Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी हुन् आगामी १० वर्षमा न्यूयोर्कलाई उछिन्ने विश्वका ६ सहर (फोटो सहित)

एजेन्सी ।  विकसित देशहरु सबैभन्दा भव्य र सानदार सहर कसले बनाउने भन्ने होडबाजीमा छ । यही होडबाजीको क्रममा आजसम्मको सबैभन्दा भव्य सहर भनेर न्युयोर्क, लन्डन र हङकङलाई चिनिदै आएको छ । तर आगामी १० वर्ष भित्रमा ती सहरहरुलाई पनि उछिनेर केही त्यस्ता नयाँ सहरहरु बन्ने पक्कापक्की भइसकेको छ । यतिसम्म की, आगामी दशकभित्रमा ति सहरहरु विश्वकै सवार्धिक महंगो र समृद्ध सहरको सूचीमा देखिनेछन् । अनुसन्धाताहरुका अनुसार विश्वका केही सहरहरुको विकास दिन दुई गुना रात चारगुनाको दरमा हुन थालेको छ । आखिर कुन कुन शहरहरु जुन आगामी १० भित्रमा समृद्धिको चुचुरोमा पुग्ने ? आउँनुहोस् यसबारेमा जानकारी हासिल गरौं । १. ह्वसोङ : दक्षिण कोरिया \"korea-750\" कोरियाको स्योलबाट दक्षिणतर्फ रहेको यो सहर कोरियाभन्दा बाहिर धेरै चिनिएको सहर होइन । यद्यपि, पछिल्लो समयमा अत्याधिक समृद्ध बन्दै आएको छ । धेरै चर्चामा नआए पनि हुन्डाई, सामसुङ, किया र एलजीजस्ता ठूला कम्पनीहरु जन्माउनुमा यो सहरको भुमिका छ । साथै, पछिल्लो समय रियल स्टेटको क्षेत्रमा अत्याधिक रुपमा बढ्दो दलगानीले यो सहरको समृद्धि बढाएको छ । चीनसँग नजिक रहेको अर्को ठूलो सहर प्योङटेकसँग नजिकको सहर हुनुको आर्थिक फाइदा पनि यो सहरले राम्ररी उपभोग गरेको छ । यही कारण पनि यो सहरलाई आगामी दशकभित्रै विश्वका महंगा र ठूला सहरको सूचीमा देख्न थालिएको छ । २. राईन–रुर जर्मनी \"garmany-750\" जर्मनीको यो सहर पहिले नै एक अति सफल सहरीकरण भएको क्षेत्रको रुपमा चिनिदैं आएको छ । लण्डन र पेरिसपछि युरोपकै तेस्रो ठूलो सहर हो यो । यसका साथै ५ सय वटा ‘१२ फर्चुन’ कम्पनीहरुसहित अति ठूला पावर हाउस उद्योग र अन्य ब्यवसायको केन्द्रको रुपमा पनि यो सहरलाई चिनिन्छ । ३.दोहा, कतार \"download-750\" न्युयोर्क, लन्डन वा हङकङलाई पनि उछिनेर दोहा अगाडि लम्केको भन्ने धेरै अनुसन्धाताहरुको तर्क छ । यो सहर एउटा उदीयमान सहर बनेकोमा धेरै सहमत छन् । प्रतिव्यक्ति आयको क्षेत्रमा अति थोरै ‘राइजिङ स्टार’ सहरमध्ये यो सहर एक भएको अनुमान गरिएको छ । जब कि, यो देश विश्वकै धनी देशहरुमध्येको एउटा देशको रुपमा दाखिला भइसकेको छ । साथै, सन् २०२२ मा हुने भनिएको विश्वकपका लागि लक्षित गर्दै भएका ठूला लगानीहरुले पनि यो सहरलाई थप समृद्धितिर बढाइरहेका छन् । ४. मकाउ \"download कति छोटो समयमै विकास र परिवर्तन गर्न सकिन्छ भन्ने कुराको एउटा उदाहरण हो–मकाउ सहर । यो सहर यति छिटो विकास भएको छ कि, सन् २०२५ सम्ममा विश्वकै सर्वा्िधक महंगो सहर बन्दैंछ । गत वर्ष मात्रै खस्किँदो अवस्थामा रहेको यो सहर यति छोटो अवधिमै विकास भएको हो । यहाँको भ्रष्टाचार विरोधी नीति लागु भएपछि यहाँका क्यासिनोहरुमा ठूलो धक्का पुग्यो । कारण यो सहरको अर्थतन्त्र यति खस्केर १७ प्रतिशतमा पुग्यो, जुन यहाँको अर्थतन्त्रको मुख्य आधार पनि थियो । यद्यपि, आगामी वर्षमा आर्थिक वृद्धिको ठूलो अपेक्षा गरिएको छ । तर, विज्ञहरुले भने मकाउले आर्थिक वृद्धिका अन्य स्रोतहरुको खोजी गर्नैपर्छ भन्ने सुझाव दिएका छन् । ५. बर्गेन : नर्वे \"narbe-750\" नर्वेका सहरहरुमध्ये बर्गेन दोस्रो धेरै जनसंख्या हुने सहरमा पर्छ । नर्वेको समग्र अर्थतन्त्रमा यो सहरको पहिलेदेखि नै सर्वा्िधक भूमिका रहँदैं आएको छ । तर, म्याकिन्सेका अनुसन्धाताहरुको अनुसन्धानअनुसार छिट्टै यो सहर विश्वकै महंगो सहरमध्ये अगाडि आउनेछ । जलविद्युत् तथा उर्जा उद्योग, समुद्री तथा अन्य ढुवानीको लागि यो सहर एक केन्द्रको रुपमा चिनिदैं आएको छ । ६. ट्रोन्डेम : नर्वे \"narbe नर्वेकै अर्को सहर ट्रोन्डेम मोवाइल टेक्नोलोजीको जन्मथलोको रुपमा चिनिन्छ । यो सहर त्यो हो जहाँ सन् १९८० मा जिसएम सिस्टमको विकास भएको थियो । त्यही बेलादेखि नै यो सहरमा स्थानीय उपकरणहरुको समेत अत्याधिक विकास हुँदैं आएको छ । र यस्ता कम्पनीहरुको संख्या बढेर अहिले ५५० भन्दा बढी पुगेको छ । जहाँ प्रत्येकमा १० हजारभन्दा बढी कामदार छन् । स्रोतः सीएनएन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: