Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

साफ च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्दै

\"safकाठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा भारत र माल्दिभ्स आमनेसामने हुँदैछन् । भारतको केरलास्थित त्रिवेन्द्रम रङ्गशालामा आज दिउँसो ४ बजे ६ पटकको उपाधि विजेता भारतले मादिभ्सको सामना गर्दै मैदानमा उत्रनेछ । भारत सन् १९९३, १९९७, १९९९, २००५, २००९ र २०११ को विजेता हो । प्रतियोगितामा भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने सोही समूहको उपविजेताको रुपमा माल्दिभ्स अन्तिम चारमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । त्यस्तै, समूह चरणको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तरले पराजित गरेको थियो भने श्रीलङ्कालाई २–० गोलअन्तरले पाखा लगाएको थियो । सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले श्रीलङ्काको सामना गर्नेछ । नेपालमा नै भएको अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा अफगानिस्तानले भारतलाई फाइनल खेलमा पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यका साथ अफगानिस्तान मैदानमा उत्रनेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता हो भने सोही समूहमा रहेको श्रीलङ्का उपविजेता हो । अफगानिस्तान र श्रीलङ्का आज बेलुका ७ बजे आमने सामने हुनेछन् । त्यस्तै, समूह चरणको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने भुटानलाई ३–० तथा माल्दिभ्सलाई ४–१ गोलअन्तरले हराएको थियो । विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेश भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending