Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

२०१५ का चर्चित 'सेक्स स्क्यान्डल' जसले दुनियाँमा सनसनी मच्चाए

\"sex-scandal-2015\"काठमाडौं । हरेक वर्ष जस्तै २०१५ को वर्ष पनि सेक्स स्क्यान्डलबाट विमुख रहेन । विश्वभर चर्चा पाएका स्क्यान्डल यस्ता छन : । पाकिस्तानी अभिनेत्री मीराको सेक्स भिडियो पाकिस्तानी अभिनेत्री मीरालाई सेक्स भिडियो लिक गरेको आरोपमा तत्कालै पक्रन त्यहाँको अदालतले आदेश दियो । मीराले आफ्ना प्रेमी क्याप्टेन नावेद शहजादसँगको सेक्स भिडियो लिक गरेकी थिइन् । अदालतले उनीहरूमाथि इस्लामिक मूल्य–मान्यतालाई धरापमा पारेको अभियोग लगाउँदै पक्राउ गरेर अदालतमा हाजिर गराउन आदेश दिएको छ । मीराले भने भिडियोमा आफू नभएको र आफूलाई बदनाम गर्न यस्तो भिडियो बनाइएको बताएकी छिन् । भिडियोको फुटेजबाट अन्दाज गर्न सकिन्छ, यो एमएमएस दुवैले मिलेर बनाएका थिए । महेश भट्टको चलचित्र नजरबाट अभिनय करियर सुरु गरेकी मीराले केही हिन्दी चलचित्रमा समेत काम गरेकी छिन् । माइलीका हर्कत चर्चाकी क्वीन पप गायिका माइली साइरस यो वर्ष अनेक हतकण्डा अपनाएर बजारमा छाइन् । सेक्स सम्बन्ध राखेजसरी अभिनय गर्दै आफूलाई पर्फम गर्नु उनको विशेषता नै भैसकेको छ । वर्षको प्रारम्भमा माइलीले आफ्नो सेक्स भिडियो आफैंले निर्देशन गर्ने घोषणा गरिन् । भिडियो खिचिइसकेको र सम्पादन कार्य भैरहेको बताउँदै टिजरस्वरूप उनले त्यसको सानो अंशसमेत उनले सार्वजनिक गरिन् । उक्त टिजर केही घण्टामै लाखौंले हेरेपछि उनले त्यसलाई डिलिट गरिन् । माइलीलाई आफ्ना सेक्स पार्टनर प्याट्रिक स्वार्जनेगरका साथ राखेको यौनसम्बन्धको भिडियो बजारमा ल्याउन मन लागेको हो । वाइल्ड तथा जोसिलो ढंगले प्याट्रिकसँग आफूले यौनसम्बन्ध राख्ने गरेको बताउँदै माइलीले त्यस्ता थुप्रै दृश्य भिडियो क्यामेरामा कैद गरेको बताइन् । यस्ता भिडियो हेरेपछि डिलिट गर्ने गरेको बताउँदै अब भने त्यसलाई निस्शुल्क सबैले हेर्न पाउने गरी इन्टरनेटमा पोस्ट गर्न मन लागेको उनको भनाइ छ । माइली र उनका सेक्स पार्टनरले गुप्ताङ्गमा एउटै ट्याटु बनाउने निर्णय लिएको पनि उनले एक अन्तर्वार्ताका क्रममा बताएकी छिन् । माइलीको विवादास्पद सेक्सी इमेजबाट परिचित एक संस्थाले उनलाई पोर्न इन्डस्ट्रीमा आउन अफर गरेको छ । साकिराको सेक्स टेप वर्ष २०१५ मा एक व्यक्तिले लोकप्रिय कोलम्बियन गायिका साकिरा र स्पेनिस फुटबल स्टार जेरार्ड पिकेबीचको सेक्स भिडियो सार्वजनिक गरिदिने चेतावनी दिए । यसरी चेतावनी दिने व्यक्ति पिकेका पूर्वकर्मचारी थिए । मागेजति रकम नदिए भिडियो सार्वजनिक गर्ने उनको धम्की थियो । पिकेका प्रवक्ताले समेत यो समाचार भ्रामक भएको दाबी गरेका छन् । सन् २०१० देखि प्रेममा रहेका पिके र साकिराका दुई सन्तान छन् । खेलाडी सेक्स प्रकरण सेक्स टेपको विषयमा आफ्नै देशका खेलाडी साथी माथियु भाल्वुयनालाई ब्ल्याकमेल गरेको आरोपमा नोभेम्बरमा फ्रान्सेली फुटबलर करिम बेन्जामालाई पक्राउ गरियो । २७ वर्षीय स्ट्राइकर बेन्जामालाई पेरिसको पश्चिम भर्साइलेसबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । सेक्स टेपमा भाल्वुयनाले फानी लाफोनसँगको यौनसम्बन्ध राखेको देखिन्छ । ३१ वर्षीय मिडफिल्डर भाल्वुयना थुप्रै प्रिमियर लिग क्लबसँगको सम्भावित आबद्धतालाई लिएर चर्चामा रहेकै बेला सेक्स टेप प्रकरण सार्वजनिक भएपछि भाल्वुयना निकै दुखित भएका थिए । भाल्वुयनालाई ब्ल्याकमेल गर्ने समूहबाटै प्रहरीले उक्त भिडियो फेला पारेको थियो । भिडियोमा भाल्वुयना प्रस्ट रूपमा चिनिन्छन् । बेन्जामा यसअघि पनि सेक्सप्रकरणमा तानिएका थिए । सन् २०१० को विश्वकप अघि उमेर नपुगेकी युवतीसँग शारीरिक सम्पर्क राखेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । त्यसकारण उनी विश्वकप खेल्नबाट वञ्चित समेत भए । लेडी गागाको पुरानै कुरा कलिलो उमेरमा भएको बलात्कारले आफ्नो पूरा जिन्दगी परिवर्तन गरेको कथन चर्चित अमेरिकन पप सिंगर लेडी गागाले यो वर्ष पनि दोहोर्‍याएकी छिन् । १९ वर्षको उमेरसम्म आफू पटक–पटक बलात्कारको सिकार भएको कुरा उनले गत वर्ष नै बताएकी थिइन् । म आफूमाथि भएको उक्त दुर्घटनामा स्वयं जिम्मेवार भएको मान्थे, गागाले भनेकी छिन्– मैले सात वर्षसम्म यस विषयमा कसैलाई केही जानकारी दिइनँ, मैले केही सोच्नै सकिरहेकी थिइनँ, यो त मेरो पनि गल्ती हो भन्ने सोच्थें, कसरी आफूलाई चाहिँ निर्दोष मान्नु जस्तो लाग्थ्यो । गागाका अनुसार उक्त दुर्घटनापश्चात् उनमा आएको शारीरिक एवं मानसिक परिवर्तनले उनमा सफलताको भोक जगायो । त्यसैले चुपचाप उनी सफलता हासिल गर्नतर्फ केन्द्रित भइन् र सफल पनि भइन् । किमको सेक्स भिडियो बिक्रीमा एउटा सेक्स भिडियोको मूल्य कति पर्ला रु २–४ लाख वा १०–२० लाख रु अमेरिकी रियालिटी शो स्टार किम कार्दशिनको सेक्स भिडियोको मूल्य १ अर्ब तोकिएको छ । किमको सेक्सटेपलाई १ करोड ९० लाख पाउन्डमा लिलामीमा राखिएको थियो । हाल २ सन्तानकी आमा भैसकेकी ३९ वर्षीया किमको उक्त भिडियो अन्यन्तै अश्लील तरिकाले निर्माण गरिएको बताइएको छ । किम र उनका पूर्व प्रेमी रेजे कामोत्तेजक ढंगले सेक्सुअल रिलेसनमा लिप्त भैरहेको दृश्य उक्त भिडियोमा देख्न सकिन्छ । यो वर्ष नै किमले फेरि एकपटक आफ्नो पूर्ण नग्न तस्बिर सार्वजनिक गरिन् । गर्भावस्थाको आफ्नो नग्न तस्बिर हेर्न अपिल गर्दै उनले ती तस्बिर इन्स्टाग्राममा राखिन् । एउटा हातले स्तन छोप्न खोजे पनि शरीरको तल्लो भाग उनले खुलै राखेकी छिन् । अन्तरिक्षमा सेक्स भिडियो एडल्ट चलचित्र बनाउने कम्पनी पोर्न हबले अब अन्तरिक्षमा सेक्स भिडियो बनाउने खुलासा गरेको छ । यदि यो लक्ष्य सफल भए संसारमै पहिलो पटक सेक्स इन स्पेस हुने बताइएको छ । यसका लागि ३४ लाख डलर खर्च हुने अनुमान छ । सेक्सप्लोरेओन नाम राखिएको यो महत्त्वाकांक्षी योजनामा पोर्नस्टारहरू लोभिया र जनि सिन्स सामेल हुनेछन् । यो भिडियो निर्माण भएपछि स्पेस साइन्समा नयाँ सूर्योदय हुने दाबी गर्दै पोर्न मुभीमा समावेश गराइने यी दुई पात्र हाल स्पेस यात्रा, भौतिकशाश्त्र, रेखागणित आदिको अध्ययनमा रहेको कुरा पोर्न हवले बताएको छ । न्युड समाचारवाचिका यो वर्ष अल्बानियाको एक टेलिभिजन च्यानल फायर टिभीले २१ वर्षीया ग्रेटा होक्जालाई निर्वस्त्र भएर समाचार वाचन गर्न लगायो । टेलिभिजन च्यानलले केही अघि समाचारवाचिकालाई निर्वस्त्र भएर समाचार पढ्न लगाउने वाचा गरेको थियो । यसअघि उक्त च्यानलले समाचारवाचिका एन्की ब्राकाजलाई ब्रा नलगाई समाचार पढ्न लगाउने गरेको थियो । एन्कीले वयष्क पत्रिका प्ले ब्वाईका निम्ति न्युड फोटोसेसन गरेपछि फायर टिभीले उनलाई फायर गरिदिएको थियो । भारतीय किशोरीको आत्महत्या इन्टरनेटमा आफ्नो सेक्स भिडियो सार्वजनिक भएपछि भारत उडिसाकी एक किशोरीले आत्महत्या गरिन् । कटक जिल्लाकी ती किशोरीले मृत्यु पूर्व एसएलसीसरहको परीक्षा दिएकी थिइन् । मृतकका बाबुले प्रहरीमा दिएको उजुरीअनुसार छिमेकी युवकले नुहाएको समयमा भिडियो बनाएर उनलाई ब्ल्याकमेल गरेको तथा पटक–पटक यौनसम्बन्ध राखेको कुरा उल्लेख छ । ती युवतीसँगको शारीरिक सम्बन्धको भिडियो बनाएपछि त्यसलाई छिमेकी युवाले पोर्न वेबसाइटमा पोष्ट गरेका थिए । भिडियोका सम्बन्धमा जानकारी पाएर बाबुले सोधपुछ गरेपछि बदनामी हुने डरले उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । प्रहरीका अनुसार पोर्न भिडियो बनाउने किशोर १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । सेक्स भिडियोका कारण चिन्ता अभिनेत्री एवं गायिका जेनिफर लोपेज सेक्स टेप स्क्यान्डलका कारण तनावमा परिन् । पूर्व श्रीमान् एवं बिजनेस पार्टनर एड मेयरले उनको सेक्स टेप सार्वजनिक गर्ने अडान दोहोर्‍याएपछि उनी चिन्तित भएकी हुन् । सेक्स टेप सार्वजनिक नहोस् भनेर उनी सात वर्षदेखि कानुनी लडाइँमा छिन् । उनको यो सेक्स भिडियो भने पहिलो श्रीमान् ओजानी नेओले सुट गरेका थिए । उनका अर्का पूर्व श्रीमान् मेयरले जेनिफरसँग सम्बन्ध बिग्रिएपछि यसलाई सार्वजनिक गर्ने बताएका हुन् । उक्त सेक्सटेपलाई भिडियो बनाएर रिलिज गर्ने एड मेयरको भनाइ छ । सेक्स भिडियो सार्वजनिक भएको खण्डमा आफ्नो करियरमा नकारात्मक असर पर्ने भएकाले आफ्नो इच्छाविपरीत उक्त भिडियो सार्वजनिक गर्ने अधिकार कसैको नभएको भन्दै लोपेजले अदालतको ढोका ढकढक्याएकी हुन् । मेयरले बदलाको भावनामा यो सेक्स भिडियो जुनसुकै समयमा सार्वजनिक गर्न सक्ने भन्दै धम्क्याएपछि लोपेजको चिन्ता बढेको हो । साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies