Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उद्योग मन्त्री भन्छन्–नाकाबन्दीका कारण उद्योग क्षेत्रमा दैनिक २ अर्व भन्दा बढी

\"shom_prasad_pande-750\"भक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग क्षेत्रले दैनिक २ अर्व भन्दा बढी घाटा ब्यहोर्नु परेको बताएका छन् ।   रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले निजि क्षेत्र र सरकारले संकलन गरेको तथ्याँक अनुसार दैनिक २ अर्वको घाटा ब्यहोरेको बताएका हुन् ।   मन्त्री पाण्डेयले अघोषित नाकाबन्दीका कारण निजि क्षेत्र तहसनहस बनेको भन्दै बित्तियसंस्थाबाट लिएको रिणमा सरकारले राष्ट्र बैंकसँग छलफल गरि ब्याजमा सहुलियत दिने योजना समेत बनाएको बताए ।   नेपालमा भएका विभिन्न खानीहरुको पहिचान गरि छ महिना भित्रै सञ्चालनमा ल्याउने तयारीमा समेत सरकार लागेको उनले बताए । अघोषित नाकाबन्दी झेलिरहेका निजि उद्योग, कलकारखाना र विभिन्न संघ संस्थाहरुलाई तीन महिनासम्मको लागि स्वेछिक इन्धन खरिदमा इजाजत प्रदान गरिएको समेत मन्त्री पाण्डेयले जानकारी दिए ।   लामो समय सम्म पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउन नसकेको र यसको प्रत्यक्ष मारमा भूकम्प पिडितहरु परेको भन्दै अबको एक हप्तामा प्राधिकरणले पूर्णता पाई काम सुचारु गर्ने समेत उनको जोड थियो । मन्त्री पाण्डेयले भारतले अकारणमै नेपालमा अघोषित नाकाबन्दी लगाएको र मधेश, तराई आन्दोलन गैर राजनीतिक रहेको भन्दै मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीबीच कुनै सम्बन्ध नरहेको टिप्पणी गरे  ।   उनले गणतन्त्र पश्चात नेपालीले निर्माण गरेको संबिधान कसैको हस्तक्षेप बिना निर्माण भएको र संविधान संशोधन पनि कुनै मूलुकको हस्तक्षेपमा गर्न नलागेको भन्दै नेपालीले बनाएको संविधान आवश्यक अनुसार नेपालीले नै संशोधन गर्ने बताए ।   उनले भन्नु भयो मधेश आन्दोलन नेपालीको हो र त्यसलाई सम्बोधन पनि नेपालीले नै गर्ने हो जसरकारण नेपाल सरकारले वार्ताकै माध्यमबाट समस्या समाधन गर्न लागि परेको छ । तर वार्ताका समयमा मधेश आन्दोलनका नेतृत्वको उपस्थित फरक फरक मुहारका हुने भएकाले समेत समस्या सुल्झिन नसकेको मन्त्री पाण्डेयको भनाई छ ।   अघोषित नाकाबन्दी पश्चात कालो बजारी बढेको गुनासो बढेपछि सरकारले आफ्नो बलबुताले भ्याएसम्म नियन्त्रण गर्न लागि परेको र सबै पक्षको सहयोग रहेमा कालो बजारी समेत नियन्त्रण गर्न सरकार सक्षम रहने उनको दाबी छ ।   तराई र मधेश आन्दोलन पश्चात नेपाली सेना परिचालनको विषय उठ्दै आएता पनि वार्ताकै माध्यमबाट समस्या समाधान गर्न सकिने भएकाले तत्कालै सेना परिचालन नहुने मन्त्री पाण्डेयले बताए ।   केहि दिन अघि राष्ट्रप्रमुखका हैसियतमा जानकी मन्दिर पुग्नु भएको राष्ट्रपतिमाथि गरिएको अशोभनिय क्रियाकलाप निन्दनिय रहेको र विश्मै यस्तो घटना नभएको समेत उनको कथन थियो ।   मन्त्री पाण्डेयले उत्तर तर्फको नाकालाई ब्यवस्थित गर्न नसकिएको भन्दै भारतसँग मात्र नभएर इतिहास पल्टाएर हेर्ने हो भने चीनसँग समेत रोटि र बेटीको समबन्ध रहेकाले दुबै देशसँगको सम्बन्ध सुमधुर राख्दै नेपाललाई आत्मनिर्भर देश बनाउन तर्फ तत्कालै योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies