पौष १३ गते, २०७२ सोमवार 28th December, 2015 Mon१३:३९:५७ मा प्रकाशित
मस्कट (ओमन) । ओमनको मस्कटमा नेपालीहरुबीच भलिवल प्रतियोगिता सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मञ्च, ओमनको आयोजनामा भएको खेलमा नेपाल मगर संघ ओमन विजयी भएको छ ।
आयोजकको तर्फकै ‘बी’ टिम प्रतियोगितामा उपविजेता बनेको छ । प्रतियोगितामा ओमनमा स्थापित संघ, सङ्गठन, संस्था, समाज तथा क्लवका गरी १० टिमको सहभागिता थियो । खेलको उद्घाटन मञ्चका अध्यक्ष पदम अर्यालले गरेका थिए । आयोजकको तर्फबाट ए र बी गरी दुई टिमको सहभागिता गराइएको थियो । उद्घाटन खेलमा पनि आयोजक टिमबीच नै भिडेका थिए ।
मञ्चका खेलकुद विभाग संयोजक घनेन्द्र चौहान र मञ्चका महासचिव तथा सहसम्योजक हेम आचार्य र अन्य सहयोगीहरुको बिशेष पहलमा शुक्रवार ओमन क्लव अलख्वयरमा अन्तरनेपाली भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
खेल अवधिभर राम चौहान र सूर्य थापाले रेफ्रिको भूमिका निभाएका थिए भने मंचका केन्द्रिय सदस्य नवीन कायस्थले लाइन्स म्यानको भूमिका निर्वाह गरेका थिए ।
सबै नेपालीहरुको सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा खेल सामग्री जुटाउनकालागि मञ्चका केन्द्रीय कोषाध्यक्ष कुल तामाङ्ग र केन्द्रीय सदस्य राम लासिवाले बिशेष भूमिका खेलेका थिए ।
यस्तै, मञ्चका वरिष्ठ उपाध्यक्ष तुला गिरी, महासचिव हेम आचार्य, सचिव उमेश बिक, केन्द्रीय सदस्य चक्र तामाङ्ग, बिष्णु परियार, कान्छिमाया तामाङ्ग, विशाल सुब्बा, रुद्र बिक , कमल मगर, लक्ष्मण परियार, सङ्गिता गुरुङ्ग, रिना तामाङ्ग, सङ्गिता तामाङ्ग लगायतको सक्रिय सहभागिताका साथ प्रयोगिताको ब्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा ओमनस्थित नेपाली राजदुतावासबाट भवनाथ खतिवडा, दक्षिण पुर्वी एशिया का एन. आर. एन. संयोजक डिवि क्षेत्री, ओमनका अध्यक्ष दिपक श्रेष्ठ, अन्तर्राष्ट्रिय एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने, एकता समाजका ओमानका अध्यक्ष छविलाल बस्नेत लगायतको उपस्थिति थियो ।
यस्तै, नेपाली जनसंम्पर्क समितिका सभापति फर्सुराम, प्रवासी मन्चका उपाध्यक्ष लिलानाथ कोइराला, नेपाली महिला समूहकी उपाध्यक्ष मधु गुरुङ, तमु समाजकका उपाध्यक्ष पुर्ण गुरुङ, तामाङ समाजको अध्यक्ष राम तामाङ, नेपाली समाजका उपाध्यक्ष योगेश राई, दलित एकता सन्जालका अध्यक्ष मनबहादुर बराइली, बुद्ध भिजन ओमानका अध्यक्ष मिग्मा लामा लगायतको कार्यक्रममा उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: