Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

विश्व चर्चित फुटबल खेलाडी मेसी कस्ता छन् ? यस्तो छ उनको आनीबानी र स्वभाव

\"IMG_4288-750\" फिफाले सन् २०१५ का वर्ष खेलाडीका रूपमा अर्जेन्टिना फुटबलर लियोनल मेसीलाई घोषणा ग¥यो । यससँगै यो उपाधि सबैभन्दा धेरै जित्ने खेलाडीको सूचीमा फेरि पहिलो स्थानमै रहेका छन् मेसी । उनले पाँचपटक यो उपाधि आफ्नो पोल्टामा पारिसकेका छन् । उनको खेलका प्रशंसक विश्वभर करोडौं छन् । तर, उनको व्यक्तिगत आनीबानी र स्वभावबारे टिभीको पर्दामा खेल हेरेर दंग पर्नेलाई कमै थाहा होला । यति धेरै फ्यान भएका मेसी भने अन्तर्मुखी स्वभावका छन् । विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको मेसीका स्वभावः गुलियो मन पराउँछ : मेसी सानैदेखि गुलियो भनेपछि हुरुक्क हुन्थे । कतिसम्म भने गुलियोप्रतिको उनको मोहलाई कोचले समेत उपयोग गरे । मेसीले हरेक गोल बापत कोचले उनलाई प्रोत्साहनस्वरूप चिनी प्रशस्त मिसाइएको बिस्कुट दिने गर्थे । राम्रो खेल्ने लालसामा गुलियो बिस्कुटको आकर्षण थपिएपछि मेसी पनि गोल गर्न मरिमेटेर लागिपर्ने गर्थे । खानाका पारखी हुन, मेसी । उनको सबैभन्दा मन पर्ने परिकार बोनलेस मिटबाट बन्ने इस्केलोप मिलानिज नाम गरेको अर्जे्न्टिनामा प्रचलित परिकार हो । मेसी सानो छँदा उनकी आमाले हप्तामा दुई अथवा तीनपटक सो परिकार बनाउनैपथ्र्यो । मेसी ठूलो भएपछि पनि मन परेको खाना खान मरिमेट्थे । खानपानमा परहेज नअपनाउने उनको स्वभावमा अंकुश लगाउन कोचलाई हम्मे–हम्मे पर्ने गथ्र्यो । सागपात र सलाद भने मेसीको रोजाइमा हत्तपत्त पर्दैन थियो । बोल्नै मान्दैनन् मेसी : किशोरवयमा मेसी अपरिचित मानिससँग असाध्यै लजाउँथे । नयाँ मानिससँग बोल्न भनेपछि उनको शरीरमा काँडा उम्रिएलाझैँ हुन्थ्यो । यस्तो स्वभावका कारण कतिपयले उनलाई ‘लाटो केटो’ भनेर जिस्क्याउनेसम्म गर्थे । केही कुरामा चित्त बुझेन भने उनी बोलेर होइन, संकेतमार्फत असन्तुष्टि जायर गर्ने गर्थे । किशोर छँदा एक दिन उनी मुखमा प्लास्टिकको चमच हालेर खेलमैदान छिरे । मुखमा चमच बोकेरै उनले गेम खेले । उदास भएका वेला मेसी यसो गर्ने गर्थे । मेसी त्यो दिन किन उदास भए ? अहिलेसम्म कसैलाई थाहा छैन, किनकि उनले उदासीको कारण कसैसँग सेयर गरेनन् । मेसीको स्वभाव अनौठो बन्दै गएपछि शिक्षकले उनका आमाबाबुलाई मनोवैज्ञानिकको परामर्श लिई छोराको उपचार गर्न सुझाब दिएका थिए । अहिले उनमा आत्मविश्वास निकै बढेको छ । तैपनि, उनको नबोल्ने स्वभाव गइसकेको छैन । फोनमा उनी हत्तपत्त बोल्दैनन् । मेसीको स्वभावबारे म्याराडोनाले सटीक टिप्पणी गरेका छन्, ‘बरु भगवान्को अन्तर्वार्ता लिन सजिलो होला, मेसीसँग फोनमा कुराकानी गर्न सकिँदैन ।’ स्कुलमा पढ्दाताका शिक्षकसँग कुनै प्रश्न गर्नुपर्ने भयो भने मेसी आफैँ हात उठाउँदैनथे, छेउको साथीले उनको हात उठाइदिनुपथ्र्यो । कुनै महत्त्वपूर्ण समाचार कसैलाई दिनु छ भने उनी फोन गर्दैनन्, एसएमएस गर्छन् । सुन्तलाले खोलेको हो मेसीको भाग्य ल्याटिन अमेरिकातिरबाट खेलाडी तान्न बार्सिलोनाले अर्जेन्टिनामा आफ्ना प्रतिनिधि पठायो । फाबियन सोल्डिनी नाम गरेका ती प्रतिनिधिले मेसीका बाबुलाई भेटे र मेसीको परीक्षा लिने अनुमति दिए । त्यतिवेलाको क्षण सम्झिँदै सोल्डिनी भन्छन्, ‘मैले मेसीलाई भेटेँ । केही सुन्तला र टेनिस बल उनको हातमा थमाइदिएँ ।’ ‘एकैपटक सकेसम्म धेरै सुन्तला र टेनिस बल दुई हातबीच खेलाउने अभ्यास एक हप्तासम्म गर्नु । एक हप्तापछि म आउँछु र तिम्रो प्रगति हेर्छु,’ सोल्डिनीले भने । एक हप्तापछि मेसीले सुन्तला र टेनिस बल दुई हातबीच खेलाएर सोल्डिनीलाई चकित तुल्याए । सोल्डिनीले मेसीको पर्फमेन्सको भिडियो खिचे र बार्सिलोनाको मुख्यालयमा पठाए । उताबाट खबर आयो, ‘चाँडै मेसीलाई लिएर आउनू ।’ यसरी जुँगाको रेखीसमेत नबसेको अर्जेन्टिना ठिटोलाई बार्सिलोनाले हायर ग¥यो । \"sepp_4cb883789a88e-750\" डरछेरुवा छन् मेसी : बार्सिलोना क्लबले मेसीलाई बोलाएपछि अर्जेन्टिना फुटबल महासंघले मेसीजस्तो प्रतिभावान् खेलाडीलाई सदाका लागि गुमाउनुभन्दा पहिले आफ्नो राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय ग¥यो । त्यसका लागि महासंघले मेसीलाई चिठी लेख्यो । तर, महासंघलाई मेसीबारे खासै जानकारी थिएन । बार्सिलोनाले प्राप्त गरेको चिठीमा प्रापक नाम लेखिएको थियो, लियोनल मेक्की । २० वर्षभन्दा कम उमेरमा अर्जेन्टिनाबाहिर खेल्न पाउने भाग्यशाली अर्जेन्टिना मेसी मात्रै हुन् । राष्ट्रिय टोलीमा मेसीको छनोट बेखुसीको शृंखला पार गर्दै अघि बढ्यो । केहीले त राष्ट्रिय टोलीमा उनको आबद्धताले अन्य खेलाडीको मनोबल गिरेको टिप्पणीसमेत गरे । मेसीले राष्ट्रिय टोलीमा राम्रो खेल्दैनन्, जति बार्सिलोनाका लागि खेल्छन् भन्ने आरोप पनि लाग्यो । उनले अर्जे्न्टिनाको राष्ट्रिय गान नगाएको भन्ने आरोपसमेत लाग्ने गर्छ । मेसीलाई डरछेरुवा र कोमल हृदयको ठान्नेहरू पनि छन् । सन् २०१० को वल्र्ड कपमा जर्मनीबाट नराम्ररी पराजित भएपछि उनी ड्ेरसिङ रुममा नराम्रोसँग रोएका थिए । हजुरआमा सम्झन्छन् मेसी : मेसीलाई उनकी हजुरआमाले फुटबल खेल्न प्रोत्साहन गरेकी थिइन् । उनले नै मेसीलाई फुटबलको तालिम लिने ठाउँमा लैजाने गर्थिन् । आफ्नो नातिलाई यसरी सिकाउनु भन्दै कोचलाई सम्झाउने गर्थिन् । मेसी १० वर्षको हुँदा हजुरआमा बितिन् । मेसी अहिले पनि आफ्नी हजुरआमाका बारेमा अधिक कुरा गर्छन् । गोल गरेपछि आकाशतिर औँला उठाउँछन् । उनलाई लाग्छ कि उनकी हजुरआमा आकाशको कुनै दिव्य देशमा छिन् । ‘म उहाँलाई धेरै याद गर्छु । आज म जे बनेको छु, त्यो उहाँले देख्न पाए हुन्थ्यो भन्ने चाहन्छु । त्यसकारण, मैले मेरा हरेक गोल उहाँलाई नै समर्पण गर्ने गरेको छु ।’ फुटबल खेलमा लाग्न मेसीलाई उनको परिवारले ठूलो सहयोग गरेको थियो । उनले दायाँ पाखुरामा आमाको अनुहार खोपाएका छन् । \"150610165210-lionel-messi-qatar-airways-exlarge-169-750\" रक्सी पिएपछि मात्र बोल्छन् ‘क्याटालान’ मेसी क्याटालान भाषा बुझ्छन्, तर बोल्दैनन् । रक्सीको मात चढ्दै गएपछि भने क्याटालान भाषामा फरर बोल्न थाल्छन् । यो भाषा उत्तरपूर्वी स्पेन र सीमावर्ती फ्रान्सका भू–भागमा बोलिन्छ । बार्सिलोना क्लबले आफ्ना सम्पूर्ण खेलाडीमा यो भाषाको ज्ञान आवश्यक पर्ने मापदण्ड बनाएको छ । एकपटक बार्सिलोनाको एउटा उत्सवमा मेसीले मेगाफोन समाते, बसको छतमा चढे र क्याटालान भाषामा चिच्याए, ‘बार्सिलोना जिन्दावाद, क्याटालोनिया जिन्दावाद र अर्जेन्टिना जिन्दावाद †’ त्यसवेला उनले टाउकोमा स्कार्फ लगाएका थिए । उनी मस्त मातेका थिए । लामकाने भन्छन् उनलाई साथीहरू मेसीका धेरै साथी छन् । कान लामो भएकाले साथीभाइले उनलाई लामकाने भनेर जिस्क्याउने गर्छन् । उनको फुटबलकलाको भने सबैले सम्मान गर्छन् । उनी ब्राजिलियन साथीसँग हुँदा सहज महसुस गर्छन् । डेको र रोनाल्डिन्हो उनका सबैभन्दा असल मित्र थिए । उनले ती दुई साथीहरूको जर्सी नम्बर १० र २० जोडेर हुने ३० संख्याको जर्सी छानेका थिए । यी दुईले रात्रिजीवनको मज्जा लुट्न मेसीलाई पल्काएका थिए । ब्राजिलका ड्यानी एल्भेस र स्पेनका पिन्टो पनि उनका नजिकका मित्र थिए । स्रोतः नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies