Khabar Dabali २७ मंसिर २०८१ बिहीबार | 12th December, 2024 Thu
Investment bank

विमान अलिकता सर्यो

काठमाडाैं, बिमानलाई भासिएको ठाउँबाट सार्न सफलता मिलेपछि शनिबारबाट अन्तर्राष्ट्रिय उडान हुने सम्भावना बढेको छ । बुधबार टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा भासिएपछि भारतीय र नेपाली प्राविधिकहरु धावनमार्गमा धस्सिएको विमानलाई केही मिटर सार्न सफल भएका हुन् । उनीहरुको सफलतासँगै शनिबार दिउसो वा बेलुकाबाट त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल खुल्ने सम्भावना बढेको हो । डोजर सहित अन्य उपकरणले विमानलाई धस्सिएको स्थानबाट थोरै पछाडि तान्नमा सफलता मिलेको विमानस्थल प्रमुख विरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ‘विमानलाई केही पछाडि सार्नमा सफलता मिलेको छ । पाँच फिट उठाएर जहाजलाई रनवेमा ल्याइएको हो । अब विमानलाई धावनमार्गमा ल्याउने र त्यसपछि ट्याक्सी वे हुँदै पार्किङ स्थलमा लगिनेछ । विमान पार्किङ स्थलमा पुर्याएछि मात्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछन् । शनिबारबाट अन्तर्राष्ट्रिय उडान हुनसक्ने सम्भावना देखेका छौं ।’ एयरक्राङ्खट रिमुभल किटको प्रयोग गरी विमानलाई करिब १५ मिटर पछाडि सारिएको छ । विमानको उचाई बढाएर पछाडिपट्टीको दुईवटा पाङग्रा र ल्याडिङ गियरसमेत फेर्नमा सफलता मिलेको छ । बुधबार बिहानदेखि फसेको विमान निकाल्न बिहीबार बेलुकादेखि भारतीय वायु सेवाका २५, टर्किस एयरका २, नागरिक उड्डयन प्राधिकरण, नेपाली प्रहरी, नेपाली सेनासहितको प्राविधिक टोली खटिएको छ । बुधबारदेखि शनिबारसम्म विमानस्थलमा र विदेशमा गरी ५० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् । रोजगारका लागि खाडी मुलुक जाने र फर्कने यात्रु सबैभन्दा बढी प्रभावित भएका छन् । देशको एकमात्र विमानस्थल चारदिनदेखि बन्द भएपछि मलेसियाको एयरपोर्टमा तीन सय नेपाली पानी मात्र खाएर चारदिनदेखि बस्न बाध्य छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy