Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

रहस्यैरहस्यले भरिएको उत्तर कोरियाको अनौठो पाटो यस्ताे छ

\"North_Korea\"काठमाडौं । रहस्यमय देश’ अर्थात् उत्तर कोरियाका सम्बन्धमा यस्ता थुप्रै रहस्य छन्, जुन उद्घाटित हुन बाँकी नै छन् । यही रहस्यमय देशले हालै हाइट्रोजन बम परीक्षण गरेर विश्वमा नयाँ तरंग पैदा गर्‍यो । हाइट्रोजन बम परीक्षणको आदेश दिँदै  किम जोङ उनले भनेका थिए– ‘अंग्रेजी नयाँ वर्ष २०१६ लाई धूमधामका साथ स्वागत गर । भव्य विस्फोटसहित विश्वलाई चकित तुल्याइदेऊ । विश्वले देखोस् कि हामीसँग कति शक्ति छ ?’ दुस्खको कुरा, त्यही ‘शक्ति’का पछाडि उसको कुरूप तस्बिर छ । कतिले यसो पनि भन्ने गरेका छन् कि, उत्तर कोरियाका केही क्षेत्रका मानिस यति गरिब छन् कि उनीहरू घाँस खान्छन् । केही समयअघि एक फोटोग्राफरले उत्तर कोरियाका केही कुरूप तस्बिर बाहिर ल्याएका थिए । ती फोटोग्राफरले खिचेका तस्बिरहरू त्यतबेला स्थानीय प्रशासनले डिलिट गर्न लगाएको थियो । भाग्यवश उनको क्यामेराको मेमोरीमा केही यस्ता तस्बिर बाँकी रहे, जसले उत्तर कोरियाको वास्तविक तस्बिर छर्लङ्ग पाथ्र्यो । उक्त तस्बिरले शक्तिशाली उत्तर कोरियालाई ‘गरिब र कमजोर’ देखाएको थियो । अनौठो छ देश उत्तर कोरियाका सम्बन्धमा त्यति धेरै खुलासा भएको छैन । कमैले मात्र यो देशलाई जान्दछन् किनभने कम्युनिष्ट तानाशाही शासन भएको उत्तर कोरियामा जो–कोहीलाई प्रवेश गर्ने अनुमति छैन । उत्तर कोरियाले आफ्ना सम्बन्धमा बढाइचढाइ तस्बिर सार्वजनिक गर्ने गरेको छ । त्यहाँका मानिस कतिपय आधारभूत सेवा–सुविधाबाट वञ्चित छन् । कतिसम्म भने उनीहरूले पढ्नका लागि पत्रिकासमेत सहज रूपमा पाउँदैनन् । बस स्ट्यान्ड तथा रेल्वे स्टेसनमा मात्र पत्रिका राखिएको हुन्छ, पढ्न चाहनेहरूले त्यही पुग्नुपर्छ । उत्तर कोरियाको आफ्नो छुट्टै क्यालेन्डर छ । वर्षको गणना संस्थापक नेता किम इल सुङको जन्मदिन १५ अप्रिल १९१२ बाट हुन्छ । हरेक पाँच वर्षमा त्यहाँ चुनाव हुन्छ यद्यपि त्यसमा कुनै विकल्प हँुदैन । त्यसैले कम्युनिष्ट तानाशाहलाई नै शतप्रतिशत मत प्राप्त हुन्छ । कम्युनिष्ट तानाशाहकै नियम सर्वोच्च मानिन्छ । एउटा छुट्टै रहस्य त्यसो त उत्तर कोरियाले १९८५ मा परमाणु अप्रसार सन्धिमा मन्जुरी दिएको थियो । यसअनुसार उसले सक्रियपूर्वक आणविक हतियार विकास गर्न पाउँदैन, तर अहिले उत्तर कोरियाले उक्त सम्झौताको धज्जी उडाउँदै ‘शक्ति प्रदर्शन’ गरेको छ । कुनै समय पाकिस्तानले उत्तर कोरियालाई आणविक बम बनाउन सहयोग गरेको थियो । पाकिस्तानका परमाणु वैज्ञानिक अब्दुल कादिर खानले गोपनीयताका बाबजुद उत्तर कोरियासँग मिसाइल प्रविधिको लेनदेन गरेका थिए । त्यसमा युरेनियमलाई थप शक्तिशाली बनाउने विधि पनि सामेल थियो । उत्तर कोरियाका एक वरिष्ठ सैनिक अधिकारीले १९९८ मा खानलाई एउटा चिठी पठाएका थिए, जसमा उनलाई परमाणु प्रविधिबापत भारु ३० लाख दिने कुरा उल्लेख थियो । वैज्ञानिक खानले टेलिभिजन च्यानलमार्फत ‘उक्त प्रविधि आफूले बिक्री गरेको र त्यसमा पाकिस्तानको कुनै हात नभएको’ रहस्योद्घाटन गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले २००४ मा उनलाई माफी दिएका थिए । साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies