Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

आर्सनल लिभरपुलसँग रोकियो, लेष्टर सिटी दोस्रो स्थानमा

\"Allen-afp काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुई–दुई गोलको बराबरी खेलेका आर्सनल र लिभरपुलले दोस्रो हाफमा एक एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । लिभरपुलका रोबर्टो फिरमिनोले खेलको १० मिनेटमा नै खेल गरी खाता खोलेका थिए । तर त्यसको चार मिनेटपछि आर्सनलका एरोन राम्सीले गोल गरी खेललाई बराबरी तुल्याए । खेलको १९ औँ मिनेटपछि लिभरपुलका रोर्वेटोले नै अर्को गोल गरे । खेलको २५ औं मिनेटमा आर्सनलका ओलिभर जिराउडले गोल गर्दै खेल पुनः २–२ को बराबरीमा ल्याए । दोस्रो हाफमा खेलको ५५ औँ मिनेटमा जिराउडले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । अन्तिम समयसम्म पनि जित नजिक पुगेको आर्सनल ९० औँ मिनेटमा लिभरपुलका जोइ एलेनले गोल गरेपछि आर्सनल बराबरीमा रोकिन पुग्यो । यस्तै बुधबार राति नै भएको अर्को खेलमा टोटनह्याम पराजित भएको छ । टोटनह्याम लेष्टर सिटीसँग एक सुन्य गोल अन्तरले पराजित भएको हो । खेलको ८३ औँ मिनेटमा रोवेट हुथले गरेको गोल नै लेष्टर सिटीको जितका लागि निर्णायक बन्यो । बुधबार राती भएको अर्को खेलमा चेल्सी वेष्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । चेल्सी बेष्ट ब्रुमसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि पनि आर्सनल २१ खेलबाट ४३ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान ४३ अंक नै रहेको लेष्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । समान खेलमा ४० अंकका साथ म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ । लिग दाबेदार मानिने चेल्सी भने चालु सिजनमा १४ स्थानमा छ । बुधबार राती भएको अन्य खेलमा म्यान्चेष्टर सिटी इभरटोनसँग गोलरहित बराबरीमा रोकियो भने वाटफोर्डसँगको खेलमा साउथ ह्यामटन २–० ले विजयी भयो । यस्तै, स्टोकले नर्विचलाई ३–१ पराजित गर्दा स्वान्सी सण्डरल्याण्डसँग ४–२ ले पराजित हुन पुग्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: