Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दुर्घटनाग्रस्त विमान तान्दै गरेको डोरी चुँडियो

काठमाडौ, दुर्घटनाग्रस्त विमानलाई हटाएर अन्तर्राष्ट्रिय उडान खुला गर्नका लागि तान्दै गरेको डोरी चुँडिएको बताउँदै डोरी फेर्ने क्रम जारी रहेको जानकारी विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले दिएका छन् । यसैबीच, विमानस्थलमा अलपत्र परिरहेका चिनिया पर्यटकहरुले अङ्ग्रेजी र चिनियाँ भाषामा ‘वी वान्ट टु गो होम’ लेखिएका प्ले कार्ड प्रदर्शन जारी राखेका छन् । विमानस्थलमा अलपत्र परेका अरु देशका पर्यटकहरु पनि तनावग्रस्त मुडमा आन्दोलित हुन थालेको जानकारी खबर डबली सहकर्मी नरेश ज्ञवालीले विमानस्थलबाट गराएका छन् । प्रदर्शनका कारण सरकार, विमानस्थल प्रशासन, कर्मचारी, सुरक्षा निकाय र सम्बन्धित अरु सबैमा चर्को दबाब परिरहेको छ । यसले विमानस्थलको वातावरणलाई तनावपूर्ण गराउँदै लगिरहेको छ । यतिबेला सबै काम छाडेर एयर होस्टेसदेखिका सबै कर्मचारी र सुरक्षा निकाय एयरपोर्टमा अलपत्र परेका नागरिकहरुलाई सम्झाउँदै वातावरण नियन्त्रणमा लिने प्रयासमा व्यस्त छन् । अन्तर्राष्ट्रिय उडान बन्द भएयता २४ हजार यताका यात्रु बाहिर जान नपाएको र बाहिरबाट पनि यति नै सङ्ख्याका यात्रु नेपाल आउन नपाएको विमानस्थल प्रशासन र पर्यटन क्षेत्रका विज्ञहरूको भनाइ छ । प्रदर्शनकारी–दूतावासका प्रतिनिधि छलफल जारी चिनिया प्रदर्शनकारीको तीव्र दबाबमा परेपछि नेपाल सरकारले उनीहरुलाई प्रदर्शन छाडी होटलतर्फ फर्काउन नेपालस्थित चिनिया दूतावास समक्ष अनुरोध गरेको छ । सरकारको अनुरोधलगत्तै चिनियाँ दूतावासबाट ज्याङ योङको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल विमानस्थल आएर चिनिया प्रदर्शनकारीलाई प्रदर्शन रोक्न सम्झाइरहेका छन् । प्रदर्शनकारीहरुले यतिबेलासम्म प्रदर्शन रोकेका छैनन् । तर, अन्तर्राष्ट्रिय उडान सञ्चालन नहोउन्जेलको सम्पूर्ण व्यवस्था नेपाल सरकार वा चिनिया सरकारले गरिदिने जिम्मा लिएमा प्रदर्शन रोक्न मञ्जुर हुने मानसिकतामा चिनिया पर्यटकहरु रहेको संकेत देखिँदै छ । नत्र प्रहरीले बल प्रयोग गर्ने दूतावासका प्रतिनिधि र प्रदर्शनरत चिनियाहरुबीच अहिले छलफल जारी छ । छलफलबाट प्रदर्शन नरोकिए उनीहरुलाई प्रहरी लगाई विमानस्थलबाट हटाउने तयारी नेपाल सरकारले गरिरहेको सूचना डबलीकर्मी ज्ञवालीले प्राप्त गरेका छन् । थप समाचार केही बेरमा....
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy