Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आपूर्तिलाई सहज बनाउन ग्यास विक्रेताको माग

\"LP_gas_cilinder-648x430-390x351\"काठमाडौं । ग्यास बिक्रेता महासङ्घले छिमेकी मुलुक भारतबाट भएको अघोषित नाकाबन्दीले देशभित्र भइरहेको असहज आपूर्तिलाई सहज बनाउन सरकारलाई कूटनीतिक पहल गरी विकल्प खोज्न माग गरेको छ । राजधानी आइतबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालले पूर्वी मधेस क्षेत्रमा थारु, मधेसी तथा जनजातिले लामो समयदेखि गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले उनीहरुका जायज र सम्भव भएका मागलाई वार्ताबाट राजनीतिक समाधान गर्न आग्रह गरे । उनले नाकाबन्दीका कारण इन्धन, औषधिलगायत अत्यावश्यकीय वस्तु तथा दैनिक उपभोग्य वस्तुको अभावले जनजीवन प्रभावित हुँदै गएकाले अब सरकारले चाँडोभन्दा चाँडो विकल्प खोज्नुपर्नेमा जोड दिए । महासङ्घका महासचिव चन्द्र थापाले नाकाबन्दीका कारण करिब १५ हजार ग्यास डिलरको पेसा सङ्कटमा परेको र हरेक क्षेत्रको व्यवसायमा नकारात्मक प्रभाव परी देशको अर्थतन्त्रमा समस्या देखिएको तथा लाखौँ बालबालिका पठनपाठनबाट वञ्चित भएको जानकारी गराए । विभिन्न कारण देखाएर ग्यास डिलरलाई ग्यास लिन उद्योगसम्म पुग्नुपर्ने बाध्यता सिर्जना भएको यस किसिमको कार्यले ढुवानी खर्च वृद्धि हुने र उपभोक्तालाई मार पर्ने उनले बताए । त्यसैगरी महासङ्घले वीरगन्जमा भएको मधेस आन्दोलनका नाममा महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र पासवानलाई जिउँदै जलाउने कार्य गरिएकामा घटनाको खेद प्रकट गर्दै दोषीलाई कारबाही गरी ग्यास व्यवसायीलाई व्यवसाय गर्न सक्ने वातावरण मिलाउन माग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies