Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सुरु भयो“स्कुल–स्कुलमा” अभियान

प्यूठान । लागुपदार्थको सेवनसँगै महिला तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबारे बालबालिकालाई जानकारी दिन भन्दै प्रहरीले विद्यालय केन्द्रित अभियान सुरु गरेको छ । \"pyuthan_district\" “स्कुल–स्कुलमा” पुगेर बालबालिकालाई लागुपदार्थको प्रयोगसँंगै महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा जानकारी दिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको प्रहरीले जनाएको छ । उत्तरी प्यूठानको बाल शिक्षा उमावि ओखरकोटबाट विद्यालयस्तरमा विद्यार्थी अनुशिक्षण कार्यक्रमको सुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालयले जिल्लामा हरेक महिना दुई वटासम्म विद्यालयमा लागुपदार्थको सेवन, बाल विवाह तथा बालहिंसाका विषयमा जानकारी दिनेगरी विद्यालय कार्यक्रम सुरु गरेको छ । कक्षा ८ देखि १० सम्म र उच्चमाविमा अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँको आर्थिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो । विद्यालयस्तरको कार्यक्रम जिल्लाका सबै गाविस र प्यूठान नगरपालिकामा सञ्चालन गर्ने योजना रहेको प्रहरी नायब निरीक्षक सञ्जीव दुलालले बताए । पहिलो दिनको कार्यक्रम प्यूठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र प्रहरी नायब निरीक्षक सञ्जीव दुलालले सहजीकरण गरेका थिए । कार्यक्रममा बालशिक्षा उमाविका प्राचार्य विष्णुप्रसाद पोख्रेलले महिला तथा बालबालिकाको क्षेत्रमा हुने हिंसा न्यून गर्न विद्यालय केन्द्रित कार्यक्रमको आवश्यकता पर्ने बताए । लैंङ्गिक हिंसा जिल्ला समन्वय समिति प्यूठानका अध्यक्ष एवम् मानवअधिकारकर्मी पार्वता आचार्यले बालबालिकासँगै युवावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीका लागि कार्यक्रम महत्वपूर्ण भएको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies