Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

आईन्स्टाइन मानसिक रोगी थिए : पढ्नुहोस् अरु को को थिए दुनियाँका चर्चित व्यक्तिहरु मानसिक रोगी

\"anst-750\" एजेन्सी । हाम्रो समाजमा मानसिक रोग भएका ब्यक्तिलाई घृणा गर्ने गरिन्छ ।  यो रोग लागेपनि स्वयम रोगीमात्र होइन परिवार नै समाजबाट अपहेलित हुनुपर्छ । रोगको सही निदान भन्दा पागल भनेर हेला होचो गर्ने गरिन्छ । तर यो सरासर गलत हो । चिकित्सकहरुका अनुसार मानसिक रोग विभिन्न प्रकारका हुन्छन् र हरेक मानसिक रोगका विभिन्न लक्षण र उपचार हुन्छ । मानिसको दिमागले शरीरका सबै कार्य र अंगहरुलाई नियन्त्रण गर्दछ । सबै अंगलाई नियन्त्रण नगर्दा आम मानिसले गर्ने भन्दा फरक व्यवहार गर्नु मानसिक रोग हो । यो रोग जो कोहीलाई पनि हुन सक्छ । बिशेषज्ञहरुले मानसिक रोग हुनुका केही कारण बंशानुगत, दिमागमा किटाणुहरुको संक्रमण, टाउकोमा गहिरो चोट लाग्नु, लागुपदार्थ र मादकपदार्थको अत्याधिक सेवन जस्ता घटनाहरुबाट लाग्ने गरेको बताएका छन् । घर परिवारका कोही सदस्य मानसिक रोगबाट पिडित छन् भने झार फुक होइन मानसिक रोगसँग सम्बन्धित चिकित्सकलाई देखाउनु पर्ने विशेषज्ञहरुको सुझाव छ । चिकित्सकको मद्दतमा यो रोग पूर्ण रुपमा निवारण हुने पनि उनीहरुले बताएका छन् । यसै प्रसंगमा दुनियाँका धेरै महान र चर्चित व्यक्तिहरुपनि मानसिक रोगी थिए । आउनुहोस् को को हुन् ती महान तर मानसिक रोगीहरु ? जानकारी लिउँ । अल्बर्ट आईन्स्टाइनः अल्बर्ट आईन्स्टाइन संसारको सबैभन्दा महान बुद्धी र व्यक्तिका स्वरुपमा चिनिने बैज्ञानिक हुन् । उनीपनि मानसिक रोगबाट पिडित थिए । ५ वर्षको उमेर सम्म पनि बोल्न नजानेका आइन्स्टाइनले बिज्ञान छेत्रमा आफ्नो खोजी र सिद्धान्तहरुबाट संसारलाई नयाँ मोड प्रदान गरेका छन् । सामान्य चिजहरु पनि याद गर्न, बुझ्न गाह्रो पर्ने र कमजोर स्मरण शक्ति भएका आइन्स्टाइनले जटिल गणितिय सुत्रहरु सजिलै तरिकाले समाधान गर्न सक्थे । जुत्ताको फित्ता पनि बनाउन नसक्ने आइन्स्टाइनले न्युक्लियर बमको आविस्कार गरेका थिए । आज आइन्स्टाइनका सिद्धान्तहरुबाट ब्लाक होलको सही परिभाषा र अन्तरिक्षमा यात्रा गर्न मानिस सफल भएका छन् । डेविड बेकह्याम: डेविड बेकह्याम फूटबल क्षेत्रका एक महान व्यक्तित्व हुन् । इंगल्यान्डको राष्ट्रिय फूटबल टिमका भूतपूर्व कप्तान डेविड बेकह्याम पनि मानसिक रोगले पिडित छन् । अब्शेसन कम्पल्शिव डिसअडर नामक मानसिक रोग भएका डेविड बेकह्यामलाई आफ्नो वरिपरि सबै चिज सफा, सिद्ध र सहि तरिकाले नराखिएमा चिढिने, रिसाउने र हात धुने गर्दछन् । दिनमा प्राय धेरै समय बेकह्याम आफ्ना खुट्टाको कपाल सफा गर्दै बिताउछन् । \"1379b5de7cb668c186ab48a9361eabd7_Generic-750\" निकोला टेस्लाः निकोला टेस्ला १९ औ सताब्दीका एक महान आविस्कारक, फिजिÞशिस्ट, मेक्यानिकल इन्जिनियर र इलेक्ट्रीकल  इन्जिनियर थिए । टेस्लाले नै  बिजुली र चुम्बक्त्व सिद्धान्तको सिर्जना गरेका थिए । २० औं सताब्दीमा टेस्ला आफ्ना समयका एक विद्धान व्यक्ति थिए । तर यति विद्धान आविस्कारक हुनुका साथसाथै उनको पनि केही कमी कमजोरीहरु थिए । उनलाई पनि ओसीडि नामक मानसिक रोगले पिरोलेको थियो । उनलाई केहि चिज छोए भने त्यसमा भएका किटानुले संक्रमण गर्लाकी भन्ने डर र भ्रमले सताउँथ्यो ।  घरमा वा बाहिर केहि चिज नछुने, अरु व्यक्तिको कपाल मन नपराउने, गहनाहरु देखि घिन लाग्ने गर्दथ्यो । आफ्नो खाना पनि वजन गरेर मात्र खाने र महिलाहरु संग कहिले पनि एकर्लै खाना खानु रुचाउदैन थिए । लियोनार्दो डिक्याप्रियोः २० औ सताब्दीको भव्य चलचित्र टाइट्यानिकका नायक लियोनार्दो डिक्याप्रियोलाई पनि ओबसेसिव कम्पल्सिव दिसअर्डर नामक मानसिक रोगबाट पिडित छन् ।  सडकमा भएका चुविंग गम होस् या तिनका दाग त्यसमाथि टेक्न घिन लाग्ने र हिच्किचाहट हुने क्याप्रियोले आफै खुलासा गरेका छन । आफ्नो घरको द्वारमा पटक पटक संकोचित भएर भित्र र बाहिर गर्नु पर्ने अवस्थाको पनि क्यप्रियोले खुलासा गरेका छन् ।  हलीवुदको अर्को एक भव्य “एवियेटर“ नामक चलचित्रमा पात्रलाई अझै सजीवता प्रदान गर्न आफ्नो अवस्थालाई बेवास्ता गरी रोगलाई झन् चर्किन दिएका थिए । कलाकार क्याप्रियोले आफ्नो यस अवस्थालाई काबुमा राखेर हलीवुदको नै सर्वो्िक्रस्ट नायकको रुपमा बिश्व प्रशिद्ध भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies