Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

धुलिखेलमा युवा व्यवस्थापिका संसद सुरु, राई प्रधानमन्त्री, कार्की सभामुख निर्वाचित

धुलिखेल । काभ्रेको धुलिखेलमा नमुना युवा व्यवस्थापिका संसद सुरु भएको छ । भूकम्प प्रभावित १४ जिल्लासहित १८ जिल्लाका ८९ युवाहरु सहभागी संसदले प्रधानमन्त्रीमा भोजपुरका सुधिर राईलाई निर्वाचित गरेको छ भने मकवानपुरकी मञ्जु कार्की सभामुखमा निर्वाचित भएकी छन् । कुल खसेको ८९ मतमध्ये ३५ मत ल्याएर सुधिर राई प्रधानमन्त्री निर्वाचित भएका हुन भने ५२ मतसहित कार्की सभामुख निर्वाचित भएकी हुन् । प्रधानमन्त्रीका लागि ६ जना चुनावी प्रतिष्पर्धामा थिए भने सभामुखका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । \"youth_parliament_2016\" प्रधानमन्त्रीमा दोश्रो मत ल्याएर पराजित भएकी बाँकेकी समिक्षा गुरुङ प्रमुख प्रतिपक्षी दलको नेता चुनिएकी छिन भने सभामुखमा दोश्रो मत ल्याएर पराजित युवराज तामाङ उपसभामुख चयन भएका छन् । मन्त्री पदका लागि २२ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ओमप्रकाश चौहान गृहमन्त्री, पुर्णकुमारी राई संघिय मामिला तथा स्थानिय विकास मन्त्री, इन्द्र बहादुर खड्का अर्थमन्त्री, अमृत देवकोटा युवा तथा खेलकुद मन्त्री, कोपिला गुप्ता स्वास्थ्य मन्त्री, बिनोद खाती शिक्षा मन्त्री, कुमारी राई महिला बालबालिका तथा समाज कल्याण मन्त्री र मदन बि.क. कानुन, न्याय तथा संसदिय मामिला मन्त्री चयन भएका छन् । ‘सिमान्तकृत युवाहरुको अर्थपूर्ण सहभागीता, समावेशी लोकतन्त्रको सफलता’ भन्ने नारासहित स्विडिस विकास नियोगको सहयोगमा हिमालयन ह्मुमन राईट्स मोनिटर्स(हिमराईट्स)ले राष्ट्रिय युवा व्यवस्थापिका संसदको आयोजना गरेको हो । संसदिय अभ्यासद्धारा भूकम्प प्रभावित क्षेत्रका युवाहरुको नेतृत्व विकास तथा स्थानिय शसक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको हिमराईट्सका अध्यक्ष अञ्जना शाक्यले बताईन् । \"NYLP_2016-600\" कार्यक्रममा गोरखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, बाँके, भोजपुर लगायतका १८ जिल्लाका १८ देखि २६ बर्षका सिमान्तकृत युवाहरुको सहभागीता रहेको छ । भूकम्प प्रभावित क्षेत्रका युवाहरुलाई सामाजिक रुपान्तरणको प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गराउने उदेश्यले संसदिय अभ्यास कार्यक्रम आयोजना गरिएको हिमराईट्सका कार्यक्रम संयोजक राजन महर्जनले बताए । चार दिनसम्म सञ्चालन हुने संसदिय अभ्यासपछि धुलिखेल घोषणा पत्र जारी गरिने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies