Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विश्वका 'सर्वाधिक कामुक महिला' यस्ता छन्

\"kamuk-mahila\"काठमाडौं । सौन्दर्य र महिला एकअर्काका पूरक हुन् । आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेकौं उपाय अपनाउँदै आएका छन् । महिलाहरूको सौन्दर्यसम्बन्धी पूर्वी तथा पाश्चात्य मान्यतामा केही भिन्नता छ । तैपनि आफ्नो रूप र यौवनले पुरुषहरूलाई आकर्षित गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन् । अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ । यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१५ का १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ । १. मिसेल किगन कामुक महिलाहरूको यो सूचीको पहिलो स्थानमा बेलायती अभिनेत्री मिसेल किगन छिन् । गत वर्ष कामुक महिलाहरूको यो सूचीमा उनी दोस्रो स्थानमा थिइन् । सन् १९८७, ३ जुनमा जन्मिएकी किगनलाई मानिसहरूले कोरोनेसन स्ट्रिट टेलिशृङ्खलाको अभिनयका कारण चिन्छन् । २. केन्डल जेनर कामुक महिलाहरूको सूचीको दोस्रो स्थानमा फेसन मोडल केन्डल जेनर छिन् । गत वर्ष यो सूचीको ३१ औं स्थानमा रहेकी जेनर सन् १९९५, ३ नोभेम्बरमा जन्मिएकी हुन् । जेनरलाई मानिसहरू उनको फेसन सेन्सका लागि सम्झन्छन् । ३. जेनिफर लरेन्स कामुक महिलाहरूको सूचीको तेस्रो स्थानमा हलिउड अभिनेत्री जेनिफर लरेन्स छिन् । गत वर्ष यो सूचीको पहिलो स्थानमा रहेकी लरेन्स सन् १९९०, १५ अगस्तमा जन्मिएकी हुन् । लरेन्सलाई मानिसहरू उनले देखाउने उत्तेजक हाउभाउका साथै गम्भीर अभिनयका कारण चिन्छन् । ४. केट अप्टन यो सूचीको चौथो स्थानमा छिन्– हलिउड अभिनेत्री तथा मोडल केट अप्टन । गत वर्ष उनी यो सूचीको १८ आंै स्थानमा थिइन् । सन् १९९२ जून १० मा जन्मिएकी अप्टन आफ्ना चलचित्रभन्दा द इलुस्ट्रेट विक्ली पत्रिकाका लागि गरिने फोटोसेसनका कारण बढी चर्चामा आउँछिन् । ५. क्यारोलिन फ्लेक सर्वाधिक कामुक महिलाको पाँचौं स्थानमा बेलायती टेलिभिजन प्रस्तोता क्यारोलिन फ्लेक छिन् । उनी यो सूचीमा पहिलोपटक देखापरेकी हुन् । क्यारोलिन द एक्स फ्याक्टर, लभ आइल्यान्ड जस्ता टेलिभिजन कार्यक्रमका कारण चर्चामा आएकी हुन् । उनी नोभेम्बर ९, १९७९ मा जन्मिएकी हुन् । ६. एरियना ग्रान्डी गत वर्ष यो सूचीको ७७ औं स्थानमा रहेकी अमेरिकाकी गायिका तथा अभिनेत्री एरियना ग्रान्डी यो वर्ष छैटौं स्थानमा उक्लिएकी छिन् । सन् १९९३ जुन २६ मा अमेरिकाको फ्लोरिडामा जन्मिएकी एरियना ग्रान्डी टेलिभिजन कार्यक्रम स्क्रीम क्वीन्स तथा साम एन्ड क्याटबाट चर्चामा आएकी हुन् । ७. मार्गोट रोबी कामुक महिलाको यो सूचीको सातौं स्थानमा बेलायतकी टेलिभिजन अभिनेत्री मार्गोट रोबी छिन् । रोबी गत वर्ष यो सूचीको २६ औं स्थानमा थिइन् । सन् १९९० जुलाई २ मा अस्ट्रेलियाको क्वीन्सल्यान्डको गोल्डकोस्टमा जन्मिएकी रोबी हाल बेलायतमा बसोबास गर्छिन् । ८. लुसी म्याक्लेनवर्ग कामुक महिलाको सूचीको आठौं स्थानमा बेलायती मोडल तथा टेलिभिजन अभिनेत्री लुसी म्याक्लेनवर्ग छिन् । उनी गत वर्ष पनि आठौं स्थानमै थिइन् । सन् १९९२ अक्टोबर २४ मा जन्मिएकी लुसी म्याक्लेनवर्ग आफ्नो कामुक तथा उत्तेजक हाउभाउका कारण लोकप्रिय छिन् । लुसी आफ्नो निजी जीवन सार्वजनिक नगर्ने कलाकारका रूपमा समेत चर्चित छिन् । ९. एमिलिया क्लार्क कामुक महिलाको सूचीको नवौं स्थानमा बेलायतकी टेलिभिजन कलाकार एमिलिया क्लार्क छिन् । उनी गत वर्ष यो सूचीको ११ औं स्थानमा थिइन् । सन् १९८६ अक्टोबर २६ मा जन्मिएकी क्लार्क टेलिशृंखला गेम अफ द थ्रोन्सका कारण चर्चित छिन् । १०. केली ब्रुक कामुक महिलाहरूको सूचीको दसौं स्थानमा बेलायतकी मोडल तथा अभिनेत्री केली ब्रुक छिन् । गत वर्ष यो सूचीको २३ औं नम्बरमा रहेकी ब्रुक आफ्ना कामुक हाउभाउ र ब्वायफ्रेन्ड फेरिरहने दिनचर्याका कारण चर्चामा आइरहन्छिन् । सन् १९७९, २३ नोभेम्बरमा जन्मिएकी ब्रुक पछिल्ला केही वर्ष सुस्ताएकी थिइन् । साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: