Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नयाँ संविधानमा महिला अधिकार सुनिश्चित : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले महिला सशक्तिकरणका लागि एकतावद्ध भएर काम गर्न अपील गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री कोइरालाले महिलालाई अधिकार सम्मपन्न बनाउन र सशक्तिकरण गर्नका लागि एक भएर काम गर्न सबै सरोकारवालाहरुसँग अपील गरेका हुन् । ‘नेपाली महिलाहरुलाई अधिकार सम्पन्न बनाएर नेपाली समाजलाई आर्थिक र सामाजिक विकासमा विश्वका सम्पन्न र विकसित मुलुकहरुको समकक्षमा पुर्याउन यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैर सरकारी, निजी क्षेत्र तथा नागरिक समाजलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन हार्दिक अपिल गर्दछु ।’ शुभकामना सन्देश दिदै कोइरालाले भनेका छन्, ‘महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गर्दै महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न नेपाल सरकारले अख्तियार गरेको शून्य सहनशिलताको नीति अबलम्बन गर्दै महिला सशक्तिकरण गर्ने अभियानमा एकताबद्ध भएर लाग्न समस्त दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्दछु ।’ जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका नेपाली महिलाहरुको समग्र विकास नगरिकन नेपालको विकास संभव छैन । नेपालको अन्तरिम संविधान, २०६३ ले कुनै पनि नेपालीलाई लिङ्ग,धर्म, जातजाति वा बसोबासको आधारमा भेदभाव नगरिने स्पष्ट ब्यवस्था गरेकोसमेत उनले सन्देशमा उल्लेख गरेका छन् । महिला विरुद्धको हिंसालाई दण्डनीय अपराधको रुपमा लिने कानूनी व्यवस्था भएको भन्दै उनले महिलाहरुको सहभागिता विना मुुलुकको आर्थिक र सामाजिक विकासले गति लिन नसक्ने प्रष्ट्याए । त्यसैले सरकारी नीति तथा कार्यक्रम निर्माण र कार्य योजनाहरुको तर्जुमा गर्दा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको दाबी गरे । महिलाविरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँच वर्षे “लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९” तर्जुमा गरी केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्र मार्फत कार्यान्वयनमा ल्याइएकोेले संविधानसभाले अब बनाउने संविधानमा समेत महिलाहरुका अधिकार सुरक्षित गरिने विश्वास उनले व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy