Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

हंगामा मच्चाउने ‘अज्ञात योग गर्ल’

\"nude\"काठमाडौं । तस्बिर सेयर गर्ने सोसल वेबसाइट इन्टाग्रामको स्पष्ट नीति नै छ– अश्लील तस्बिर अपलोड गर्न पाइनेछैन। यसलाई उल्लंघन गरेको अवस्थामा उक्त एकाउन्टको इन्स्टाग्राम ब्लक गरिन्छ । यद्यपि केही समययता इन्स्टाग्रामको यो नीतिलाई चुनौती दिँदै एउटी युवतीले नग्न तस्बिर अपलोड गरेकी छिन् । रोचक कुरा, उक्त तस्बिर पोस्ट गर्ने युवतीको प्रोफाइल ब्लक भएको छैन । किन ? सम्भवत ती युवतीका तस्बिरलाई अश्लील मान्ने कि नमान्ने भन्ने कुरामा अन्यौल छ किनभने त्यसमा उनी विभिन्न योगआसन मुद्रामा छिन् । चलाखीपूर्ण ढंगले उनले तस्बिरमा नग्न कम र कलात्मकताको रंग बढी पोतेकी छिन् । त्यसैले यसलाई अश्लीलको कोटीमा राखिएको छैन । यी सबै तस्बिर ब्ल्याक एन्ड ह्वाइट छन् । अर्को रमाइलो कुरा के छ भने इन्स्टग्राममा सबैभन्दा बढी हेरिएको तस्बिरमा यसले कीर्तिमान बनाएको छ । \"nude2\"हफ पोस्टले योग गर्ने ती युवतीका सम्बन्धमा ‘इन्स्टग्राममार्फत मानिसलाई स्वास्थ्यप्रति जागरूक’ बनाएको भनेर प्रशंसा गरेको छ । उनको योगासन यति सहज छ कि मानिसहरूले त्यसलाई सजिलै अनुसरण गर्न सक्छन् । उनका सबै तस्बिरमा आत्मविश्वास झल्कन्छ । तस्बिरको मुनि उनले क्याप्सन पनि राखेकी छिन् । मानिसलाई योग गर्न आफूले प्रेरित गरेको उनको भनाइ छ । न्युयोर्क म्यागजिनले ती युवतीका सम्बन्धमा लेखेको छ–‘अहिलेको समयमा फिटनेस सबैभन्दा ठूलो ट्रेन्ड भएको छ र जुन युवतीले यो तस्बिर अपलोड गरिन्, उनी एकदमै प्रतिभाशाली मोडल तथा फोटोग्राफर हुन् ।’ पत्रिकाले युवतीको भनाइ उद्धृत गर्दै ‘नग्न योगले मलाई स्वतन्त्रताको भावना पलाउँछ’ लेखेको छ । उनले थपेकी छिन्– ‘योगले मलाई यो कुरा सिकाएको छ कि, आफू भित्री रूपमा जस्तो छौ, त्यस्तै स्वीकार गर । म भित्री रूपमा जस्तो छु, बाहिर पनि त्यस्तै हुनुपर्छ भन्ने कुरा योगले नै मलाई सिकाएको हो । संसारमा कुनै पनि व्यक्ति कसैसँग तुलना हुन सक्दैन । जब म योग र ध्यानमा हुन्छु, तब कसैका सम्वन्धमा सोच्दिनँ ।’ \"nude3\"ब्ल्याक एन्ड ह्वाइट तस्बिरलाई पनि उनले अर्थपूर्ण ढंगले व्याख्या गरेकी छिन् । उनको भनाइअनुसार त्यस किसिमको तस्बिरमा छायाँको उपयोग कलात्मक तरिकाले गरिएको छ । आखिर जे भए पनि यी युवतीलाई उक्त तस्बिरले रातारात स्टार बनाइदियो । युवती २५ वर्षकी हुन् र उनले १० वर्ष यता नियमित योग अभ्यास गरिरहेकी छिन् । केही वर्षदेखि उनले नियमित योग गर्न थालेकी छिन् । इन्स्टाग्राममा उनलाई फलो गर्नेहरूको संख्या लाखौंमा छ । योग गर्लले भनेकी छिन्– ‘पहिले मलाई आफ्नो शरीरप्रति उति प्रेम थिएन, जति योग गर्न सुरु गरेदेखि महसुुस भएको छ । तपाईं कस्तो देखिनुहुन्छ, त्यो कुरा त्यति महत्त्वपूर्ण होइन बरु महत्त्वपूर्ण त के छ भने तपाईं कस्तो हुनुहुन्छ र आफूलाई कुन रूपमा स्वीकार गर्नुहुन्छ । कसैले अर्काको गल्ती देख्न सक्छन् र विशेषता पनि देख्न सक्छन् । ठूलो कुरा यो हो कि, तपार्इं के देख्न सक्नुहुन्छ र के मन पराउनुहुन्छ ?’ \"Nude4\"उनका यी सबै तस्बिर आफ्नो ब्वाइफ्रेन्डले खिचेको बताएकी छिन् । यसलाई कलात्मक ढंगले खिचिएकाले भड्किलो र अश्लील नदेखिएको उनको दाबी छ । आफ्नो अनुहारमा भावभङ्गीका साथ सहज रूपमा योग गरेको ती युवतीले बताएकी छिन् । साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: