Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

डेढ महिनापछि बालुवाटारमा वार्ता

काठमाडौं, एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चा र सत्तापक्षबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सम्पन्न भएको छ । आज प्रारम्भिक कुराकानी, भोलिदेखि अन्तर्वस्तुमा सहमतिकाे छलफल : नारायणकाजी शनिबार बिहानको बैठकबाट बाहिरिँदै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने– ‘गत्यावरोधको स्थितिपछि डेढ महिना वार्ता हुन सकेको थिएन । आज औपचारिक वार्ताको सुरुआत भएको छ । सौहार्द्रपूर्ण ढंगले छलफलहरु भएका छन् । सहमतिद्वारा नै संविधान बनाउने र त्यो सहमति पनि केही दिनभित्रै नै गर्ने भन्ने ढंगले आज छलफल भएको छ । सबै पार्टीका नेताहरुले त्यो विचार व्यक्त गर्नुभएको छ । यद्यपि आज अन्तर्वस्तुका बाँकी मुद्धाहरुमा छलफल चाहिँ प्रवेश गरेको छैन तर तुरुन्तै ती मुद्धाहरुमै छलफल केन्द्रित गर्ने र सहमति कायम गर्ने भन्ने आज समझदारी बनेको छ । त्यसको लागि चार पक्षका शीर्ष नेताहरुले आजैदेखि नै, भोलि बिहानैदेखि नै छलफलको प्रक्रिया अगाडि बढाउने, आवश्यकताअनुसार सहयोगीहरु पनि उहाँहरुले ल्याउन सक्ने तर मूलभूतरुपमा चार पक्षका शीर्ष नेताहरु बस्ने र यो छलफल अगाडि बढाउने, केही दिनभित्रमै सहमति गर्ने भन्ने आजको छलफलको मुख्य सार हो ।\' \"Narayankaaji_11-23\"उनले भने– \'संविधानका अन्तर्वस्तुबारे आज प्रारम्भिक छलफल मात्र भयो, आजको छलफल त्यसमा केन्द्रित चाहिँ भएन । त्यसमा केन्द्रित भएर छलफल गर्ने र त्यो चाहिँ आजैदेखि, भोलि बिहानैदेखि गर्ने र केही दिनभित्रैमा सहमति गर्ने भन्ने भएको छ ।’ बिहीबार ३० दलीय मोर्चाले वार्तामा बस्ने निर्णय गरेपछि दुवै पक्षबीच वार्ता सुरु भएको हो । प्रक्रियामा जाने तयारीलाई सत्तापक्षले अघि बढाएपछि माघ ८ पछि दलहरुबीच औपचारिक वार्ता हुन सकेको थिएन । बालुवाटारमा दुई पक्षबीच संविधानका विवादित विषयलाई टुंग्याएर संविधान जारी गर्ने मितिका विषयमा छलफल हुने बताइएको थियो । बैठकमा सत्तापक्ष कांग्रेस–एमाले र विपक्षी एमाओवादीसहित मधेशकेन्द्रित दलका नेताहरु सहभागी थिए । कांग्रेस, एमाले, एमाओवादी, मधेशकेन्द्रित दलका शीर्ष नेताहरु वार्तामा सहभागी भए । एमाओवादीले संविधान निर्माणका लागि विवादित विषयमा लचक भएर प्रस्तुत हुने तयारी गरेको छ । सत्तारुढ कांग्रेस–एमाले पनि विवादित विषयलाई टुंग्याएर छिट्टै संविधान जारी गर्ने पक्षमा छन् । दलहरुबीच संघीय राज्यहरुको संख्या, नाम र सीमाङ्कनका विषयमा मुख्य विवाद छ । प्रधानमन्त्री सुशील कोइराला सहमतीय आधारमा संविधान निर्माण गर्न तयार भएपछि एमाओवादीसहितका दलहरु वार्तामा बस्न तयार भएका हुन् । यिनै विवादलाई हल गर्नेगरी विभिन्न विकल्पमा दलहरुबीच शनिबारदेखि छलफल सुरु हुने बालुवाटार स्रोतको भनाइ छ ।
बालुवाटार शीर्ष बैठकमा एमाले अध्यक्ष खड्गप्रसाद ओली अनुपस्थित ।
डेढ महिनापछि बसेको राजननीतिक पार्टीहरुको शीर्ष बैठकमा सबै पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहे पनि एमाले अध्यक्ष खड्गप्रसाद ओली भने अनुपस्थित रहे । कांग्रेसबाट पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला छन् भने एमालेबाट उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोख्रेल सहभागी थिए । विपक्षी मोर्चाका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ थिए। मधेशी दलबाट विजयकुमार गच्छदार, महन्थ ठाकुर, महेन्द्र यादव सहभागी छन् भने संघीय समाजवादीबाट अशोक राई, लिम्बुवानबाट कुमार लिङ्देन सहभागी भए। बैठकमा एमाओवादी नेता बाबुराम भट्टराई, फोरमका उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो सहभागी हुने भनिए पनि उनीहरु थएनन् । एमाले उपाध्यक्ष वामदेब गौतमले अध्यक्ष ओली बिरामी परेर बैठकमा आउन नसकेको जानकारी दिएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy