । बाँकी मारिनेमा हुथी विद्रोहीहरु परेका छन् । युद्धविराम सुरु भएको हप्तादिन पुगेको छ । तर अहिले नै यसको उल्लङ्घन भएको छ । जारी युद्धविरामको उल्लङ्घनमा एकले अर्को दोषारोपण गरेका छन् । शनिबार भएको सो भिडन्तमा पनि एकले अर्कोलाई पहिला आक्रमण गरेको बताएका छन् । यसैहप्ता सुरु भएको दुवै तर्फको युद्धविराम प्रभावकारी भएको समाचारमा जनाइएको थियो । सो युद्धविराम सात दिनको लागि भनिएको थियो र त्यसबीचमा जारी शान्तिवार्ताका क्रममा सहमतिका आशाहरु पनि उब्जिएका सरकारी अधिकारीहरुले नै जनाएका थिए । साउदी अरेबियाको समर्थन रहेको यमनी सरकार र सिया हुथी समूहबीच देशको युद्धग्रस्त प्रान्तहरुमा सो युद्धविराम उल्लङ्घन भएको सरकारी अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । जारी शान्तिवार्ता संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको हो । यमनका हुथी विद्रोहीहरु शान्तिवार्तामा इमान्दार देखिएको अधिकारीहरुको भनाई थियो । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि स्माइल ओल्ड चेख अहमदले सो युद्धविरामको उल्लंघनले आफुलाई स्तब्ध बनाएको बताउनुभएको छ । उनले भने – शान्ति प्रक्रिया नियमित र आशालाग्दो रुपमा अघि बढिरहेको बेला यसरी हिंसा फैलिनु कसैको पक्षमा पनि नरहेको बताए। वार्ताको सफलताका लागि यो हप्तायतामात्र धेरै नै काम भएका थिए । त्यहाँका विद्रोही र सरकारी वार्ताटोलीबीच भएको सहमति बमोजिम गएको बिहीबार उनीहरुले एक आपसका बन्दीहरु पनि रिहा गरिसकेका छन् । विद्रोहीले आफ्ना बन्दी रिहा गरिनुपर्ने माग गरेपछि सरकारले पनि त्यसमा समर्थन जनाएको थियो । सरकारका पनि केही समर्थकलाई उनीहरुले बन्दी बनाएकोमा तिनीहरुलाई विद्रोहीले पनि रिहा गरिदिएका छन् । सरकारतर्फका वार्ता टोलीका सदस्यले हालैमात्र स्वीट्जरल्याण्डमा बोल्दै यस पटक यमनमा विद्रोहीहरु युद्धविरामप्रति इमान्दार हुने अपेक्षा गरेको जनाएका थिए । हुथी विद्रोहीहरुको विद्रोहको रुप बढ्दै गएपछि राष्ट्रपति अबेद रब्बोले नै वार्ताको पहल गरेका थिए । उनले युद्धविरामपछि गरिने वार्ताका लागि वार्ता समिति पनि गठन गरिसकेका छन्  । यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ । हुथी विद्रोहीहरुले त्यहाँका प्रहरी एवम् सेनालाई लक्ष्य गरेको बताएको भएपनि यसमा परी सर्वसाधारण पनि मारिएका छन् । युद्धविराम उल्लङ्घनको अनुगमन गर्न दुवै पक्ष सहमत यसैबीच स्वीट्जरल्याण्डमा जारी रहेको वार्ता पनि असफल हुने आशङ्काका बीच विद्रोही पक्ष सो युद्धविराम उल्लङ्घनको अनुगमन गर्न सहमत भएको छ । वार्तामा सहभागी सरकारी र विद्रोही पक्षबीच यस्तो सहमति भएको हो । उनीहरु शनिबार रातिको युद्धविराम उल्लङ्घनका कारणले शान्ति वार्तालाई अहिले नै अन्त्य गर्ने नभई त्यसको अनुगमन गरिने बताएका हुन् । यसका लागि सरकारी र विद्रोही दुवै पक्षबाट सैनिकहरु सम्मिलित एक अनुगमन समिति गठन गरी त्यसको छानबीन पनि गर्ने भएको बताइएको छ । स्वीट्जरल्याण्डको उत्तरपश्चिमी सहर बेलमा जारी रहेको वार्ता आइतबार पाँचौ दिन अघि बढाउने कि नबढाउने भन्ने बारेमा दुविधा भएको बताइएको छ । दुवै तर्फका वार्ता टोलीका सदस्यले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मध्यस्थकर्ता समूहका साथै सो युद्धविराम अनुगमन समूहको पनि घोषणा गरिने जानकारी सरकारी वार्ताटोलीका एकजना सदस्यले जनाएका छन् । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies