Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

उद्योग मन्त्री भन्छन्–नाकाबन्दीका कारण उद्योग क्षेत्रमा दैनिक २ अर्व भन्दा बढी

\"shom_prasad_pande-750\"भक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले अघोषित नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग क्षेत्रले दैनिक २ अर्व भन्दा बढी घाटा ब्यहोर्नु परेको बताएका छन् ।   रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले निजि क्षेत्र र सरकारले संकलन गरेको तथ्याँक अनुसार दैनिक २ अर्वको घाटा ब्यहोरेको बताएका हुन् ।   मन्त्री पाण्डेयले अघोषित नाकाबन्दीका कारण निजि क्षेत्र तहसनहस बनेको भन्दै बित्तियसंस्थाबाट लिएको रिणमा सरकारले राष्ट्र बैंकसँग छलफल गरि ब्याजमा सहुलियत दिने योजना समेत बनाएको बताए ।   नेपालमा भएका विभिन्न खानीहरुको पहिचान गरि छ महिना भित्रै सञ्चालनमा ल्याउने तयारीमा समेत सरकार लागेको उनले बताए । अघोषित नाकाबन्दी झेलिरहेका निजि उद्योग, कलकारखाना र विभिन्न संघ संस्थाहरुलाई तीन महिनासम्मको लागि स्वेछिक इन्धन खरिदमा इजाजत प्रदान गरिएको समेत मन्त्री पाण्डेयले जानकारी दिए ।   लामो समय सम्म पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउन नसकेको र यसको प्रत्यक्ष मारमा भूकम्प पिडितहरु परेको भन्दै अबको एक हप्तामा प्राधिकरणले पूर्णता पाई काम सुचारु गर्ने समेत उनको जोड थियो । मन्त्री पाण्डेयले भारतले अकारणमै नेपालमा अघोषित नाकाबन्दी लगाएको र मधेश, तराई आन्दोलन गैर राजनीतिक रहेको भन्दै मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीबीच कुनै सम्बन्ध नरहेको टिप्पणी गरे  ।   उनले गणतन्त्र पश्चात नेपालीले निर्माण गरेको संबिधान कसैको हस्तक्षेप बिना निर्माण भएको र संविधान संशोधन पनि कुनै मूलुकको हस्तक्षेपमा गर्न नलागेको भन्दै नेपालीले बनाएको संविधान आवश्यक अनुसार नेपालीले नै संशोधन गर्ने बताए ।   उनले भन्नु भयो मधेश आन्दोलन नेपालीको हो र त्यसलाई सम्बोधन पनि नेपालीले नै गर्ने हो जसरकारण नेपाल सरकारले वार्ताकै माध्यमबाट समस्या समाधन गर्न लागि परेको छ । तर वार्ताका समयमा मधेश आन्दोलनका नेतृत्वको उपस्थित फरक फरक मुहारका हुने भएकाले समेत समस्या सुल्झिन नसकेको मन्त्री पाण्डेयको भनाई छ ।   अघोषित नाकाबन्दी पश्चात कालो बजारी बढेको गुनासो बढेपछि सरकारले आफ्नो बलबुताले भ्याएसम्म नियन्त्रण गर्न लागि परेको र सबै पक्षको सहयोग रहेमा कालो बजारी समेत नियन्त्रण गर्न सरकार सक्षम रहने उनको दाबी छ ।   तराई र मधेश आन्दोलन पश्चात नेपाली सेना परिचालनको विषय उठ्दै आएता पनि वार्ताकै माध्यमबाट समस्या समाधान गर्न सकिने भएकाले तत्कालै सेना परिचालन नहुने मन्त्री पाण्डेयले बताए ।   केहि दिन अघि राष्ट्रप्रमुखका हैसियतमा जानकी मन्दिर पुग्नु भएको राष्ट्रपतिमाथि गरिएको अशोभनिय क्रियाकलाप निन्दनिय रहेको र विश्मै यस्तो घटना नभएको समेत उनको कथन थियो ।   मन्त्री पाण्डेयले उत्तर तर्फको नाकालाई ब्यवस्थित गर्न नसकिएको भन्दै भारतसँग मात्र नभएर इतिहास पल्टाएर हेर्ने हो भने चीनसँग समेत रोटि र बेटीको समबन्ध रहेकाले दुबै देशसँगको सम्बन्ध सुमधुर राख्दै नेपाललाई आत्मनिर्भर देश बनाउन तर्फ तत्कालै योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending