Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

होसियार ! तपाईको मुटु थाहै नपाई बिग्रन सक्छ ? स्वस्थ राख्न अपनाउनुस् यी तरिकाहरु

\"heart-750\"   मुटु मानिसको अति सम्वेदशील अंग मध्ये एक मानिन्छ । मुटुको स्वस्थता बिना हामी केहीपछि गर्न सक्दैनौं । व्यस्त जीवनले हाम्रो मुटु खराव बनाईरहेको हुन्छ । तर हामीले खानपिनमा थोरै मात्रै होसियारी अपनायौं भने हाम्रो मुटु स्वस्थ हुन्छ । मुटु विशेषज्ञहरुका अनुसार ति उपायहरु के के हुन् ? आउनुहोस् यसबारेमा जानकारी लिउँ: काला चक्लेट खाने :  डिर्पाटमेन्टहरुमा प्याकेटमा पाइने काला चक्लेटले रक्तचापलाई नियन्त्रण गने र रगतलाई जम्न वा बाक्लो हुनबाट जोगाउँने कुरा विशेषज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार यसले कोलस्टोललाई पनि नियन्त्रण गर्छ । यी चक्लेटमा चिनीको मात्रा पनि न्यून हुनाले मुटुका जुनसुकै रोगिलाई खानको लागि चिकित्सकहरुले सल्लाह दिन्छन् । बदाम खाने : हरेक साता नियमित रुपमा कम्तिमा पाँच औंस बदाम खाएमा मुटुसँग सम्बन्धित रोगको खतराबाट मुक्ति मिल्ने विज्ञहरुको राय छ । बदामले शरिरको न्युन घनत्वको यौगिक अर्थात् कोलेस्ट्रोललाई घटाइदिने र उच्च घनत्वको यौगिकलाई बढाइदिन्छ, जुन प्रक्रिया स्वास्थका लागि निकै लाभदायी हुन्छ । \"cardiovascular\" जौको ढिडो खानेः फाइबरयुक्त यस खानाले एलडीएल कोलेस्टोललाई कटौती गरि शरिरलाई स्वस्थ बनाउन सहयोग गर्छ । ढिडो पोषण र शक्तिको महत्वपूर्ण स्रोत पनि हो । तसर्थ कोलेस्ट्रोलको तहलाई नियन्त्रण गर्न दैनिक जौको ढिडो खानुहोस् । ताजा माछा खानेः वास्तवमा माछा मानिसको मुटुको लागि निकै नै लाभदायी खानेकुरा हो । सातामा दुई पटक कम्तिमा दुई कचौरा तेलीय माछा र त्यसको झोल खाएमा तपाईँको मुटु सदा स्वस्थ र सुन्दर हुन्छ । त्यसो त माछा आफैँमा निकै स्वादिलो हुन्छ । स्वस्थ राख्ने अन्य उपायहरु सक्रिय हुनुहोस : जति तपाई निष्क्रिय हुनुहुन्छ त्यति नै मुटु रोगको खतरा हुन्छ । व्यायाम गर्न आफूहरुलाई समय नभएको मानिसहरुले बारम्बार गुनासो गर्छन् । तर, यो एउटा अल्छि बहाना मात्र हो । हामीले आवश्यक भन्दा बढी खान्छौं तर आवश्यक भन्दा कम व्यायाम गर्छों । जीवन तनाबै तनाबमा बिताएका हुन्छौं, जसका कारण स्वस्थ मानिसले पनि मुटु रोग निम्त्याएका छौं । सन्तुलिन र फाइबरयुक्त खाना खानुहोस् : चिल्लो खानेकुरा कहिल्यै पनि नखानुहोस् । चिल्लो खानेकुरा त्यस्तो खानेकुरा हो जस्ले तपाईको मुटुलाई सिधा असर गर्दछ । त्यसकारण तपाईले चिल्लो खानेकुरा खाँदा एकदमै ध्यान पु¥याउनुपर्ने विशेषज्ञहरको सुझाव छ । उनीहरुका अनुसार पर्याप्त फलफुल खादा स्वास्थको लागि समेत फलदायी हुने बताएका छन् । नियमित मुटु परीक्षण गर्नुहोस: यदि तपाई मुटुको रोगी हुनुहुन्छ भने सम्भव भए तीन महिना नत्र हरेक ६ महिनामा मुटुको परीक्षण गर्नुहोस् । धुमपान र सूर्ती सेवन आजैबाट छोडिदिनुहोस् । रक्तचाप घरमै परीक्षण गर्नुहोः रक्तचाप नाप्ने यन्त्रको प्रबन्ध घरमै गर्नुहोस् । सामान्य अवस्थामा, डर लाग्दा वा काप्दा नाडीको गति कति बढिरहेको छ, आफै हेक्का राख्नुहोस् । त्यस्तै मुटुको धड्कनबारे पनि ख्याल गर्नुहोस् । बारम्बार रक्तचाप जाँच गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: