Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

एमाओवादीले तत्काल आन्दोलन नगर्ने

काठमाडौँ, एकीकृत नेकपा (माओवादी) ले फागुन २६ गतेसम्म कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने भएको छ । सिंहदरबारमा शनिबार बसेको संविधानसभा दलको बैठकले संविधानका विवादित विषयमा सत्तारुढ दलसँग वार्ता र सम्वादको प्रक्रिया अगाडि बढेकाले आन्दोलनका कार्यक्रम नगर्ने निर्णय गरेको हो । बैठकले गत माघ ११ गतेपछि व्यवस्थापिका–संसद्को कुनै पनि समितिमा सहभागिता नजनाएको एमाओवादीले आइतबार ३० दलीय मोर्चाको बैठक बसेर संसदीय समितिको बैठकमा सहभागिता जनाउने निर्णय गरेको छ । अरु दलसँग पनि सहमतिमा नै उक्त निर्णय गरिने एमाओवादी संसदीय बोर्डका सचिव अग्निप्रसाद सापकोटाले जानकारी दिए । मोर्चाले निर्णय नगरेको भए पनि मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का प्रमुख सचेतक रामजनम चौधरीले यसअघि नै संसदीय समितिको बैठकमा भाग लिएका थिए । संसदीय समितिको बैठक बहिस्कार गरेका कारण अन्य समिति प्रभावित नभए पनि सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक प्रभावित भएको थियो । लेखा समितिमा एमाओवादीका जनार्दन शर्मा र श्रम समितिमा पनि एमाओवादीकै प्रभु साह सभापति छन् । सरकारलाई गलत निर्णय गर्नबाट रोक्न संसदीय समितिको महत्व रहेको र त्यसमा पनि प्रतिपक्षको भूमिका सशक्त हुनुपर्नेमा त्यसलाई नै बहिस्कार गरेर गलत काम गरेको भन्दै एमाओवादीको आलोचना भएको थियो । तर, एमाओवादीले जबर्जस्ती गरेका कारण संसदीय समितिमा भाग नलिने बताउँदै आएको थियो । उनका अनुसार बैठकले फागुन १६ गते निषेधित क्षेत्र तोडेको भन्दै बानेश्वरमा नेता तथा कार्यकर्तामाथि सरकारले योजनावद्ध दमन गरेको ठहर गर्दै घाइतेको निःशुल्क उपचार गर्न माग गरेको छ । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा एमाओवादी नेता गङ्गानारायण श्रेष्ठसहित चार दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका थिए । बैठकले तीसदलीय मोर्चाले घोषणा गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाएकोमा नेपाली जनताप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलका बीचमा भएको पछिल्लो वार्ताका बारेमा जानकारी गराएको बोर्डका सचिव सापकोटाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy