पौष २६ गते, २०७२ आइतवार 10th January, 2016 Sun१४:५३:१४ मा प्रकाशित
वीरगन्ज। नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि रु ३३ अर्ब राजस्व घाटा भएको छ ।
वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो पाँच महिनामा आयात निर्यात ठप्प हुँदा यतिधेरै राजस्व घाटा भएको हो । मधेस केन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि आयात निर्यात पूर्णरुपमा ठप्प भएको छ ।
चालु आवको मङ्सिर मसान्तसम्म रु ३९ अर्ब ४५ करोड राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले उक्त अवधिमा जम्मा रु १४ अर्ब ४३ करोड मात्र असुली गर्न सकेको छ । पुस मसान्तसम्म रु ४७ अर्ब ७५ करोड राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा पुस १५ गतेसम्ममा रु १४ अर्ब ६८ करोड ६९ लाख मात्र असुली गर्न सकेको छ । सो भन्सार कार्यालयले दैनिक रु २५ करोडदेखि रु ३० करोडसम्म राजस्व असुली गर्दै आएको छ ।
यस्तै कात्तिक महिनामा रु सात अर्ब ३० करोड ५९ लाख राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा रु सात करोड ३९ लाख ९३ हजार तथा असोजमा रु सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार राजस्व असली गर्ने लक्ष्य तोकिएकोमा रु दुई अर्ब ६४ लाख ६७ हजार असुली गरेको छ । भदौमा रु आठ अर्ब ८२ करोड ५० लाख २८ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकोमा रु चार अर्ब ९१ करोड १३ लाख ३७ हजार असुली गर्न सकेको थियो ।
बन्द हडताल र नाकामा भएको अवरोधका कारण भन्सारलाई सर्वा्धिक राजस्व बुझाउने सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको निर्वाध आयात हुन नसकेकाले लक्ष्य अनुरुपको राजस्व असुली गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यलयका सुचना अधिकृत सुशिल शर्माका अनुुशार “हाल भारतबाट किनमेल गरेर आउने यात्रुबाट दैनिक थोरै परिमाणमा राजस्व लिने काम भइरहेको छ”
मुलुकको कुल भन्सार राजस्व असुलीमध्ये वीरगन्ज भन्सार कार्यालयलाई मात्र ५१ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य दिएको छ । भन्सार विभागले चालु आवका लागि रु दुई खर्ब पाँच अर्ब भन्सार राजस्व असुली गर्ने लक्ष्य लिएको छ भने वीरगन्ज भन्सार कार्यालयलाई मात्र रु एक खर्ब तीन अर्ब राजस्व असुली गर्ने लक्ष्य तोकिएको शर्माले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: