माघ ३ गते, २०७२ आइतवार 17th January, 2016 Sun११:४१:१८ मा प्रकाशित
काठमाडौं । चार महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलन वार्ता र संवादबाटै हल गर्ने भन्दै आन्दोलन मोर्चा सहमति नजिक पुगिसक्दासमेत दिल्लीबाटै विज्ञप्ति जारी गरेर आन्दोलन नरोक्ने उद्घोष गरेका सद्भावना अध्यक्ष राजेन्द्र महतो अन्ततः संवादमा फर्किएका छन् ।
सीमांकनमा असन्तुष्टी जनाउँदै नयाँ संंविधान जारी हुनु अघिदेखि नै मधेसवादी दलहरु आन्दोलनमा उत्रिएका थिए । मोर्चाले आन्दोलन थालेकै झण्डै आधाआधी वर्ष हुन लागिसक्यो ।
खासगरी सीमांकनमा असन्तुष्टी जनाएको मोर्चाले वार्ता र संवादबाट निकास निकाल्न भन्दै ११ बुँदे माग सरकारसँग प्रस्तुत गर्यो । मोर्चाले राखेको माग वार्ताबाट नै हल गर्ने भन्दै प्रमुख विपक्षी दलसमेत सत्तारुढ दलसँग एकाकार गर्दै अघि बढेपछि मोर्चा पनि संवादबाटै निकास निकाल्न तत्पर देखियो ।
आफूहरुको माग पूरा नभएसम्म सरकारको कार्यदलमै नआउने अडान लिएको मोर्चा कार्यदलमै आएर समग्र विषयमा छलफल गर्न राजी भए पनि मोर्चाको एक घटक राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी पछिल्लो पटक सरकारसँगको वार्ता नै बहिष्कार तथा कार्यदलमै नबस्ने भन्दै बाहिरियो ।
विराटनगर जोगबनी नाकामा प्रहरीसँगको झडपमा महतो घाइते भएपछि सोही विषयलाई लिएर असन्तुष्ट सद्भावना पार्टीका अध्यक्ष महतो मधेस आन्दोलन अब निर्णायक हुने भन्दै सबै दलका मधेसवादी सांसदहरुलाई पार्टी छाडेर आन्दोलनमा समाहित हुन अपिल मात्रै गरेनन्, उपचारका लागि दिल्ली गएका उनले मेदान्त अस्पतालको शैयाबाटै एकल आन्दोलनको घोषणा गरेका थिए ।
महतोको अडानलाई बेवास्ता गर्दै मोर्चाकै अन्य घटकहरुले कार्यदलमै सहभागी भएर संवाद जारी राखेपछि मोर्चा नै विभाजित भएको आंकलन गरियो । तर महतोको एकल आन्दोलनलाई न त सहयात्री दलहरुले साथ दिए, न त मधेसी जनताले नै । आफूले कुटाइ खाएको विषयमा सरकारले माफी माग्नुपर्ने अडान लिएका महतो आफूलाई मधेसी जनताले नै नपत्याएपछि दिल्लीबाट काठमाडौं फर्किने अवसरको खोजीमा रहे ।
आफूलाई बाहिरै राखेर भए पनि मोर्चाका अन्य मधेसी दलहरुले सहमति गर्ने सम्भावना बढ्दै गइरहेका बेला प्रधानमन्त्री केपी ओलीले नै टेलिफोन गरी काठमाडौं फर्किन आग्रह गरेपछि पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई आफू काठमाडौं फर्किनुअघि नै कार्यदलको बैठकमा पठाइदिए । आफ्नो पार्टीलाई समेत कार्यदलका सहभागी गराएका महतो आइतबार नै काठमाडौं आउँदैछन् ।
२४ घण्टामा सहमति प्रयास
ब्यवस्थापिका संसदको बैठक माघ ५ गते बस्ने भएकाले त्यसअघि नै मोर्चासँग सहमति गर्ने प्रमुख तीन दलको योजना छ । सोही योजनाअनुसार प्रमुख तीन दल र मोर्चाबीचको सहमति पनि नजिक पुगेको छ ।
अबको २४ घण्टा भित्रैमा सहमति गर्ने गरी दलहरुको प्रयास भएकैले गर्दा सद्भावना अध्यक्ष महतो पनि काठमाडौं फर्किन लागेका हुन् । मधेसमा आन्दोलन जारी राखिए पनि वार्ता र संवादकै लागि भन्दै मोर्चाका तीनै दलका शीर्ष नेताहरु काठमाडौंमै छन् । मोर्चाका सबै शीर्ष नेता काठमाडौंमै रहे पनि महतो भने लामो समय मधेसमा र उपचारका लागि भन्दै पछिल्लो समय दिल्लीमा रहेका हुन् । मधेसमाथि काठमाडौको नजर भिन्न रहेको भन्दै महतो आन्दोलन सफल नहुँदासम्म काठमाडौं नफर्किने अडानमा थिए ।
तीन दलसँगको वार्ता बहिष्कार गर्दै आएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण शनिबारको वार्तामा सहभागी भए ।
[caption id=\"attachment_48187\" align=\"alignleft\" width=\"706\"] file photo[/caption]
तीन दलको पाँच बुँदे प्रस्ताव
मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न भन्दै तीन दलले यसअघि तीन बुँदे अवधारणा अघि सारेको थियो । जुन अवधारणा सरकारबाटसमेत अनुमोदन गराइएपछि संविधान जारी भएपछि रुष्ट बनेको भारतले समेत पहिलो पटक प्रस्तावको स्वागत गर्यो । भारतले स्वागत गरेपछि पनि मोर्चा सहमत हुन नसकेपछि पछिल्लो पटक तीन दलले पाँच बुँदे प्रस्ताव अघि सारेका छन् ।
राजनीतिक संयन्त्र गठन गर्ने, संयन्त्रले तीन महिनासम्ममा काम सक्ने, सीमांकनबारे अध्ययन गर्दा विगतका सहमति र संविधानसभाको राज्य पुनर्संरचना समितिको सैद्धान्तिक आधारलाई आत्मसात गर्ने र संयन्त्रलाई संसद्बाट अनुमोदन गराउने तीन दलको प्रस्ताव छ । तीन दलको प्रस्तावप्रति मोर्चा पनि सकारात्मक बनेको छ ।
माेर्चाले पनि लामाे समयकाे अान्दाेलनले मधेसी जनता नै प्रतिवादमा उत्रिन सक्ने सम्भावना र मधेसबाहेक राष्ट्रिय राजनीतिमा अाफूहरू कमजाेर हुने भएकैले सुरक्षित अवतरणकाे खेजीमा छन् । सम्भवतः सोमबार विहानसम्ममा तीन दलले मोर्चाले सम्झौताको ड्राफ्ट तयार गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: