Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

लिचेष्टर सिटी रोकिदा म्यानेचेष्टर सिटीलाई फाईदा, चेल्सी र एभर्टनको बराबरी

\"city_VS_crystal\"काठमाडौं । शनिबार राति भएको इग्लिस प्रिमियिर लिगका खेल अन्तर्गत शिर्ष स्थानमा रहेको लिचेष्टर सिटी अंक तालिकाको अन्तिममा रहेको एस्टन भिल्लासँग १÷१ को बराबरीमा रोकिदा तेस्रो स्थानमा रहेको म्यानेचेष्टर सिटीले लिचेष्टरसँगको अंक दुरी १ मा झारेको छ । म्यानेचेष्टर सिटीले यस सिजन मजबूत टिम मानिएको क्रिष्टल प्यालेसलाई ४–० ले पारजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । शिर्ष स्थानमा रहेको लिचेष्टरको २२ खेलबाट ४४ अंक छ भने समान खेल खेलेको सिटीले ४३ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तर यसअघि दोस्रो स्थानमा रहेको आर्सनलको पनि समान ४३ अंक भएपनि गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ । आर्सनलले १ खेल कम खेलेको छ । शनिबार राति भएको खेलहरुमा टोटेनह्याम (स्पर्श)ले शानदार प्रदर्शन गरी चौथो स्थानलाई मजबुत बनाएको छ । सण्डरल्याण्डसँग ४–१ ले विजयी स्पर्शले आफुभन्दा पछाडी रहेको वेष्ट ह्यामलाई ४ अंकले पछि पारेको छ भने म्यानेचेष्टर युनाईटेडलाई ५ अंकले । तर म्यान यूले १ खेल कम खेलेको छ । यसैगरी शनिबार राति नै भएको खेलमा अघिल्लो सिजनको लिग विजेता चेल्सीले एभर्टनसँग ३–३ को बराबरी खेलेको छ । कमजोर प्रदर्शन गरेको भन्दै प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेर हिड्डिकलाई भित्तत्र्याएको चेल्सी पछिल्ला केही खेलहरुमा खेलमा फर्कने कोशिषमा थियो । शनिबार राति नै भएको अर्को खेलमा रेलिगेशनमा रहेको न्यूक्याशल युनाइटेडले वेष्टह्याम युनाईटेडलाई २–१ ले पारजित गर्दा वेष्टह्यामको शिर्ष ४ मा पुग्ने लक्ष्यमा धक्का लागेको छ भने रेलिगेशन क्षेत्रबाट युनाईटेड माथि उक्लिएको छ । उता साउहप्टनले वेष्टब्रुमिचलाई ३–०ले पराजित गरेको छ भने अर्को खेलमा बार्यनमाउथले नर्विच सिटीलाई ३–० ले नै पराजित गरेको छ । \"chelsea_VS_everton\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: