Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

यसरी थाहा पाउँनुहोस् : गर्लफ्रेन्डले धोका दिदै छ भन्ने कुरा

\"man-yelling-at-woman-750\" संसारमा माया भन्ने कुरा अजिबको हुन्छ । माया प्रेम बिनापनि मानिस बाँच्न सक्दैन । मायाले नै पृथ्बीका अरु प्राणी भन्दा मानिस फरक प्राणी भएको हो ।  मानिसहरु एकले अर्कोलाई माया गर्छन् । तर थाहा हुँदैन कति खेर कसले धोका दिईरहेको छ । मुखमा राम राम भन्ने मायालुको बगली छुरा छिपेको जो कोहीले सजिलै देख्न सक्दैनन् । यदि तपाई कसैको मायामा पर्नु भएको छ र प्रेमिकाको मनको कुरा के हो के हो भन्न लागीरहेको छ भने हामी तपाईलाई सहयोग गर्छौ । अब तपाईले कुनै मनोवैज्ञानिक विमर्श बीना नै आफ्नो गर्लफ्रेन्डको केही व्यवहारबाटै थाहा पाउनु हुनेछ की उसले तपाईलाई धोका दिंदैछ कि माया ? इन्डियाको एक यूनिर्भसिटीमा भएको रिसर्जले धोका दिदै गरेका युवतीहरु युवक भन्दा कुनै कम नभएको देखाएको छ । अध्ययनका अनुसार अनुसन्धानमा २३ प्रतिशत पुरुषहरुले धोका दिने गरेको खुल्न आएको छ भने १९ प्रतिशत महिलाहरुले पनि पुरुषलाई धोका दिने गरेको तथ्य खुल्न आएको छ । महिलाले धोका दिने प्रसंगमा अध्ययन गर्दा महिलाहरुले धोका पुर्व केही यस्ता व्यवहार देखाउने गरेको तथ्य सार्वजनिक भएको छ । धोका दिनु पूर्व युवतीले निम्न व्यवहारहरु गर्छन् : बाथरुममा फोन लिएर जान्छन् : उसले एकछिन पनि मोबाइल फोन छाड्ने छैन । फोनको पासवर्ड छिटो छिटो परिवर्तन गर्नेछ । उसले फोन पनि प्रायः तपाईको अगाडि प्रयोग गर्ने छैन ।  यसको मतलब बुझ्नुपर्छ उसले तपाईलाई छिट्टै धोका दिदैछ । \"teenmakeup-750\" अरु दिनभन्दा धेरै मेकअप गर्नेछन् : उसले अरुदिन भन्दा धेरै नै मेकअप गर्नेछिन् । पटक पटक ऐना हेर्नेछिन् । आँखी भौ मिलाउन बाराम्बार पार्लर जानेछिन् । लुगा अलि नयाँ र सेक्सी देखिने लगाउने छिन् । यस्तो अवस्था फेला पार्नु भयो भने सोच्नुहोस् त्यहाँ केही हुन गइरहेको छ । उसको एउटी नयाँ साथी हुनेछिन् : पहिला कहिल्यै नसुनेको एउटा केटीसाथीको बारेमा उसले तपाईसँग कुरा गर्नेछिन् । उसले पाएको सुखको बारेमा तपाईसँग कुरा गर्न थाल्नेछिन् । पहिला भन्दा बढि नै उसको बयान गरेका कुराहरु तपाईले सुन्न सक्नु हुनेछ । यसको मतलब तपाईले बुझ्नुपर्छ की उ तपाईको जीवनसँगको सन्तुष्टी कम हुँदै गएको छ अब । उसले नयाँ नयाँ जीवनको बारेमा अथवा तपाईको भन्दा उन्नत प्रकृतिको जीवनको बयानबाट बुझ्नुपर्छ कुनैपनि बेला उसले तपाईलाई धोका दिन सक्छ । उसलाई धेरै स्पेस चाहिन्छ : पहिला सल्लाह मिल्ने जोडीको बिचमा अब केही स्पेस चाहिएको जिद्धी उसले गर्न थाल्छ । तपाईले उसलाई स्वतन्त्रता नदिएको जस्ता कुराहरु उसले गर्न थाल्छ । कतिपय अवस्थामा तपाई चकित पर्न सक्नुहुन्छ की कहाँ निर गल्ती भयो ? यस्तो अवस्था बढ्न थाल्यो भने सोच्नुहोस् सम्बन्धमा केही चिसोपन बढेको छ । सम्पर्क कम हुँदै जानु : बाराम्बार तपाईसँग सम्पर्क रहने साथीको विचमा एकाएक सम्पर्क कम हुँदै जान थाल्छ । पटक पटक फोन गर्नु पर्ने हुन सक्छ । एस.एम.एस, इमेल, फेसबुक, ट्वीटर लगायतबाट बिस्तारै न्युन सम्पर्क हुन थाल्यो भने तपाई गम्भीर हुन आवश्यक छ । हात समाएर घुम्न मन नपराउँनु: माया प्रोमको शुरुवातमा जसरी दुई जना हात समाएर हिड्नु,  एउटै आइसक्रीम शेयर गरेर खानु, एकै प्लेटमा खाना खानुमा जुन उस्तुकता हुन्छ । त्यो विस्तारै कमजोर हुँदै जान्छ । मेसेजमा लव यू, मिस यू भन्ने जस्ता विलकुल आन्तरिक कुराहरुमा कमी हुँदै जान थाल्यो भने तपाईले बुझ्नुपर्छ सम्बन्धमा केही गडबडी हुनेवाला छ । \"dealing-boyfriend-who-angry-750\" उसले तपाई प्रति शंका गर्न थाल्नेछन् : सम्बन्धमा दुबै जना पार्टनको उत्तिकै समजदारी हुन आवश्यक छ । सम्बन्धमा जब दरार पैदा हुन थाल्छ तब तपाई प्रति उसले अरु अवस्थामा भन्दा बढि शंका गर्न थाल्नेछन् । उसले धोका दिदैछ भने तपाईले धोका दिदैछ जस्तो भान बनाउन उसले भएको नभएको शंका गर्न थाल्नेछन् । यो व्यवहारबाट तपाई गम्भीर हुन आवश्यक छ । तुरुन्तै उसले प्लान परिवर्तन गर्न सक्छ : तपाईहरुले कुनै स्थानमा गएर डिनर लन्ज या यस्तै घुमघामको योजना बनाउनु भएको छ भने उसले अन्तिम अवस्थामा आएर कुनै बाहना गरेर प्लान परिवर्तन गर्न सक्छ । अपरझट कुनै नयाँ बाहाना बनाउन सक्छ । आफू सहभागी हुन सक्दै नसक्ने बताउन सक्छ । यसबाट तपाईले बुझ्नुपर्ने हुन्छ सम्बन्धमा केही भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies