Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

माेर्चा बैठककाे एजेण्डा : आन्दोलनको समीक्षा र परिमार्जन

\"fourकाठमाडौं । चार महिनादेखि मधेसमा आन्दोलन गर्दै आएको तराई–मधेस लोकतान्त्रिक मोर्चाले आन्दोलन जारी राख्ने कि रोक्ने भन्नेबारेमा शुक्रबार निर्णय गर्ने भएका छन् । पछिल्लो चरणको आन्दोलनको कार्यक्रम पुस १९ गते नै सकिए पनि मोर्चाले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन । मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा नगरे पनि तराई–मधेसको आन्दोलन भने जारी नै राखेका छन् । मोर्चाकै एक घटक सद्भावना पार्टीले भने पुस २७ गतेसम्मका लागि आफ्नो थप संघर्षको कार्यक्रम घोषणा गरेको छ । सद्भावनाले मन्दिरमा प्रार्थना, उपासना लगायतका आन्दोलनका कार्यक्रम राखेको छ । मोर्चाको नाकामा भएको धर्ना कार्यक्रममा विराटनगरको झडपमा सद्भावना अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि उसले सरकारसँगको वार्ता र संवादसमेत रोकेको छ । सरकारले माफी नमागेसम्म कुनै पनि छलफल र संवादमा भाग नलिने सद्भावनाले जनाएपछि मोर्चाका अन्य घटकका तीन सदस्य कार्यदलमा सहभागी छन् । आन्दोलनको स्वरुप परिवर्तन हुने संकेत चार महिनाभन्दा बढी समयदेखिको बन्दले कार्यकर्ताहरु नै दिक्क मान्दै जाँदा आन्दोलन प्रभावकारी नभएको भन्दै मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने संकेत गरेको छ । मोर्चाको शुक्रबार बस्ने बैठकमा आन्दोलनको समिक्षा गर्दै थप आन्दोलन तत्काल घोषणा गर्ने वा नगर्ने र तत्काल घोषणा गरे कस्तो आन्दोलन गर्ने भन्ने निर्णय गर्ने मोर्चाका एक नेताले जानकारी दिए । मोर्चाको विहीबार बसेको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि शुक्रबार पुनः बैठक बस्न लागेको हो । मोर्चाका केही नेताहरु राजधानी बाहिर रहेकाले आउन ढिला भएको भन्दै मोर्चाको बैठक भने अझै बस्न सकेको छैन । संयन्त्रमार्फत सीमांकन टुंगो लगाउनेबारे निर्णय गर्ने मोर्चाको आजको बैठकले सीमाकंनको विषयलाई संयन्त्रबारेमा टुंगो लगाउने नलगाउने भन्नेमा पनि निर्णय गर्ने बताइएको छ । विश्वासनीय आधार र प्रमुख तीन दलको प्रतिवद्धता आएमा संयन्त्रमार्पmत सीमांकनको टुंगो लगाउन सकिनेमा कार्यदलको विहीबारको बैठकमा मोर्चा सदस्यहरुले संकेत गरेका थिए । संवादबाट नै समस्याको समाधान गर्ने र मोर्चाको ११ बुँदे मागसहित सबै विषयमा छलफल गरी टुंगो लगाउने सहमतिमा मोर्चाले आफ्नो तीन सदस्य कार्यदल बनाएको थियो । मोर्चासहितको कार्यदलको दुई वटा वैठक सकारात्मक भएको नेताहरुले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending