Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

तपाईंको भविष्य (राशीफल) सन् २०१६ मा यस्तो छ

\"Rasifal\"काठमाडाैं । टेरो कार्ड अनुसार तपाईहरुको सन् २०१६ को भविष्य यस्तो छ । मेष आफ्ना लागि समय निकाल्दै भविष्यको बाटो निर्धारण गर्नुहोला । आफ्नो कुशलताले अरूलाई मार्गदर्शन गर्नु आफ्ना लागि पनि लाभदायक हुनसक्छ । अरूको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्छ भने त्यो उत्तरदायित्व निर्वाह गर्दा मनमा सन्तोष प्राप्त हुनेछ । यो वर्षले जीवनमा थुप्रै अवसर जुट्नेछ, जसबाट जति लाभ लिन सकियो त्यति राम्रो हुन्छ । आफ्नो काममा केन्द्रित रहनुहोला । अहिले गरिरहेको कामबाट सन्तुष्ट हुनुहुन्न भने कार्यक्षेत्र परिवर्तन गर्ने बेला आइसकेको छ । कार्यक्षेत्र : कुनै पनि प्रकारका हानिबाट जोगिन निरन्तर सावधान रहनु पर्नेछ । कसैलाई पनि उधारो नदिनुहोला । लिएको उधारो पनि तिरिहाल्नु उपयुक्त हुन्छ । प्रेम : प्रेमी–प्रेमिकासँग राम्रो समय बिताउने अवसर जुटाउनेछ । अविवाहितहरूको विवाह हुनसक्छ । स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पिठ्युँ वा जोर्नीको पीडाबाट पीडितहरूको समस्या बढ्न सक्छ । वृष व्यवसायिक जीवन सन्तोषजनक रहनेछ भने निजी जीवनमा केही समस्या देखा पर्न सक्छ । अर्काको कुरामा ध्यान नदिएकै राम्रो । आफूलाई जे उचित लाग्छ त्यही गर्दा लाभ हुनेछ । आफ्ना कुरा व्यक्त गर्न अप्ठ्यारो मान्नुहुँदैन । यदि परिस्थिति प्रतिकूल छ भने संयमित रहनुमै लाभ छ । आफ्ना आवश्यकता कमभन्दा कम गर्नुहोला । आफ्नो क्षमतामा शंका नगरी आत्मविश्वासका साथ काम गर्दा लाभ मिल्नेछ । अरूको निन्दा गर्नु उचित हुँदैन । आफ्ना भावना खुलेर व्यक्त गर्दै राम्रो समयको प्रतीक्षा गर्नुमै भलो छ । कार्यक्षेत्र : हाकिमबाट पर्याप्त प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट पूरा सहयोग मिल्नेछ । आफ्नै व्यापार– व्यवसाय प्रारम्भ गर्ने अवसर जुर्न सक्छ । प्रेम : प्रेमी–प्रेमिकासँग रहँदा आफूलाई नियन्त्रणमा राख्नुहोला अन्यथा अवगालको सामना गर्नुपर्नेछ । स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पुरानो रोगबाट मुक्ति पाइनेछ । मनलाई शान्त राख्नुहोला । मिथुन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ भने व्यवहारमा नम्रता ल्याउनु उपयुक्त हुन्छ । यदि कसैले चित्त दुखाएको छ भने उसलाई माफी दिनुमै कल्याण छ । यसरी माफी दिंदा आफ्नो मन पनि हल्का हुनेछ । हल्का मनले भविष्यका लागि महत्वपूर्ण निर्णय गर्न सकिनेछ । मेहनत र इमानदारीको फल अवश्य प्राप्त हुनेछ । भविष्यमा फेरबदल गर्नुपर्ने गरी कुनै पनि महत्वपूर्ण योजना नबनाउनु होला । अरूबाट कुनै पनि किसिमको आशा गर्नु उपयुक्त हुँदैन । त्यसले निराशा मात्र दिनेछ । कार्यक्षेत्र : अप्रत्याशित कारणहरूले काममा ढिलाइ हुनसक्छ । व्यर्थको चिन्ता नगरी आफ्नो काममा मेहनत गरिरहे अवश्य सफलता मिल्नेछ । प्रेम : प्रियजनसँग राम्रो समय बिताउने अवसर जुट्नेछ । स–साना कुराप्रति बे–वास्ता गर्नुहोला । आफ्नो मनलाई नियन्त्रणमा राख्नुपर्ने समय छ । स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ । कुनै रोगबाट पीडित हुनुहुन्छ भने चिकित्सकको सुझावअनुसार दैनिकी निर्धारण गर्नु लाभदायक हुन्छ । कर्कट सकारात्मक सोच एवं दृष्टिकोण कायमै राख्नुहोला । मेहनतको फल प्राप्त हुनेछ । सुखद् समाचार सुन्न पाइनेछ । निजी समस्या एवं विवाहजस्ता कुरामा कुनै महत्वपूर्ण निर्णय लिनुअघि अग्रज वा विशेषज्ञको सल्लाह लिनु लाभदायक हुन्छ । कुनै पनि प्रकारको तनाव त्याग्नु नै श्रेयस्कर हुन्छ । पुराना कुराहरू बिर्सनुमै कल्याण छ । कुनै पनि काममा हतार नगर्नुहोला । पुराना कुराबाट शिक्षा लिएर नयाँ काममा हात हाल्नु लाभदायक सावित हुनेछ । कार्यक्षेत्र : आफ्नो ध्यान पूर्णरुपले काममा केन्द्रित गर्नुपर्ने समय छ । आफ्नो क्षमताको तुलना अरूसँग नगरी आफैंमा विश्वास कायम राख्नुहोला । प्रेम : प्रियजनसँग आशा राख्नु स्वभाविक हो, तर त्यस्तो आशा व्यवहारिक हुनुपर्छ अन्यथा सम्बन्धमा तिक्तता सिर्जना हुन सक्छ । स्वास्थ्य : स्वास्थ्यका लागि उठाइएका पाइलाहरू सही दिशातर्फ हुनेछन् । कुनै किसिमको अप्ठ्यारो महसुस हुँदा लापरबाही नगरी चिकित्सकसँग परामर्श लिनुहोला । सिंह परिस्थिति अनुकूल रहनेछ । रोकिएका पुराना काम सम्पन्न हुनेछन् । जुन योजनामा मेहनत गरिरहनुभएको छ त्यसले इच्छित फल दिनेछ । कार्यक्षेत्रमा रहँदा पनि परिवारप्रतिको जिम्मेवारी नबिर्सनुहोला । परिवार एवं कार्यक्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने समय छ । यदि परिवारसँग कुनै प्रकारको मतभेद छ भने त्यसलाई कम गर्न पर्याप्त समय दिनुपर्नेछ । मनबाट सबै प्रकारका भय हटाउनुहोस् । त्यसले चाहेजस्तै परिवर्तन ल्याउनेछ । कार्यक्षेत्र : रोजगारीको क्षेत्र परिवर्तन हुनसक्छ, जुन लाभदायक सिद्ध हुनेछ । प्रगति एवं धनलाभको योग छ । प्रेम : प्रियजनसँग आफ्नो मनको कुरा निर्धक्क भएर गर्नुहोस् । प्रियजनबाट सोचेजस्तै सहयोग पाइनेछ । स्वास्थ्य स् सामान्यभन्दा राम्रो रहनेछ । स्वस्थ रहन गरिएका प्रयासहरू फलदायी हुनेछन् । कन्या कुनै पनि कुरामा अडेर बस्नुहुँदैन, चाहे त्यो पद, प्रतिष्ठा, धनदेखि लिएर नातागोता नै किन नहुन । व्यर्थको अडान हानिकारक सावित हुनसक्छ । आफूसँग भएको ज्ञान र अनुभव बाँड्दा त्यसबाट लाभ नै हुनेछ । धनहानिको सम्भावना छ । कसैलाई दिइएको ऋण फर्कने सम्भावना कमै छ । नियमित दान गर्नुहोला । आफ्ना विचार एवं अनुभवलाई आफैंमै सीमित नराखी प्रियजनसँग बाँड्दा लाभ हुनेछ । सहनशीलता कायमै राख्नुपर्ने छ । अडियल स्वभाव हानिकारक हुनसक्छ । कार्यक्षेत्र : जुन परिस्थितिबाट जोगिने प्रयास गर्दै हुनुहुन्छ त्यसको सामना गर्नुभयो भने मनमा शान्ति छाउनेछ र त्यसले परिस्थितिलाई पनि अनुकूल बनाउँदै जानेछ । प्रेम : प्रियजनसँग स्पष्ट कुराकानी गर्नुहोला । जबसम्म सम्बन्धमा पारदर्शिता हुँदैन तबसम्म त्यो सम्बन्ध गहिराइसम्म पुग्न सक्दैन । स्वास्थ्य : पुराना रोगहरूबाट मुक्ति पाइनेछ । तैपनि यो वर्ष पेटसम्बन्धी गडबडीको सामना गर्नुपर्नेछ । तुला कुनै पनि किसिमको मनमुटावबाट निराश हुनु ठीक हुँदैन । आफ्नो सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोला । पुराना कुराहरूमा अलमलिनुभन्दा वर्तमानमा बाँच्ने प्रयास गर्नुमा भलो देखिन्छ । नयाँ अवसरहरू प्राप्त हुँदैछन् जसले जीवनमा प्रगति गराउनेछ । कुनै व्यक्तिसँग कुरा बिग्रिएको छ भने उसलाई क्षमा दिनुमै कल्याण छ । जीवनमा आउने हरेक व्यक्तिले केही न केही सिकाउने प्रयास गर्नेछन् । त्यस्ता व्यक्तिलाई मनमनै धन्यवाद दिनु लाभदायक सावित हुनसक्छ । कार्यक्षेत्र : प्राप्त अवसर गुमाउनु हुँदैन । त्यस्तो अवसर गुमे करियर धरापमा पर्न सक्छ । प्रेम : प्रेममा पर्नुभएको छ भने कुनै पनि कुरा खासगरी विवाहसम्बन्धी निर्णयमा हतार नगरेकै राम्रो । स्वास्थ्य : स्वास्थ्य राम्रो रहनेछ । यदि कुनै समस्या देखियो भने तत्काल चिकित्सकको परामर्श लिनुहोला । वृश्चिक केही समयदेखि चलिरहेको समस्याको समाधान प्राप्त हुनेछ, धैर्यता कायम राख्नुहोला । पुराना कामहरू सम्पन्न भै नयाँ काम प्रारम्भ हुनेछ । कुनै नयाँ व्यक्तिसँगको भेटघाटले जीवनमा ठूलो अर्थ राख्नेछ । खोजिएको कुरा प्राप्त हुनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनसक्छ । त्यसैले आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला । यदि त्यसो भयो भने जीवनको एउटा पाटो सकिएर अर्को पाटो सुरु हुनेछ जसले तपाईंलाई धेरै कुरा सिकाउनेछ । परिवर्तनका कारण चिन्तित हुनु आवश्यक छैन । आफूलाई परिस्थितिअनुसार ढाल्ने प्रयास गर्नुहोस् । कार्यक्षेत्र : नयाँ योजनामा लगानी गर्ने संसाधन जुट्नेछ । आफूलाई काममा केन्द्रित गर्नुहोला । प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । प्रेममा रहेका अविवाहितहरूको विवाह हुनसक्ने सम्भावना छ । स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । आफ्नो गलाको विशेष ख्याल राख्नुहोला । मौसम परिवर्तन हुँदा केही अप्ठ्यारा देखा पर्न सक्छन् । घरेलु उपचार लाभदायक हुनसक्छ । धनु यो वर्ष राम्रै राम्रो छ । मनमा कुनै प्रकारको भय छ भने त्यसलाई त्याग्नुहोला । आफ्नो विचार र ऊर्जाले नै आफ्नो परिस्थिति निर्धारण गर्ने भएकाले सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि काम आर्थिक लाभका दृष्टिले भन्दा मनको सन्तुष्टि एवं सामाजिक भलाइका लागि गर्ने हो भने आर्थिक अवस्था पनि सुध्रंदै जानेछ । नातागोताका सम्बन्धमा त्यस्तो कुनै पनि निर्णय नलिनु होला अन्यथा जीवनभर पछुताउनुपर्नेछ । घर तथा कार्यालयमा श्रीयन्त्र राख्दा लाभ मिल्नेछ । नयाँ रोमान्टिक सम्बन्ध प्रारम्भ हुनसक्छ । कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् । प्रेम : परिवारमा कुनै किसिमको खटपट चलिरहेको छ भने त्यसमा ध्यान नदिनु नै उपयुक्त हुन्छ । त्यसलाई आफ्नो इगोसँग पनि जोड्नु हुँदैन । स्वास्थ्य : स्वास्थ्यले पूरा साथ दिनेछ । बेलाबखत प्राकृतिक वातावरणमा समय बिताउनुहोला । मकर निजी तथा व्यवसायिक जीवन परिवर्तन गर्ने योग छ । यो परिवर्तन भविष्यका लागि लाभदायक सावित हुनेछ । अनिश्चितता परिवर्तनको अभिन्न अंग हो । यसलाई स्वीकार गर्नुहोला । गृह परिवर्तनको योग पनि छ । कतैबाट ऋण पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा केही तनाव देखिन सक्छ । नआत्तिई समस्याको समाधान खोज्नुहोला । पदोन्नतिका लागि थप मेहनत आवश्यक छ । परिवारबाट पूरा सहयोग पाइनेछ । कार्यक्षेत्र स् हाकिमबाट प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट सहयोग मिल्नेछ । प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । दम्पतीबीचको तालमेल कायम रहनेछ । अविवाहितहरू विवाह बन्धनमा बाँधिन सक्छन् । स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । मौसम परिवर्तनका क्रममा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ । कुम्भ नचिताएको फल प्राप्त हुनेछ । केही समयदेखि चलिरहेको समस्या समाधान हुनेछ । जीवनमा देखिएका अस्थिरता हटेर नयाँ ऊर्जा सञ्चार हुनेछ । कुनै नयाँ व्यक्तिसँग हुने भेटघाटले भविष्यका लागि नयाँ ढोका खोल्नेछ । परिस्थितिहरू अनुकूल हुँदै जानेछन् । बितेका कुरा नसम्झनु नै बेस हुन्छ । उन्नतिको अवसर प्राप्त हुनेछ, जसबाट पूरा लाभ उठाउनुहोला । बसोबास परिवर्तन हुनसक्छ । यदि करियरको क्षेत्र परिवर्तन गर्ने अवसर प्राप्त भयो भने तुरुन्तै निर्णय लिनुहोला । नातागोतासँग व्यवहार गर्दा संयमित रहनुहोला । कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान पनि निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् । प्रेम : अर्काको कुरा सुनेर आफ्नो सम्बन्धलाई प्रभावित हुन नदिनुहोला । कुनै पनि समस्याको समाधान प्रेमी–प्रेमिका दुवै एक ठाउँमा बसेर निकाल्नु उपयुक्त हुन्छ । स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बेला छ । पुरानो रोगले सताउन सक्छ । मीन मिश्रित फल प्राप्त हुनेछ । आफन्तहरूसँग मेलमिलाप बढ्नाले आय आर्जनको काम बढ्न सक्छ । आफ्नो सम्पूर्ण समय काममै व्यतीत गर्नुहुँदैन । त्यसो हुँदा पारिवारिक कलह देखा पर्न सक्छ । मंगलबार हनुमानको उपासना गर्दा लाभ हुन सक्छ । यतिबेला भाग्य अत्यन्त सक्रिय रहेकाले धेरै काम तीव्र गतिमा सम्पन्न हुनेछन् । कार्यक्षेत्र परिवर्तन गर्ने अवसर पनि प्राप्त हुनेछ । नआत्तिई लाभ उठाउनु होला । घरपरिवारमा खुसी बढ्ने देखिन्छ भने सम्पत्ति आर्जनका लागि समय अनुकूल छ । जीवनमा स्थिरता प्राप्त गर्न विचारमा पनि स्थिरता ल्याउनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्दै त्यतिनै काम गर्नु जति आफ्नो शरीरको क्षमता छ । कार्यक्षेत्र : कर्मक्षेत्रमा हाकिम वा सहकर्मीहरूको कुराबाट प्रभावित हुनुहुँदैन, आफ्नो कार्यकुशलतामा कमी आउन सक्छ । सकारात्मक सोच राख्नु होला । प्रेम : प्रियजनसँग भेटघाट भैरहनेछ । अविवाहितहरूले कुनै पनि निर्णय लिँदा आफन्तको सल्लाह लिन बिर्सनुहुँदैन । स्वास्थ्य : तनावबाट जोगिनुपर्छ । ध्यान, योग तथा प्राणायाम लाभदायक हुनसक्छ । साप्ताहिकबाट साभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies